Goraksha

National Daily

राजनीतिले जोड्नु पर्ने भूतकाल र वर्तमानबिचको जटिल समस्या

भुपेन्द्र सुवेदी

विगतलाई सम्झँदा आजको मानिसहरुको रहन सहन, खानापिना, हाम्रो देशको हावा पानीको फेरबदल, जलवायु परिवर्तनको कहाली लाग्दो दैविक प्रकोप, रोगहरुको प्रवेशको कारण बालकदेखि वृद्धसम्ममा पुगेको स्वास्थ्यको समस्या र हिजो हाम्रा पूर्खाहरुले चलाएको छ ।

हाम्रै भूमिमा उत्पन्न प्रकृतिले दिएको उपहारको रुपमा रहेको विभिन्न नामले पहिचान बनाएको जडीबुटी तथा अन्य औषधीजन्य सम्पदाले हाम्रो पुस्ताले समेत प्रयोग गरेको र त्यसैको उपचार प्रक्रियामार्फत् हाम्रो बाबु–बाजेहरुको अध्ययनले हामी बाँचेर आजसम्म त्यही घरेलु औषधीको असरले स्वस्थ रहेको हामीलाई लाग्छ ।

हाम्रो शिक्षा नीति गरिबको झोला बोकेको बानी बसालेको कारण हाम्रो शिक्षा नीति नै परिपक्क हुन जरुरी छ । तर, हामीले आफै हामी गरिब छौँ र हाम्रो देश गरिब छ भन्दै विदेशीहरुसँग गुहार माग्दैछौँ, तर हामी गरिब होइनौँ, हाम्रो शिक्षा नीति नै गरिब छ, त्यसैले हामी गरिब बनेका छौँ । अब नेपालमा आफ्नै सम्पदाको पहिचान गर्ने र पहिचानको विज्ञताको शिक्षा नीतिको आवश्यकता छ ।

हामीकहाँ हाम्रै सामु हाम्रो फलाम खानी, तामो खानी, पेट्रोल खानी, मट्टी तेल खानी, मध्य पहाडी क्षेत्र पूर्वदेखि पश्चिमसम्म विभिन्न नामले पहिचान बनाएका टुरमिनल पत्थरहरुको अथाह खानी छ । उत्तरी हिमाली क्षेत्रमा विभिन्न अचुक अमृत औषधीमूलक रासायनिकको खानी छ, जस्तै सिलाजित तथा विभिन्न हिमाली जडीबुटीहरु । हाम्रो मुलुकले आफै पहिचान गरी प्रशोधन गर्ने हो भने अमेरिकाभन्दा धेरै अघि छौँ ।

तर हाम्रा नेताहरुको अज्ञानताकै कारण विदेशीसँग भिख माग्न पल्किएका र आफ्नो ज्ञानको हैसियत नै नभएकोले सधैं सहयोगको नाममा राष्ट्र र राष्ट्रियता नै धितोमा राख्न पछि परेका छैनन् । हाम्रो शिक्षा नीतिले गर्दा सधैं गरिबको नामले पहिचान बनाएका छौँ ।

अमेरिकाले आफ्नो देशमा गाजा खेती गर्ने उद्योग खोलेर कति आम्दानी गर्दैछ । हामीलाई भने गाजा प्रतिबन्ध लगाउने भन्दै एउटा एनजिओ खडा गरेर हाम्रो स्थानीय स्रोत माथि नै धावा बोलेको छ । हामी किन उसको इशारामा चल्दैछौँ ? नेपालमा २०२८ सालसम्म गाजाको खुलमखुला टेन्डरमार्फत् खरिद बिक्री हुन्थ्यो र सरकारले धेरै कर पाउँथ्यो । उत्पादकहरुले विदेशी डलर भित्याउँथे र विभिन्न काममा प्रयोग गर्थे ।

अझ बुझ्न चाहनुहुन्छ भने नेपालका आयुर्वेदिक डाक्टरहरुसँग बुझ्न सकिन्छ कि कुन–कुन रोगका लागि औषधि हुन्छ र प्रयोग हुँदै आएको छ । राज्यले चासो दिएर यसको व्यवस्थापन गर्ने हो भने आज हामीलाई आफ्नै सम्पदाबाट एमसीसी, एसपीपी जस्ता कार्यक्रमभन्दा दोब्बर आर्थिक सङ्कलन हुन सक्छ र किसानहरुको आर्थिक उन्नति हुनेछ ।

तर, राज्यले प्रतिबन्ध लगाएको वस्तुको व्यवस्थापनका लागि यसको महत्व बुझेर व्यवहारमा उतार्नु पर्ने हो कि ? यहाँ हामीले लागूऔषधको डम्फा पिटाउने उही अमेरिका जस्तो देशले एनजिओमार्फत् हामीलाई गरिब बनाउने उद्देश्य लिएको छ । अब नेपाल सरकारले गम्भीर भएर सोच्न आवश्यक छ ।

गाजा प्रतिबन्ध गरेर नियन्त्रण हुँदैन, जति लुकायो त्यति चोरी हुन्छ । खुला गर्दा प्रयोग ९० प्रतिशत घट्न सक्छ र सरकारी नीति अनुसार निर्यात गर्दा अर्थतन्त्र बलियो बन्न सक्छ । यस विषयमा धेरै ठाउँबाट आवाज उठेको छ र जिम्मेवार निर्णय लिँदा देशलाई फाइदा हुने धेरै विश्लेषकहरुको धारणा छ ।

विश्वले नेपालको प्राकृतिक स्रोत, खानी र सम्पदाको पहिचान गरिसकेको छ र नेपाललाई सधैं लोलीपपमा भुलाउँदै छ । वास्तवमा अमेरिकाको ठूलो हात छ नेपाललाई गरिब बनाउनेमा, तर हामीले विश्वास गर्न सकेका छैनौँ । प्रतिबन्ध लगाएर अमेरिकाले आफ्नै देशमा गाजा खेती गरेर मनग्य आम्दानी गरेको छ, तर हामी पुरानै सोचमा ग्रसित छौँ । यसैले भूतकाल र वर्तमानबीचको सोच नमिल्दा आजको अवस्था बिग्रिएको छ । आफ्नै घरको अमृत छाडेर बाहिर खोज्दा नेपालीको स्वास्थ्य अवस्था कस्तो भएको छ भन्ने स्पष्ट छ ।

नेपालभरी रहेका प्राकृतिक सम्पदाको पहिचानका लागि बलियो संरचना आवश्यक छ । विज्ञ समूहको सहभागितामा अनुसन्धानलाई अघि बढाएर काठमाडौंको वैद्यखानाको स्तर उन्नति गरिनु आवश्यक छ, तब मात्र देशको विकास सम्भव छ । हाम्रो मुलुक हिन्दूत्व र ब्राह्मण बहुल भएको देश हो, तर आफ्नै संस्कार सिकाउन नसक्नु, जनै समेत विदेशी प्रयोग गर्नु कर्तव्य हो ?

किसानै किसानले भरिएको देश भएर पनि बेसार, खुर्सानी, फलफूल, तरकारीसम्म विदेशबाट आयात गर्नु पर्ने अवस्था लज्जाजनक छ । अर्कोतर्फ युवाहरु ठूलो संख्यामा विदेशिएका छन् र बाँकी रहेका केही विकृति र विसंगतिमा फसेका छन् । रासायनिक मल र विषादी प्रयोगले जमिनको उर्वराशक्ति घटेको छ र दैनिक ०.३७ मि.ग्रा. विषादी खानुपरेको छ ।

देशको श्रमशक्ति विदेशिने, केही अनैतिक काममा लाग्ने, राजनीतिक संरक्षणमा गलत काम बढ्ने, अनुशासनहीनता बढ्ने जस्ता समस्या देखिएका छन् । यसैले भूतकाल केही सुरक्षित र अनुशासित थियो, तर वर्तमान अवस्था बिग्रिएको देखिन्छ । अब देशको सुरक्षाका लागि युवा नेतृत्व आवश्यक छ । ७० वर्ष नाघेका नेताबाट नेतृत्व खोसेर नयाँ पुस्ताले लिन जरुरी छ । अब ढिला नगरी देशको निकास खोज्नुपर्छ । नयाँ पुस्ताले यो आवश्यकता महसुस गरिसकेको छ । अब बन्ने सरकार (रास्वपा) ले राष्ट्रवाद, संस्कृति र जनभावनालाई समेटेर अघि बढ्नुपर्छ ।