दाङ,२ जेठ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिव आधा महिनाको अवधिमा साढे चार सय बढिको कोरोना परिक्षण गरिएको छ । जसममा सवै जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश नं. ५ मा कोरोनाका संक्रमितको संख्या बढि रहेको समयमा दाङमा परिक्षणको दायरालाइृ बढाउदै लगिएको हा ।
प्रतिष्ठानमा बैशाखको १४ गतेदेखि बैशाख १ गतेसम्म कोरोना भाइरसको संक्रमणको आशंकामा ४ सय ५८ जनाको स्वास्थ्य परिक्षण गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन । जसमा परिक्षण गरिएका सवै जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानमा दश बेडको कोरोना वार्ड समेत स्थापना गरिएको छ ।
प्रतिष्ठानमा कोरोना परिक्षणका लागि पिसिआर मेसिन स्थाना गरिएको छ । प्रतिष्ठानमा पिसिआर मेसिन स्थापना भएपछि जिल्लामै कोरोना परिक्षण हुन थालेको हो । प्रतिष्ठानमा पिसिआर मेसिन स्थापना नहुदा कोरोना परिक्षणका लागि काठमाडौं, भैरहवा र नेपालगंज बिरामीको स्वाव पठाउनुपर्ने बाध्यता रहेको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहेक जिल्ला बाहिर पठाएर दाङका ८२ जनाको स्वास्थ्य परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्शन कमल चन्दले जानकारी दिएका छन । उनका अनुसारका विभिन्न क्वारेन्टाइनमा ८९ जना रहेका छन ।