नवनिर्वाचित सुवेदीलाई स्वागत सम्मान

गोरक्ष समाचारदाता
दाङ, २८ फागुन । सुवेदी कल्याण प्रतिष्ठान दाङले सुवेदी वंशबाट प्रतिनिधि सभा सदस्यमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित कमल सुवेदीलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ । प्रतिष्ठान दाङमा अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष डा. शिवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमका वक्ताले नागरिकले विश्वास गरेर दिएको अभिमतको अपमान हुने कुनै पनि कार्य नगर्न सुझाव दिएका थिए । राष्ट्र र नागरिकको अहित हुने काममा संलग्न नहुन सुझाव दिँदै वक्ताले जिल्लाको समग्र विकासका लागि ठोस योजना बनाएर काम गर्न आग्रह गरेका थिए ।

प्रमुख अतिथि सुवेदीले २००७ सालको राजनीतिक परिवर्तनपछि यस क्षेत्रबाट राजनीतिक नेतृत्वमा पुगेका सुवेदी वंशका अग्रजहरूले राखेको कीर्तिलाई थप उचाइमा पु¥याउने गरी काम गर्न सुझाव दिए । सम्मानित व्यक्ति नवनिर्वाचित प्रतिनिधि सभा सदस्य कमल सुवेदीले आफू राष्ट्र र नागरिकको पक्षभन्दा बाहिर गएर काम नगर्ने बताए ।

अग्रजले देखाएको बाटोबाट विचलित नहुने प्रतिबद्धता जनाए । उपाध्यक्ष अमर सुवेदीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव माधव सुवेदीले गरेका थिए ।