प्रथम खुल्ला अनलाईन राष्ट्रव्यापी पुरुष ब्ल्याक बेल्ट प्रतियोगिता हुने

दाङ,२ जेठ । रोल्पामा प्रथम खुल्ला अनलाइन राष्ट्रव्यापी पुरुष ब्ल्याक बेल्ट प्याट्रन प्रतियोगिता हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणसंगै खेलकुदका गतिविधिहरु रोकिएर खेलाडीहरु घरमै बसिरहेको समयमा आइटिएफ तेक्वान्दो संघ रोल्पाले खेलाडीहरुको क्षमता विकास र हौसल्ला बढाउनका लागि अनलाइन राष्ट्राव्यापी पुरुष ब्ल्याक बेल्ट प्याट्रन प्रतियोगिता गर्न थालेको हो ।

खेलका प्रतियोगिताहरु रोकिएको समयमा खेलाडीहरुलाई बिकल्पको रुपमा अनलाईनबाट खेल खेलाउन थालिएको संघले जनाएको छ । पछिल्लो समय बिश्वका विभिन्न देशहरुमा भैरहेका खेल तथा प्रतियोगिताहरु अनलाईनबाटै खेलाउन र आयोजना गर्न शुरु गरिएको समयमा रोल्पा आईटिएफ तेक्वान्दो संघ रोल्पाले पहिलो पटक रोल्पामा ‘प्रथम खुला अनलाईन राष्ट्रव्यापी पुरुष ब्ल्याक बेल्ट प्याट्रन प्रतियोगिता–२०७७’ गर्न थालेको आईटिएफ तेक्वान्दो संघ रोल्पाका अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिएका छन ।

खेलाडीहरुलाई मानसिक तथा शारिीक रुपमा आफुलाई फिट तथा क्रियाशिल बनाईराख्नलाई प्रतियोगिताको आयोजना गर्न थालेको संघका अध्यक्ष बाठामगरले जानकारी दिए । उक्त प्रतियोगिताको संरचना प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले एउटा Kwang-Gae Tul Pattern र आफ्नो रोजाई (self-choice) प्याट्रनको भिडियो बनाएर संघको टाईमलाईनमा पठाउनु पर्नेछ । निर्णायकले खेलाडीहरुले पठाएको भिडियोको आधारमा मुल्यांकन गरिने भएको छ । प्रतियोगिताको निर्णायकमा महासंघका रेफ्रि प्रमुख प्रविण कुमार कार्कीको नेतृत्वमा अन्य चार जना रहने भएका छन ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ८ हजारसहित प्रमाणपत्र,दोश्रो हुनेले नगद ६ हजार र तेश्रो हुने नगद ४ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा प्रथम पुरस्कार रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सी निवासी गणेश बाठामगर, दोश्रो पुरस्कार राङ्सीकै रोशन केसी र तेश्रो पुरस्कार परिवर्तन गाउँपालिकाकै सुवासचन्द्र विकले गर्ने भएको कायंक्रम संयोजक समेत रहेका अध्यक्ष बाठामगरले ज ानकारी दिएका छन । उक्त प्रतियोगितामा प्रमाणपत्र प्रायोजन हिमाल अफसेट प्र्रेस घोराहीका इश्वर बस्नेतले गर्ने भएका छन ।