Goraksha

National Daily

विश्व जलविन्दु दिवसमा प्रभातफेरी

तुलसीपुर, ३० फागुन । नेपाल नेत्रज्योति सघ, राप्ती आँखा अस्पतालले विश्व जलविन्दु दिवस २०८२ अन्तर्गत तुलसीपुरमा प्रभातफेरी गरिएको छ । सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरेको अस्पतालले तुलसीपुरमा वृहत प्रभातफेरी गरिएको हो ।

जलविन्दु रोगको सचेतना फैलाउने उद्धेश्यले तुलसीपुर बजारमा विभिन्न सचेतना मुलक पिलेकार्ड सहित ¥यालीको आयोजना गरिएको थियो । प्रभातफेरीमा नेपाल नेत्रज्योति संघ, अस्पताल व्यवस्थापन समिति, अस्पतालका चिकित्सक,कर्मचारी,नेत्रसहायक विद्यार्थीका साथै ट्राफिक प्रहरीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा अस्पताल व्यवस्थाप समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति संघ अन्तर्गतका अस्पतालहरुले सप्ताहव्यापी रुपमा विश्व जलविन्दु दिवस विभिन्न कार्यक्रम गरि देश भरि मनाउने गरेको बताए ।

उनले उपचारसंगै सचेतना पनि आवश्यक पर्ने भएकाले विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने गरेको बताए । ‘ हामीहरुले अस्पतालहरुमा उपचार संगै आँखा सम्वन्धि रोगबाट बच्नका लागि सचेतामूलक कार्यक्रम पनि गर्ने गरेका छौ जनचेतना आवश्यक छ ,मानिसमा जनचेतना भयो धेरै कुराहरु थाहा हुन्छ’,अध्यक्ष गिरीले भने ।

त्यस्तै कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखा सचिव घनश्याम सुवेदी, कोषाध्यक्ष श्यामप्रकास आचार्य, सहकोषाध्यक्ष प्रनवकुमार खड्का, सदस्यहरु नेत्रमणि लामिछाने, सुरेन्द्रबहादुर खड्का, ध्रुव गौतम, गिता भुसाल,ताराप्रसाद पोख्रेल, बरिष्ठ नेत्ररोग विशेषज्ञ डा। सुलक्ष्मी कटुवा,प्रमुख प्रशासक डा सम्शेर थापा, नेत्ररोग विशेषज्ञ डा क्षमता सुवेदी, वरिष्ठ प्रशासकिय अधिकृत जसराज विश्वकर्मा, वरिष्ठ मुल्याङकन तथा अनुगमन अधिकृत शालिराम गौतमलगायतले नेपालमा अन्धोपन बढनुको एउटा कारण जलविन्दु रोग पनि भएकाले सचेतना आवश्यक रहेको भन्दै दिवसको अवसरमा शुभकामना दिएका थिए ।

कार्यक्रममा राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर जलविन्दुरोग विशेषज्ञ सहायक प्राडा रन्जितकुमार साहले विश्व जलविन्दु दिवस र जलविन्दु रोगको उपचार, यसबाट बच्ने उपायहरुको बिषयमा जानकारी गराएका थिए । दिवसको अवसरमा सप्ताह व्यापीरुपमा सचेतनाका लागि प्रचारप्रसारसंगै ¥याली, जलविन्दु सम्वन्धिमा अस्पतालमा स्टलहरु राखेर सचेता अस्पतालले दिईरहेको थियो ।

आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गतका राप्ती आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालले सप्ताहव्यापी विभिन्न सचेतना कार्यक्रम गरिएको थियो । फागुन २४ गतेदेखि सुरु भएको सप्ताहव्यापी विश्व जलविन्दु दिवस २०८२ शनिवार आज सकिदै छ । आँखा अस्पतालमा दैनिक जलविन्दु सम्वन्धि उपचार शल्यक्रिया र परामर्श सेवा दिईदै आएको छ ।