दाङका ३ सहित २६७ जनामा संक्रमण : स्वास्थ्य मन्त्रालय

दाङ जेठ २ । दाङको तुलसीपुर ७ निवासी ३४ बर्षीय अर्का एक युवक सहित देशभर ९ जनामा आज संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दाङको गढवा गाउँपालिकाका निवासी २३ बर्षीय र ३६ बर्षीय युवामा कोरोना पुष्टि भएको यसअघी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पुष्टि गरिसकेको छ । दाङका नयाँ ३ बाहेक पर्सा जिल्लाको बिरगंजका ४ जना तथा काठमाडौं र उदयपुरमा एक एक जना गरी ९ जनामा कोरोना पुष्टि भएको हो । यो संगै कोरोना संक्रमितको संख्या नेपालमा २ सय ६७ पुगेको छ ।