निर्वाचनको नतिजा र आयोगको प्रतिवेदन
सुभाष न्यौपाने
निर्वाच्नको नतिजा आयो मुलुकमा रास्वपा छायो ।
गौरीबहादुर कार्की नेतृत्वको समितिले छानविन प्रतिवेदन बुझायो ।।
शुभकामना दिन्छन् जनता विजयी हुनेलाई ।
देशमा सुशासन ल्याई भ्रष्टाचार मुक्त गर्नलाई ।।
कार्कीको प्रतिवेदन पनि रत्ति नराखी कलमस ।
न्यायिक छानविन अघि बढाऔँ जनतामा लिइभर ।।
२०८२ साल फागुन २१ गते सम्पन्न भएको मुलुकको आम निर्वाचनको नतिजा प्राप्त भइरहेको बेला गत भाद्र २३ र २४ गते मुलुकमा भएको जेन–जी समूहको आन्दोलनको क्रममा भएको हत्या, विध्वंस र क्षतिको एकिन विवरण पेस गर्न माननीय सर्वोच्च अदालतका पूर्व न्यायधिस गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित छानविन समितिले गत फागुन २४ गते आफ्नो छानविन प्रतिवेदन पनि प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । संयोग जेन–जी आन्दोलनको परिवर्तनबाट सम्पन्न निर्वाचनको नतिजा र सोही घटनाको कारण मुलुकमा भएको हिंसा, क्षति र घटनाको यथार्थ विवरण सहितको प्रतिवेदन सरकारलाई बुझाउने अवसर संयोगले एकैसाथ परेछ ।
निर्वाचन सम्पन्न गर्ने र जेन–जी आन्दोलनबाट भएको मुलुकको यथार्थ क्षतिको विवरण तयार पार्नको लागि आयोग गठन गर्ने यी दुई महान कामको थालनी प्रधानमन्त्री सुशीला कार्की कै पालामा सुरुवात भएको थियो र सम्पन्न पनि भएको छ । निर्वाचन जसरी मुलुकमा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ, प्राप्त छानविन आयोगको प्रतिवेदन पनि बिना इष्र्या र द्वैसले छानविन र कारबाही पनि सफल रहोस् यही हाम्रो कामना छ । पूर्व न्यायधिस कार्कीको अध्यक्षतामा गठित छानविन आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइसकेपछि प्रतिवेदन सार्वजिनक भएको मानिन्छ । किनभने प्रस्तुत प्रतिवेदनको बारेमा केही टिप्पणी त भए नि ? त्यसमा पनि केही टिप्पणीका साथ विचार र धारणाहरु पनि प्रस्तुत भए ।
प्रतिवेदन अन्यायपूर्ण नहओस्, प्रतिवेदन पेस भइसकपछि व्यक्ति माथि औंला ठड्याउने कार्य समाप्त होस् । व्यक्ति माथि कानुनले न्यायको औंला ठड्याओस् । भर्खर मात्र जेन–जी आन्दोलन कै घटनामा आधारित भएर परिवर्तनलाई पुष्टि गर्ने निर्वाचनको नतिजा र सोही घटनालाई अद्रित गर्दै छानविन गर्नु गठन गरिएको छानविन आयोगको प्रतिवेदन एक समयमा आउनु कतिसम्म उपयुक्त हो । त्यो त विज्ञहरुलाई नै थाहा होला । यसले कतै अरु द्वन्द्व बढाउने त हैन ? चर्चामा थियो कार्की नेतृत्वको छानविन आयोगको प्रतिवेदन एक महिना पहिले नै तयार भइसकेको थियो तर उक्त प्रतिवदेन सरकारले नबुझेर किन म्याद थप्नतर्फ लाग्यो ?
सरासरी तयार पारिएको प्रतिवेदन सरकारले नबुझिकन म्याद थप्नुको कारण कतै निर्वाचन परिणामको आधारमा प्रतिवेदन तयार गर्नु भन्नु त हैन ? निर्वाचन परिणाम प्राप्तसँगै छानविन आयोगको प्रतिवेदन सरकारले प्राप्त गर्नु कतै संयम पूर्ण त छैन ? भन्ने प्रश्न पनि नेपाली जनमासमा परिरहेको छ तर जे होस् छानविन आयोगको प्रतिवेदनले छानविन गर्न सकोस् नेपाली जनताको यही कामना छ । लोलोपोतोको आधारमा कुनै उम्कने र कुनै फस्ने हुनु हुँदैन, न्यायिक छानविन होस्, कानुनी कारबाही होस् ।
मत परिणाम हेर्दा त पहिलो कता पुग्यो–पुग्यो ।
दोस्रो र तेस्रोको बिचमा प्रतिस्पर्धा देखियो ।।
के छानविन आयोगले पनि यसकै आधारमा प्रतिवेदन पेस गरेको छ त ? यदि हो भने विडम्बना हो । त्यो प्रवृत्तिले मुलुकमा न त शान्ति ल्याउँछ न त ल्याउँछ अमणचैन । करिब–करिब दुई तिहाई बुहमतको सङ्घारमा पुगेको रास्वपालाई अब एकल सरकार बनाउन कसैले छेक्न सक्ने वाला छैन भने सत्तामा नगए पनि राष्ट्र, राष्ट्रियता र धर्म संस्कृतिको रक्षाका निमित्त संविधानमा गर्नु पर्ने सबैखाले सुधार र संशोधनमा नेपाली कांग्रेस निसर्त आफ्नो अभिमत प्रयोग गर्ने भन्ने विषयमा निसन्देह रहन रास्वपाका नेताहरुलाई जानकारी समेत गराइसकेको छ । निर्वाचनको परिणामबाट आएको उत्साहलाई कसैले पनि रोक्नु हुँदैन, रोक्न खोज्नु हुँदैन र रोकिँदैन पनि ।
जेन–जी आन्दोलनको परिवर्तनबाट सम्पन्न आम निर्वाचनको नतिजाले जेन–जी समूहलाई कसरी समेट्ने र सम्बोधन गर्ने भन्ने विषयमा निर्वाचनमार्फत् नेतृत्वमा आएकाहरुलाई सिकाउनु पर्ने त केही पनि देख्दिन यो पंक्तिकारले । पहिलेकाले जनतालाई ठगे ढाँटे भनेर जनताले अहिलेकालाई मतदान मात्र नगरेर भारी मतको दान दिएका छन् । यस विषयलाई आफूलाई नयाँ भन्नेहरुले कसरी स्वीकार्छन् ग्रहण गर्छन् ? नयाँ राजनैतिक दलको लहर आयो भनौ या पुराना अर्थात् स्थापित राजनीतिक दलहरुप्रति जनताको वितृष्णा पलायो त्यसैले नयाँमा लहर आएकै हो ।
सुनिन्छ, नेपालमा हरेक आन्दोलनको नेतृत्वकता, प्रजातन्त्रको लेखनकर्ता पार्टी जसले मुलुकमा जति पटक बन्यो संविधान बनाएको छ, त्यो पार्टीले ०८२ को आम निर्वाचनमा हार्नुको मुख्य कारण त्यो पार्टी दलालहरुको पंजामा फसेको छ रे, त्यसैले यसपालिको निर्वाचनमा नेपाली कांग्रेसले हारेको रे । यसमा मतदाताले द्विर्षियको विद्रोह गरेर सफल भएको दोस्रो विशेष, महाधिवेशन २०१४ सालमा पार्टी सभापति सुवर्ण शमशेरको नेतृत्वमा भएको पहिले विशेष महाधिवेशनमार्फत् उनले चाहन्थे आफूभन्दा जानकार लिडरले नेपाली कांग्रेसको नेतृत्व ग¥यो भने पन्ध्र सालको आम निर्वाचनमा हामीले बहुमत ल्याउन सक्छौँ भन्ने अभिप्रायले पार्टी सभापति सुवर्ण शमशेर राणाले विशेष महाधिवेशन बोलाएर पार्टी उपसभापति विश्वेश्वरप्रसाद कोइरालालाई नेपाली कांग्रेसको सभापति बनाएका थिए । जसको कारण नेपाली कांग्रेसले नेपालमा दुई तिहाई बहुमत हासिल गरेको थियो ।
मुलुकको अवस्थालाई बुझेर ०८२ मा एक मतका साथ विशेष महाधिवेशन सम्पन्न गर्न सकेको भए कांग्रेस नेपालमा पहिलो पार्टी नै हुन्थ्यो । समयमा पार्टीको अधिवेशन नगर्ने विशेष महाधिवेशनको माग गर्दा तँ जान्ने तँ लाई देख्लास् र पख्लास् भनेर औंला ठड्याउने यसरी राजनैतिक उत्थान हुन्छ । हिजोका ती पानी भरुवा संस्थापन पक्ष समूह भन्नेहरुले नै नेपाली कांग्रेस पार्टीलाई आजको अवस्थामा पु¥याएका छन् । सुनिन्छ, नयाँ उदाउँदो तारा भन्ने पनि विदेशी सेटलाइटबाट पो प्रकाश फाल्छ रे ? अब भन्नोस् आफ्नो चन्द्रमाको उज्यालो हामीले हेर्न नपाउने सेटलाइटको उज्यालोलाई चन्द्रमा स्वीकार्नु पर्ने ? गौरीबहादुर कार्कीको छानविन आयोगको प्रतिवेदनमा सर्वोच्च अदालतले गम्भीर प्रश्न उठाएको छ ।
आयोग न्यायिक नभई तथ्य सङ्कलन गर्ने निकाय भएको न्यायधिसद्वय डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र डा श्रीकान्त शर्माको इजलासले कार्की आयोगप्रति प्रश्न उठाएको छ । यसले जनमासमा आयोगको छानविन कतै निष्पक्ष नभइकन पूर्वाग्राही त छैन ? कतै पूर्व एआइजी विश्वराज पोख्रेलले कांग्रेस नेता शेरबहादुर देउवालाई आरोप लगाए झै । निर्वाचन पछिको तरंग भनेको जन उत्साह हो, यदि कार्की आयोगको प्रतिवेदनप्रति चासो राखिरहेका नेपाली जनता जो सचेतन छन् र अन्यायको विरोध गर्छन् । तिनीहरुमा त शंका पैदा भयो नि ।
हरेक निर्वाचनसँगै वैकल्पिक शक्तिको खोजी हुन्छ । त्यस्तै २०८२ सालको आम निर्वाच्नमा पनि जनताले आफ्नो अभिमतमार्फत् आफ्नो विकल्प चुनेका छन् तर त्यसै बेलामा गत भदौ २३ र २४ को घटनाको बारेमा छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानविन आयोगको प्रतिवेदन अलि संदिग्ध देखिन आयो भन्ने जवाफ सर्वोच्च अदालतले दिइसकेपछि त्यसलाई के को जाँच बुझ आयोग भन्ने ? संसारको इतिहासले प्रमाणित गरिसकेको छ । हरेक परिवर्तत पश्चात नयाँ शक्तिको उदय हुन्छ, नेपालमा पनि भयो त्यो स्वभाविकै हो । उदय हुन्छ, नेपालमा पनि भयो त्यो स्वभाविकै हो ।
उदय मान नयाँ र शक्ति चाहेका मतदाताहरुले अब आफ्नो छनोटको परिणाम हेर्न भने बाँकी नै छ । जनताले विश्वास गरेका छन् । त्यो परिणाम आशाको नयाँ किरण नै बन्ने छ, अब हेर निराशाको अर्को नयाँ चक्रब्यूह पो बन्ने होकि ? उदयमान नयाँ शक्तिले वाचा पनि गरेका छन् । भ्रष्टाचारमुक्त देश र सुशासनयुक्त सरकार यति भए नेपाली जनताको प्राथमिक आवश्यकता पूरा हुन्छ । उदयमान नयाँ शक्तिका नेतृत्वकर्ताहरुलाई थाहा छकि छैन अझै पनि चाहे विचौलियाबाट होस् चाहे कर्मचारी आफैले नेपथ्यमा होस् घुस लिन दिन छुटेको छैन । सबैभन्दा पहिले यतातिर नजर जानु जरुरी छ । हरेक देशमा परिवर्तनसँगै नयाँ शक्तिको उदय हुन्छ, जसले जनतालाई सुशासन प्रदान गर्नसके उनीहरु स्थापित हुन्छन् । जसले जनतालाई सुशासन प्रदान गर्न सक्दैनन् उनीहरु विस्थापित हुन्छन् ।
नेपालमा एउटा प्रवृत्तिको अन्त्य हुन सकेको छैन । यहाँ समय र घटना अनुसार गठन गरेका छानविन आयोगहरु कतिपय सत्ताको पुजारी बनेको पाइयो न्यायको मतियार बनेको पाइएन, यो विडम्बना हो । अहिलेको गौरीबहादुर कार्की नेतृत्वको छानविन आयोग पनि नेपालको इतिहासले रास्वापा पार्टीलाई नेपालमा न्याय सुशासन सहित भ्रष्टाचारमुक्त समाजको निर्माण गर्ने अधिकार दिइसकेको छ, अब हेरौँ के गर्छन् कति गर्छन् र कसरी गर्छन् ? निर्वाचन परिणाम अनुसार ६ वटा राजनैतिक दलले राष्ट्रिय राजनैतिक दलको मान्यता प्राप्त गर्न सफल भएका छन् । रास्वापा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा श्रम स्वीकृति पार्टी र राप्रपा हुन् । जेसुकै भए पनि वर्तमानमा मुलुकले पहिलो, दोस्रो र तेस्रो हुने दलहरु कै भूमिकाको अपेक्षा गरेका छन् । हेरौँ यिनीहरुको भूमिका कस्तो रहन्छ, यिनीहरु कतिसम्म जनउत्तरदायी रहन्छन् ? जनताले बोल्नै पर्दैन ।
