तुलसीपुर, १८ फागुन । गत बजेट भाषण टिप्पणीमा संसदको छलफलमा अभिव्यक्ति भावना समेतलाई जोडेर अलि नयाँ शैलीको प्रोफाइल बनाउने । संसदमा बजेटको वितरण प्रणालीको विरोधी र भुषको आगो जस्तै जनतामा असन्तुष्टिको कुरालाई समेटेको प्रसंग र युवा उमेर मात्रै होइन सोच हो भन्ने भावलाई समेटेको प्रोफाइल ।
वि.सं. २०३० साल । प्रजातन्त्रको पक्षमा जनमत जुटाउन तुलसीपुरस्थित महेन्द्र माविमा विद्यार्थी माझ उनी क्रियाशील थिए । उसैबेला प्रहरी आयो र उनी गिरफ्तारीमा परे । आरोप थियो, पञ्चायती शासनको विरोध । तत्कालीन प्रशासनले गिरफ्तार ग¥यो । १३ वर्षकै त्यो उमेरमा १३ दिनसम्म हिरासतमा बस्नु अहिलेका युवाका लागि सोचनीय विषय हो । उतिबेलाको बन्द समाजमा त्यो नवयुवाकालीन विद्रोहको अवश्य पनि महङ्खव रहन्छ ।
अहिले युवा परिभाषा बदलियो । आन्दोलनको स्वरुप र शैली बदलियो । ती विद्रोही युवा अर्थात् उ बेलाका जेन– जी, कांग्रेस नेता, दीपक गिरी । प्रजातन्त्रमा शासन सत्ताको सम्पूर्ण बागडोर जनतामै नीहित हुनुपर्छ भन्ने मान्यता, परिवर्तनको सोच, विचार र क्रियाकलाप । यही कारण तत्कालीन अवस्थामा कांग्रेस नेता दीपक गिरीलाई दाङ प्रशासनले आँखी बनाइरह्यो ।
वि.स. २०३१ सालमा २९ दिन र २०३७ सालमा ५७ दिन गरी कांग्रेस नेता गिरी दुई–दुई पटक अञ्चलाधिशको ठाडो आदेशमा हिरासतमा रहे । वि.सं. २०४६ सालपूर्व प्रशासनको मुख्य निशानामा रहँदै भूमिगत रुपमै पार्टीको काममा सक्रिय भूमिका निर्वाह गरेका गिरी विसं २०६२÷०६३ मा काठमाडौंको गंगवुमा लोकतन्त्र प्राप्तीको जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे ।
वि.सं २०१८ साल चैत्र ३ गते बुवा लोकमणी गिरी र आमा छायादेवी गिरीको कोखबाट दाङको सुकदेवामा जन्मिएका दीपक दंगाली राजनीतिको मियो हुन् । प्राथमिक तहको अध्ययन काठमाडौंस्थित सेन्ट जोसेफ स्कुलमा र मावि तहको अध्ययन दाङ तुलसीपुरस्थित महेन्द्र माविमा रह्यो भने त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा उनले स्नातकोत्तर उत्तीर्ण गरे ।
जनतामाझ जुझारु र विकासप्रेमी नेताका रुपमा स्थापित गिरीको पार्टीगत राजनीतिगत यात्रा २०३४ सालमा भारतको गोरखपुरमा नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएर भएको हो । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीतिलिई विपी कोइराला र गणेशमान सिंह काठमाडौंमा ओर्लदा स्वागतमा सक्रियतापूर्वक खटिने मध्येका एकजना विद्यार्थी नेता गिरी हुन् ।
वि.सं २०३४ सालमा दाङ जिल्लाको क्षेत्रीय सभापति, २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य, २०३६ सालमै नेविसंघको राष्ट्रिय अधिवेशनको तयारी समितिको संयोजक, २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय एक्सन कमिटीको सदस्य, २०४३ सालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको महासचिव र २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर नेतृत्वदायी भूमिका निर्वाह गरेको ऐतिहासिक पृष्टभूमि कांग्रेस नेता गिरीसँग छ ।
२०४६ सालदेखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्यको महङ्खवपूर्ण जिम्मेवारी बहन गरेको अनुभव छ । नेता गिरीसँग २०५१ सालमा तथा २०६४ साल चैत्र २८ गते सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा संविधान सभा सदस्यका लागि उम्मेदवार भएको तथा २०७० साल मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा दाङ जिल्ला क्षेत्र नं. ५ बाट संविधानसभा सदस्यमा निर्वाचित भएर २०७३ सालमा नेपाल सरकारको सिँचाइ मन्त्रीका रुपमा जिम्मेवारी बहन गरेको अनुभव छ ।
आफ्नो मन्त्रीत्वकालमा छोटो अवधिमै पनि सिँचाइ क्षेत्रका साथै कृषि, सडक, यातायात, पुलपुलेसा तथा खानेपानी क्षेत्रको विकासका लागि विषेश काम गर्ने मन्त्रीका रुपमा स्थापित नेता गिरी विकासप्रेमी र जुझारु नेताका रुपमा परिचित छन् । दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउन, दाङ तुलसीपुरमा उच्च अदालत र सङ्घीय प्रहरी इकाई कार्यालयको स्थापनामा उनले अग्रणी भूमिका खेलेका छन् ।
दाङ बृहत् सिँचाइ योजना, प्युठान रोल्पाको माडी तथा माडी नदीको पानीलाई दाङमा ल्याउने, सल्यानको शारदा नदीको पानीलाई दाङमा ल्याउने जस्ता आयोजनामा उनकै पहलमा सुरु भएका हुन् । नदी खोलाहरुमा हाईड्याम बाँध बाँध्ने, ताल तलैयाको संरक्षण गर्ने, पानीका मुहान, कुवाँ, इनारको संरक्षण गर्ने, डिप बोरिङ (भूमिगत जलस्रोत) को विकास गर्ने, लिफ्ट सिँचाइ गरी दंगाली मलिलो फाटलाई अन्न भण्डार जिल्लाका रुपमा स्थापित गर्ने उनका दीर्घकालीन योजना हुन् ।
फोहरा सिँचाइ तथा नयाँ योजना, बवई नदी र दाङका खोलालाई गुरुयोजना अनुसार नै उपयोग गरेर कृषि पकेट जिल्लाका रुपमा जिल्लाको विकास र दंगाली किसानको आय आर्जनमा वृद्धि गरि आम किसानका सपना साकार पार्ने योजनाहरु गिरीले यसपटक चुनावका एजेण्डाका रुपमा अघि सारेका छन् । आफ्नो मन्त्रीत्वकार्यकालको छोटो अवधिमै यस सम्वन्धि कामको थालनी गरिसकका छन् ।
दाङ–सुर्खेत र दाङ–रुकुम सडकको निर्माण, राप्ती राजमार्गमा कालोपत्रे, दाङ–सल्यानको वैकल्पिक राजमार्गको रुपमा रहेको दोघरे–प्रतापकोट–मख्खनटाकुरी–सल्यानको लुहाम सडक, गोल्टाकुरी बंगलापुर–फुर्केसल्ली मलै हुँदै पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग जोड्ने सडक, हापुरे गँगटे–धोवाघाट हँुदै कोहलपुर जोड्ने सडक, पवन नगर हेल्थपोष्ट, सुन्दरा देवीमन्दिर हँुदै सल्यान जोड्ने सडक, सुकौरा दाङ चरकमटिया जोड्ने सडक, रंगैचा वागमारे विष्णुपुर सल्यानको हारीचार जोड्ने सडक, पुरन्धारको हापुरे विजय नेटा सल्यान जोड्ने सडक, निर्माणाधीन सुकदेवा ववई वालापुर पवननगर हेल्थपोष्ट देवीस्थान ठाँटीगाँउ काफलठुटा हुँदै सल्यानको ढुङ्गेवगर जोड्ने सडकको कालोपत्रे गरेका हुन ।
त्यसैगरी पुरन्धारा बगाले चौतारी–दाङको उत्तरी भेगवाट रक्षाचौर आँखा अस्पताल हुँदै हापुर घोराही जोड्ने मार्गनिर्माण एवम् कालोपत्रे गर्नु, बबई नदीको किनारै किनार दामोदर रोडलाई पूर्णता दिनु, मलै–ढोलपुर कोर्वाङ काशीपुर, रंगैँचा जुम्लेकुला, भलानेटी, वस्तीखोला, सुन्दरादेवी सडक कालोपत्रे गर्ने लगायतका योजनाहरु कांग्रेस नेता दीपक गिरीका महङ्खवपूर्ण उपलब्धीहरु हुन् ।
त्यसैगरी पश्चिम दाङको सन्दर्भमा पुरन्धारा छहरा, चमेरे गुफा, सुकौराकोट, राप्ती शान्ति उद्यान प्रसिद्ध छन् भने धार्मिक पर्यटकीय क्षेत्रका रुपमा त्रिमुखेश्वर महादेव मन्दिर, सुन्दरादेवी भगवति मन्दिर, त्रिशिद्धेश्वरी मन्दिर, शितलपुर शिद्धेश्वरी मन्दिर, रतननाथ मठ, भवन्तनाथ मन्दिर, बौद्ध गुम्वा, भूयाँरथान, मस्जिद, चर्च लगाययका विभिन्न कला संस्कृति र सभ्यता तथा इतिहास झल्काउने स्थानहरुको विकास र संरक्षण तथा पर्यटन क्षेत्रको विकास गर्न मिनि चिडियाखाना, इन्धन डिपोको स्थापना गरी टरिगाउँ एयरपोर्टको धावनमार्गको वृद्धि पनि पूर्व मन्त्री दीपकगिरीका कार्यभारहरु हुन् ।
विद्युतको नियमित आपूर्तिका लागि पूर्व पश्चिम राजमार्ग (१३२ केवी) प्रशारण लाइनबाट हापुरे च्यान्टी खोलामा सवस्टेशन निर्माण गरी ३३ केवी विद्युत प्रशारण तथा तुलसीपुर क्षेत्रको विद्युत प्रसारणको सुधार एवम् विस्तार गरी सुलभ तरिकावाट नियमित विद्युत आपुर्ति तथा सौर्य एवम् नविकरणीय उर्जाको विकासका लागि प्रशस्तै प्रयास भएका छन् ।
उच्च शिक्षा हासिल गर्नबाट बञ्तित हुन नपरोस् भन्ने मुलभुत उद्देश्यका साथ तुलसीपुर क्षेत्रमा पहिलो क्याम्पस, राप्ती बबई बहुमुखी क्याम्पस तथा पुरन्धाराको पुरन्धारा बहुमुखी क्याम्पसको स्थापनामा गिरीको महङ्खवपूर्ण भूमिका छ । प्राविधिक र व्यवसायी शिक्षामा सबैको पहुँच पुगोस् भनेर नै विकासप्रेमी नेता गिरीले जिल्लाका सबै विद्यालयहरुमा कम्प्युटर तथा इन्टरनेट सेवा सहितको सुविधाका लागि प्रयास गरिरहे । कुनै पनि बालबालिका शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भन्दै सरकारले थालेको कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि गिरीले थप चिन्ता व्यक्त गर्दै पालिकाहरुसँग सहकार्यको अवधारणा ल्याएका छन् ।
जिल्लामा ठूलो संख्यामा रहेका आदिबासी थारु समुदायको हक अधिकारको रक्षा तथा थारु संस्कृति, परम्परा तथा थारु समुदायमा निहित सिपलाई व्यवसायीकरण गर्दै थारु समुदायका महिलालाई आत्मनिर्भर बनाउने गरी आफ्नो चुनावी एजेण्डा गिरीले अघि सारेका छन् ।
उसोत जिल्लामा पछि पारिएका दलित, अपाङ्गको वृत्ति विकास एवम् विभिन्न धर्म प्रति आस्थावान जनताहरुको धार्मिक परम्परालाई सम्मान गर्दै संरक्षण गर्ने गरी योजनाबद्ध श्रृङ्खला सुरु गर्नुपर्छ भन्ने मान्यता कांग्रेसका लोकप्रिय नेता गिरीको रहेको छ ।
आफू सिँचाइमन्त्री भएका बेला, आफ्नो नौ महिने छोटै कार्यकालमा देशव्यापी रुपमा सिँचाइसँग सम्बन्धित परियोजनाहरुको सुरुवात गरेर चर्चा बटुलेका गिरीलाई उनको पार्टी नेपाली नेपाली कांग्रेसले यही फागुन २१ गतेको हुने निर्वाचनमा दाङ जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनीधिसभा सदस्यको उम्मेदवारका रुपमा पुनः अघि सारेको छ ।
यो भन्दा अघि २०७९ सालको निर्वाचनमा उनी भारी मत अन्तरका साथ विजय भएका थिए । तर जेन–जी आन्दालेन भयो र संसदले आफ्नो पाँच वर्षीय अवधि पूरा गर्न सकेन । अर्थात् गत भदौको २३, २४ गतेको आन्दालनसँगै विघटन हँुदा नयाँ चुनावको मिति घोषणा गरियो, फागुन २१ गते ।