दाङमा बालविवाह न्यूनीकरणका लागि १८ पालिकाको ७ बुँदे प्रतिबद्धता
दाङ, ५ चैत । लुम्बिनी प्रदेशका १८ पालिकाका प्रतिनिधिको सहभागितामा दाङको दंगीशरण गाउँपालिकामा दुई दिने बालविवाह न्यूनीकरण कार्यशाला सम्पन्न भएको छ । कार्यशालाले बालविवाह अन्त्यतर्फ ठोस प्रतिबद्धता जनाउँदै सात बुँदे निर्णय सार्वजनिक गरेको छ ।
दंगीशरण गाउँपालिकाको आयोजना, ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) को प्राविधिक सहयोग तथा व्गकत च्ष्नजत ायच ऋजष्मिचभल को आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यशालामा दाङ, बर्दिया र बाँके जिल्लाका १८ स्थानीय तहका सामाजिक विकास समितिका संयोजक, महिला तथा बालबालिका शाखा प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यशालामा सहभागीहरूले सन २०३० सम्म नेपाललाई बालविवाहमुक्त बनाउने राष्ट्रिय लक्ष्यलाई स्थानीय तहबाटै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बालबालिका सम्बन्धी पालिका स्तरीय नीति तथा नियम निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने, बाल हितकोष स्थापना गरी बालविवाह न्यूनीकरणमा योगदान गर्ने तीन वर्षभित्र पालिकालाई बालविवाह मुक्त घोषणा गर्न पहल गर्ने, बालमैत्री स्थानीय सरकार निर्माणमा जोड दिने जनप्रतिनिधिको सहभागितामा पालिका स्तरीय अभियान सञ्चालन गर्ने, बाल अधिकार समिति र बाल सञ्जाल गठन गरी अभियानलाई सशक्त बनाउने बालबालिकाको क्षेत्रमा बजेट तर्जुमा, विनियोजन र कार्यान्वयनलाई प्रभावकारी बनाउँदै बालविवाह न्यूनीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता गरिव्को छ ।
त्यसैगरि कार्यक्रमले बालविवाहसँगै बाल यौन शोषण, बाल श्रम तथा बाल बेचबिखन÷ओसारपसार जस्ता समस्याहरू न्यूनीकरण गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।
कार्यशालाका सहभागीहरूले स्थानीय तहको सक्रियता, समन्वय र जनचेतनामूलक अभियानमार्फत मात्रै बालविवाह अन्त्य सम्भव हुने निष्कर्ष समेत निकालेका छन्।
