राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत : कोरोना मुक्त नेपाल पहिलो प्राथमिकता

दाङ २ जेठ । राष्ट्रपति बिद्यादेवी भण्डारीले शुक्रबार दुबै संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । त्यसक्रममा उनले ‘कोरोना मुक्त नेपाल सरकारको पहिलो प्राथमिकता भएको’ बताएकी छिन् ।

‘त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने’ नीति तथा र्काक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले भनिन् ।

उनले कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताइन् ।
अब सरकारले प्राथमिक कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने पनि राष्ट्रपति भण्डारीले संसदको बैठकमा जानकारी दिएकी छिन् । ‘सरकारको अबको कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुनेछ,’ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन् ।

त्यसैगरी सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि ‘सुरुआती पुँजी उपलब्ध गराउने’ नीति लिएको पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । उक्त कार्यक्रमका लागि सरकारले चालु आर्थिक बर्षमा सञ्चालित कार्यक्रमलाई पूर्नसंरचना गरेर कार्यक्रम क्षेत्र बिस्तार गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यसैगरी राष्ट्रपति भण्डारीले युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने सरकारी नीति रहेको पनि बताइन् । पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा कोभिड(१९ का कारण आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले वेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएकोले यस्तो कार्यक्रम ल्याउन परेको प्रष्टिकरण पनि नीति तथा कार्यक्रममा दिइएको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले कोभिडले बिश्व अर्थतन्त्रमा धक्का पुराएको चर्चा समेत गरिन् र त्यसलाई ध्यान दिएर सरकार अघी बढ्ने बताइन् । कोरोना बिरुद्धको बिश्वको अभियानलाई ‘मानवजातीले जित्नै पर्ने युद्ध’ भन्दै उनले यो युद्ध कसरी र कहिले अन्त्य होला भन्ने अन्यौंलता र चिन्ता सबैमा रहेको बताइन् ।