Goraksha

National Daily

मत परिणामले विचलित छैनौँ, संगठन सुदृढीकरणमा लाग्छौ : योगेन्द्र चौधरी

प्रिया स्मृती गजमेर
लमही ,२७ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री एवं दाङ क्षेत्र नं. १ का उम्मेदवार योगेन्द्र चौधरीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणामले आफू विचलित नभएको बताएका छन् ।

नेपाली काङ्ग्रेस दाङ–१ ले मंगलवार लमहीमा आयोजना गरेको निर्वाचन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदै निर्वाचन जित हारको प्रक्रिया स्वाभाविक रहेको उल्लेख गर्दै जनताका मूल एजेन्डाप्रति आफू सधैँ उत्तरदायी रहने बताए । उनले निर्वाचन आउँछन् र जान्छन्, तर जनताका अपेक्षा र मुद्दा सधैँ स्थायी रहने भन्दै ती विषयप्रति आफू निरन्तर प्रतिबद्ध रहने स्पष्ट पारेका थिए ।

‘म थाकेको छैन, हारेको छैन, आगामी निर्वाचनको चिन्ता छ’,सहमहामन्त्री चौधरीले भने । चौधरीले नेपाली काङ्ग्रेसको संगठनलाई अझ सुदृढ बनाउन वडा तहबाटै सक्रिय भएर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चौधरी उपबिजेता बनेका थिए ।