दाङ, ४ चैत । घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । ग्लोबल मनि बीक कार्यक्रमअन्तर्गत कुमारी बैंक लिमिटेडको सहकार्यमा बुधवार मार्क इन्टरनेशनल कलेज दाङका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रशिक्षक कमल रेग्मीले विद्यार्थीहलाई बचत, लगानी, बजेट व्यवस्थापन तथा डिजिटल बैंकिङका विषयमा विस्तृत जानकारी दिएका थिए । युवा वर्गलाई सानैदेखि आर्थिक रूपमा सचेत हुन आग्रह गर्दै वित्तीय योजना जीवनका लागि अत्यन्त आवश्यक रहेको बताएका थिए ।
सहभागीहरूले दैनिक जीवनमा आर्थिक व्यवस्थापन गर्ने तरिका, बचतको महत्व तथा भविष्यका लागि योजना बनाउने सीपबारे महत्वपूर्ण जानकारी प्राप्त गरेको बताएका छन्। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।