७७ औँ छन्द सङ्गममा कविता बाचन
गोरक्ष समाचारदाता
दाङ,३० फागुन । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले ७७ औँ छन्द सङ्गम कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्य एवं राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यतामा शुक्रवार भएको हो ।
कार्यक्रममा साहित्यकारहरु गणेश विषम, उत्तम कृष्ण मजगैयाँ, पुरुषोत्तम खनाल, खगराज न्यौपाने, यम रेग्मी, नारदप्रसाद भण्डारी, महेशकुमार न्यौपाने, नगेन्द्र गुरु, शरद गौतम, रिमा गौतम, वीणा रोका क्षेत्री, कपिलकिशोर घिमिरे, धनसिंह गिरी, एकराज शर्मा अधिकारी,अनुजा शर्मा ‘संस्कृति’लगायत छन्द कविहरूले आआफ्नो रचना वाचन गरेका थिए ।
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसी, प्रगतिशील लेखक दाङका सचिव पुरण शर्मा, त्यसैगरी साहित्यकारहरू रामप्रसाद जैसी, नरेशजङ्ग राणा, देवेन्द्र रिजाल, सुवास न्यौपाने, शंकर मगर, गोपाल भुसाल अभिलाषी, दामोदर पौडेल, दीपबहादुर क्षेत्रीलगायतको गरिमामय उपस्थिति रहेको थियो ।
साधारणसभा हुने राप्ती साहित्य परिषद् दाङ शाखाले चैत २१ ग्ते साधारणसभा, काव्योत्सव, स्रष्टा सम्मा तथा पुरस्कार वितरण गर्ने भएको छ । विगतका वर्ष झैँ यस वर्ष चैत २१ गते साधारण सभा, काव्योत्सव, स्रष्टा सम्मान तथा पुरस्कृत गर्ने भएको हो । २०८२ सालको पुरस्कार प्रदानको लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।
जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ सदस्यमा केन्द्रीय सचिव शारदा शर्मा र गीतकार प्रकाश केसी रहेका छन् । राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण घनश्याम केसीले गरेका थिए ।
