Goraksha

National Daily

सरकारमा बालेन, सदनमा रवि

सुभाष न्यौपाने
बयासी सालको निर्वाचन नतिजा अप्रत्यासीत भयो ।
सरकार बालेनले चलाउने, रविले सदन सहमति भयो ।
अर्थ छैन विपक्षीको असहमत पनि कहाँ रह्यो ?
त्सो भन्दैमा सरकारले मनपरी कहाँ गर्न पाइयो ?
असल काम गर देशको लागि बन राष्ट्रवादी तिमी
इष्र्या, द्वेष साँध्नु हुन्न कहिले कानुन मुठीमा लिई ।

निर्वाचनको मतपरिणाम प्राप्तसँगै रास्वपाको बहुमतसहितको एकल सरकार बन्ने कुरा निश्चित रह्यो । सत्ता सञ्चालनमा जाने हरेकले बुझ्नु पर्ने कुरा सरकारमा जानु भनेकै जनताको कसीमा घोटिन जानु हो भन्ने सत्ता सञ्चालकले बुझ्नुपर्छ । प्राप्त मनपरिणामले कोही मात्तिनु र कोही आत्तिनु पर्दैन । जनताले सबैलाई कुन तहमा कसलाई राख्ने भन्ने बुझिसकेका छन् । हिजोका गल्ती, कमीकमजोरीहरुलाई औल्याएर बस्नुको अर्थ छैन । आजको समयले के मागेकोछ, त्यसलाई अध्ययन गरेर अघि बढ्नु आजको आवश्यकता हो भन्ने बुझेर अघि बढ्नु जरुरी छ ।

राजनीतिमा नयाँ क्रेजका साथ अघि बढेका छन् बालेन शाह तर उनले जित्दा अमेरिका खुसी हुनु पर्ने कारण के छ ? समग्रमा अमेरिकी राष्ट्रपतिको लागि अन्य नेपाली नागरिक र बालेन शाहमा के फरक छ ? बालेन साहसँग अमेरिकी सरकारले कुन विधा, विषय र मिसायल तथा अन्य उत्पादनमा साझेदारी गरेको छ । जेसुकै होस्, विशेष गरेर अमेरिकी राष्ट्रपतिले बालेन साहको नामलाई विशेष सम्बोधन गरेको हुँदा नेपाली जनताको मन केही चस्स भने भएकै छ । बालेन नेतृत्वको नयाँ सरकार देश जोड्नलाई भएको भन्ने अभिप्राय नेपाली जनताको हो । विधिवत गठन भएको सरकार त्यसको प्रधानमन्त्री, मन्त्रीहरु थिए, जनताको नजरमा उनीहरुमाथिको विश्वास पर्याप्त रहन सकेन । त्यसले जनताले विकल्प खोजे ।

वैकल्पिक शक्तिको रुपमा मुलुकमा रास्वपा व्युझियो । जसको नेतृत्व बालेन साहले गरे, रविले सदन र संगठन सम्हाल्ने भए । कुरो स्वाभाविकै भए पनि अमेरिकाले बालेनलाई उद्धृत गर्दै शुभकामना दिनुको अर्थ के ? नेपाली जनता बालेनले नेतृत्वको सरकारको प्रतीक्षामा रहेको बेला शक्ति राष्ट्रले पहिले नै दिएको शुभकामना नेपालको लागि कति शुभ कति अशुभ भन्ने प्रश्न पनि उठ्न थालेको छ । जे होस् नेपाली जनता बालेन नेतृत्वको सरकार चाहन्छन् । काठमाडौं सहर जस्तै नेपाल देख्न चाहन्छन् र अपेक्षा पनि राख्छन् । रास्वपाले प्राप्त गरेको जनमतले पनि देश जोडिरहेको छ । हरेक आवधिक निर्वाचन परिवर्तनका सम्वाहक हुन् । लामो समयसम्म जनताले कांग्रेस, कम्युनिस्टलाई विश्वास गरेकै थिए तर उनीहरुबाट जनताको अपेक्षा अनुसार परिवर्तन र विकास हुन नसकेको हुँदा फरक अभिमत प्रकट गरेका हौँ भन्ने धारणा व्यक्त गरिसकेका छन् ।

चुनावी परिणमले एउटा युग परिवर्तन भइसकेको छ । फागुन २१ को निर्वाचन परिणामले २०७२ को संविधानलाई सम्बोधन गरेको छ । जसमा गणतन्त्र उल्लेख छ । त्यसमा नेपाली जनता खुसी छन् । बालेन सहको सरकार गठनको प्रक्रियासँगै डा बाबुराम भट्टराईले दिल्ली यात्रा सुरु गरेका छन् । बाबुरामले ल्याउने र नेपालीले पाउने के होला ? नेपाली जनताले राम्रोसँग बुझेका छन् । अब नेपालीले नेपाली स्वतन्त्रता दिवस मनउानु पर्नेछ । राज्य गठनको इतिहासमा नेपालले प्रजातन्त्र दिवस र गणतन्त्र दिवस मात्र मनाउँदै आएको थियो । इतिहासमा लेखिए अनुसार एसियाको बिरामी मानिने चीन र अङ्ग्रेज शासन सत्ताबाट मुक्त भएको खुसियालीमा भारतले मनाउने स्वतन्त्रा दिवस अब नेपालले पनि मनाउनु पर्ने त होइन, डा. साप ?

बाबुरामलाई दिल्ली जान त कसैलाई सोध्नु नपर्ला तर सरकार गठन गर्ने बालेन साहले पनि जवाफ त दिनु पर्ला नि ? हामी हाम्रो मुलुकको नीति नियम तथा विधान अनुसार चल्ने कि विदेशीको नीति नियम र निर्देशन अनुसार चल्ने ? हामीले विदेशीकै नीति, नियम र निर्देशनका विरुद्ध काम गर्न सकेनन् भनेर तिमीलाई विजयी गराएको होइन र ? तिम्रो पनि छाँटकाँट देखिसक्यौँ । तिमीले पनि देशलाई विदेशीकै पोल्टामा हाल्छौ भन्ने निश्चित छ । भन बालेन तिमीले अब नेपालीलाई के जवाफ दिन्छौ ? तिम्रो दलबाट उम्मेदवार बनेका तिम्रा सभापतिलगायतका धेरैजसो व्यक्तिहरु निस्कलङ्क थिएनन् भन्ने त पहिले नै थाहा थियो । चाहे तिमीले गल्ती गर या नगर, मुुलुकमा भएका ऐतिहासिक परिवर्तनसँगै गठन गरिुउका मल्लिक आयोग, रायमाझी आयोग र कार्की आयोग । कार्की आयोग गत भदौ २३ र २४ को घटनाको छानबिन गर्न घटेको आयोग हो । जसले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई बुझाइसकेको छ तर सन्दिग्ध छ ।

२०४६ सालको आन्दोलनको छानबिन गर्न गठन भएको मल्लिक आयोगले आफ्नो प्रतिवेदन बुझायो तर कार्यान्वयनको सन्दर्भमा सहमतिमै टुङ्गियो । त्यस्तै २०६२÷०६३ को अन्दोलनपश्चात् छानबिनका लागि गठन भएको रायमाझी आयोग, त्यो पनि जस्तो आयो त्यस्तै गयो । अर्थात्, कार्यान्वयनको सन्दर्भमा कुनै भूमिका खेल्न सकेन । जतिबेला मुलुकमा सबैभन्दा बढी हत्या र हिंसा भएको थियो । अहिलेको ककार्की आयोगको प्रतिवेदन आफैँमा सन्दिग्ध छ । भन्नुस् अब यसले के लछारपाटो लगाउला ? जनताले उत्साह र उमङ्गका साथ मत परिवर्तन गर्दै विजयी बनाएर सरकार गठन गर्न नपाउँदै सरकारको बारेमा अनावश्यक भनौँ या आवश्यकताभन्दा बढी टिप्पणी गर्नु त्यति उपयुक्त नभए पनि नागरिक स्तरबाट समीक्षा त स्वाभाविकै हुन्छ ।

नगारिक वृत्तमा गरिने टीकाटिपप्णी नै सरकारको लागि खबरदारी हो भन्ने हरेक सरकार सञ्चालकहरुले बुझ्नु पर्ने हुन्छ । त्यस विषयलाई अपव्याख्याको रुपमा मात्र लिने हो भने न त त्यो सरकराले केही गर्न सक्छ न त सरकार सुध्रन्छ । हरेक सरकार सञ्चालकहरुसँग राजनैतिक विज्ञ, कूटनैतिक विज्ञ, निर्माण विज्ञ र सूचना विज्ञहरुको साथ, सहयोग रहनु जरुरी हुन्छ । यति हुँदाहुँदै पनि जनताको अभिमतको कदर गर्नु उनीहरुको पहिलो कर्तव्य हुन आउँछ । कूल मतदाताको करिब करिब आधा मत प्राप्त गरेको रास्वपा २०१५ सालमा नेपाली कांग्रेसले प्राप्त गरेको जस्तै ठुलो जनादेश प्राप्त गर्न सफल भएको छ अर्थात् प्राप्त भएको छ । यी सबै कुरालाई ख्याल गर्दै समग्र मुलुकको विकास निर्माण गर्दै नागरिक अधिकारको रक्षा गर्न यो सरकार सफल होस् भन्ने कामना नेपाली जनता गर्न चाहन्छन् । ०१५ सालको आमनिर्वाचनपछि दल अर्थात् नेपाली कांग्रेस र राजाको बिचमा केही द्वन्द्व बढ्यो । कारण त छिमकीकै हो तर पनि आफूले विवेक पु¥याउन नसक्दाको कारण घटना घट्यो ।

वीपी र राजा महेन्द्रको बिचमा दूरी बढाइयो । जति बेलासम्म राजा संवैधानिक भइसकेका थिएनन् । अहिले त त्यो अवस्था छैन । रास्वपाले आफूलाई आवश्यक पर्ने दुईतिहाइको अभिमत लगभग प्राप्त गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सभासदहरुलाई सम्बोधन गर्दै भनेका छन् । सांसद भनेका विधायक हुन् । विधायकले विधेयक बनाउने काम गर्छन् । हाम्रा विधायकहरु सबैले ख्याल गर्नु पर्ने कुरा के छ भने हरेक चिया पसलमा चिया पिउृन बस्दा ख्याल गर्नुपर्ने कुरा के भने हामीलाई जनताले दिएको अभिमत त्यसै मिलेको होइन, मुलुक र जनताको लागि केही गर्लान् भनेर हो । हामीलाई स्थापित राजनैतिक दलको जस्तो ३५÷३६ वर्षको जस्तो कार्यावधि मिल्ने छैन । हामीले त ३५÷३६ दिनभित्र आफ्नो कार्यक्षमता प्रस्तुत गर्नु पर्ने हुन्छ । हरेक विधायकहरुले जेन–जी आन्दोलनका बेलामा भएका सहिदहरुलाई सम्झनु जरुरी छ तर कति सांसदहरुले सम्झिए वा सम्झिएका छन् त्यो नतिजाले बताउला ।

अब परिवर्तन भएर आएका दलहरुले नमुना संसदीय अभ्यास गर्दै आफूलाई नमुना सरकारको रुपमा प्रस्तुत गर्न सके भने मात्र उनीहरु देश र जनताका लागि रुपान्तरित भएको ठहर्ने छ । समग्र देश विकास लक्ष्य लिएर आएको छ, रास्वपा भन्दै पार्टी सभापति रवि लामिछाने बताउँछन् । उनले आफूमाथि लागेको दाग कानुनी रुपमा मेटिनु पनि जरुरी छ । हेर्दै जाऔँ कानुनी रुपमा उनका कलमसहरु कति भेटिन्छन्, कति भेटिन्छन् । जनतालार्य कुरा र भाषणसँग केही सरोकार छैन, जनता त केवल प्रयोगात्मक रुपमा कार्यसम्पादन चाहन्छन् । जसको प्राप्ताङ्क आउँदो निर्वाचनमा दलहरुले प्राप्त गर्नेछन् । विश्वासको धरोहरभित्र पनि जनअविश्वास पलाइरहेको अवस्था छ ।

जनताले त्यसैको नतिजा स्वरुप सरकारले कतिसम्म प्रतिफल जनतालाई दिनसक्छ त्यही हेर्न लालायित छन् । अब जनता पार्टी वा पार्टी सदस्यको मुख ताकेर वा पार्टी सदस्य बनेर बस्ने पक्षमा छैनन् । जनता चाहन्छन्, देश र जनताका निमित्त जसले गर्छ त्यसले जनमत प्राप्त गर्छ । कोही कसैका बाबु होइनन्, बाजे होइनन् । रास्वपाको लागि यो पहिलो र अन्तिम अवसर पनि हुनसक्छ, राम्रो काम गरे फेरि मत पाउँछन्, गर्न नसके जान्छन् । उनीहरुले ३५÷३६ वर्षको समयावधि पाउनेवाला छैनन् । थोत्रा गाला बजाएर फोस्रा गफ गरेर केही हुनेवाला छैन । राष्ट्रवादी र राष्ट्रघातीको हुन् भन्ने कुरा पनि यसैबेला छर्लङ्ग हुनेछ । त्यसमा कसैले कसैलाई आरोप नलगाए हुन्छ । मतको आधारमा कोही पनि न मत्ताए हुन्छ । माओवादीले पनि २०६४ को निर्वाचनमा बहुमत ल्याएकै हो तर किन आज पहिचान मेटाउनु पुग्यो ? राजनीति गर्नेहरुले यी सबै कुरालाई ख्याल गर्नुपर्छ । कसैका बलिया बााबु छन् भन्दैमा सन्तान पनि बलिया हुन्छन् भन्न सकिँदैन ।