विपद पूर्व तयारीमा संचारको महत्वपूर्ण भूमिका
दाङ,४ चैत । विपद पूर्व तयारीमा सञ्चारको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा सञ्चारकर्मीहरूको भूमिका सुदृढ बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघको आयोजना तथा पिपुल्स इन निडको सहयोग एवं लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बुधवार लमहीमा भएको बिपदको सवालमा सञ्चारकमीसँगको अन्तरक्रिया कार्यक्रमका सहभागीले बिपद पूर्व तयारीका लागि सम्वन्धीत निकायको ध्यानाकर्षण गराउन संचारको महत्वपूर्ण भूमिका हुने बताएका हुन ।
पिपुल्स इन निडको प्रतिबद्ध कार्यक्रमअन्तर्गत आयोजना गरिएको विपद्का सवालमा सञ्चारकर्मीहरुसँग गरेको कार्याशालामा बोल्ने बोल्ने बक्ताहरुले विपदबाट बच्नका लागि पूर्व तयारी आवश्यक रहेको भन्दै त्यसका लागि सञ्चारका माध्यमबाट राज्यका निकायसँगै नागरिकलाइृ सचेत बनाउन सहयोग गर्ने बताएका थिए । नेपाल पत्रकार मकहासंघकी केन्द्रीय सदस्य लीला शाहले विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न पूर्व तयारी आवश्यक रहेको बताइन । त्यसका लागि सञ्चार क्षेत्रले विपदको पूर्व तयारीको अवस्था र जोखिमपूर्ण क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सचेत गराउन सञ्चारले सहयोगी भूमिका निर्वाचन गर्ने बताइन ।
कार्यक्रममा बोल्ने बक्ताहरले लुम्बिनीमा भूकम्पसँगै बाढी,पहिरो, आगलागी, महाहामरीको जोखिम रहेको भन्दै त्यसबाट बच्नका लागि पूर्व तयारीमा ध्यानदिन आग्रह गरेका थिए । उनीहरुले कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताएका थिए । साथै विपद्का समयमा सही र विश्वसनीय सूचना प्रवाह गर्न सञ्चारकर्मीहरू अझ जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिइएको थियो । कार्यशालामा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत लक्ष्मण भण्डारीले लुम्बिनी प्रदेशमा विपद्को तयारी र प्रतिकार्य योजनाका बारेमा जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रकाश डाँगीले गरेका थिए । विपद् व्यवस्थापनका सन्दर्भमा सञ्चारकर्मीहरूको जिम्मेवारी, सूचना प्रवाहको महत्व तथा संवेदनशील रिपोर्टिङका विषयमा छलफल गरिएको थियो ।. कार्यशालामा दाङका विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
