लुम्बिनी प्रदेशस्तरीय महोत्सव : ज्योति मगरसँगै झुमे दर्शक
घोराही, ४ चैत । घोराहीमा जारी महोत्सवमा बुधवार गायिका ज्योति मगरको प्रस्तुतिसँगै दर्शकहरू झुमेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखि चैत १५ गतेसम्म ‘घरेलु तथा साना उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेश समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरिएको ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा बुधवार गायिका ज्योति मगरले आफ्नो प्रस्तुति राखेकी छिन् ।
नेपाली लोकदोहोरी क्षेत्रमा आफूलाई स्थापीत गर्न सफल गायिका मगरले आफ्ना हिट गीहरू प्रस्तुत गरेकी थिईन् । उनले ुझ्याप्पै आए बाहुन दाइ जनै लाएर, उही मुलाको सिन्की उही मुलाको चाना, चानचुने त कहाँ हो र जिम्मल बाउकी छोरी, सुर्खेत बुलबुल तालु लगायतका गीतहरू प्रस्तुत गरेकी थिईन् । यस्तै गायक विशाल सोनीले स्याउली बजारमा, मकै वारि दर्याम दर्याम लगायतका गीतहशर प्रस्तुत गर्नुभएको थियो । यस्तै गायक आरजे रास्कोटी लगायतले प्रस्तुती राखेका थिए ।
सुचना प्रविधी सम्बन्धी छलफल
महोत्सवमा बुधवारअन्तर्गत ुव्यवसायिक क्षेत्रमा सुचना प्रविधीको प्रयोग, समस्या र सुरक्षाु विषयक राउण्ड टेबल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी विज्ञहरूले दाङ र लुम्बिनी प्रदेशमा डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै सूचना प्रविधि र कृत्रिम बुद्धिमत्तालाई आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । नेपालमा आईटी र एआईको प्रयोग विस्तार हुँदै गए पनि पूर्वाधार, सीप, नीति र समन्वयको अभाव प्रमुख चुनौतीका रूपमा रहेको उनीहरूको निष्कर्ष छ।
एआई विज्ञ डा। शैलेन्द्र गिरीले एआईको सम्भावना व्यापक रहेको उल्लेख गर्दै स्थानीय तहसम्म डिजिटल सेवा विस्तार, डेटा व्यवस्थापन र एआई आधारित समाधान विकासमा ध्यान दिनुपर्ने बताए। क्यान लुम्बिनीका सहसचिव कर्ण पुनले डिजिटल गभर्नेन्स कार्यान्वयनमा नीतिगत अस्पष्टता, प्राविधिक जनशक्तिको कमी र पूर्वाधार अभाव चुनौती रहेको जनाउँदै डिजिटल पहुँच विस्तार र आईटी सेवा निर्यात प्रवर्द्धनका लागि विशेष नीति आवश्यक रहेको बताए।
अम्बिकेश्वरी क्याम्पसका उपप्राध्यापक इन्जिनियर पवन अधिकारीले शिक्षा र बजारबीचको दूरी कम गर्दै प्राविधिक शिक्षालाई रोजगारमुखी बनाउनुपर्ने आवश्यकता औंल्याए। उपप्राध्यापक इन्जिनियर मालती दशौंदीले डिजिटल साक्षरता अभावले आर्थिक विकासमा अवरोध पुर्याएको उल्लेख गर्दै महिलाहरू र ग्रामीण समुदायलाई डिजिटल प्रविधिसँग जोड्न समावेशी पहल आवश्यक रहेको बताइन् ।
जिल्ला प्रहरी कार्यालय दाङका सिडिआर शाखम प्रमुख प्र।ना।नि पूर्णबहादुर बि।कले साइबर अपराधको जोखिम बढ्दै गएको उल्लेख गर्दै डाटा सुरक्षा र साइबर सुरक्षा सुदृढ गर्नुपर्ने बताए। नेपाल टेलिकम तुलसीपुरका इन्जिनियर रविन पन्थीले गुणस्तरीय इन्टरनेट र डिजिटल पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
कार्यक्रमले एआई र सूचना प्रविधिलाई शिक्षा, स्वास्थ्य, पर्यटन, सार्वजनिक सेवा र व्यवसायसँग जोड्दै आर्थिक विकासको प्रमुख माध्यमका रूपमा उपयोग गर्नुपर्ने, साथै दाङलाई क्षेत्रीय डिजिटल हबका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको निष्कर्ष निकालेको छ। कार्यक्रम संयोजक शरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण पत्रकार नरेन्द्र केसीले गर्नुभएको थियो ।
