भुपेन्द्र सुवेदी
संविधानले बोकेको धर्म निरपक्षताको विषय आम हिन्दुहरुको विपरित नेताको आफू खुसी जबजस्ती घुसाइएको र राजसंस्थाको विषय पनि जवरजस्त घुसाएको आम नागरिकले बुझिकेका छन् । यसको विषयमा जनताको आकांक्षा विपरित रहेका भएका विषयलाई आउने सरकारले विचार पूरावोस तब नेता जनप्रेमी र राष्ट्रपे्रमी हुनेछन्, जस्तै रास्वपाले भन्दै छ राजा र हिन्दु धर्म बोक्नेहरुलाई हाम्रो पार्टीमा स्थान छैन भनेको हँुदा आम हिन्दु पक्षधर अब रास्वपाबाट टाढिँदै छ ।
खै कुरा बुझेको शुवर्ण वाग्लेले ? धेरै वर्ष ३५, ३६ वर्षसम्म नेपाली जनताहरुलाई ढाटेर झुट बोलेर नानाथरीका प्रलोभन देखाएर आउँदै नआउने रेल पानी जहाज, चुलो–चुलोमा ग्यास पाइप आवश्यक नै नभएको स्थानमा टावर जस्ता झुटा आसपासनले नेपाल राष्ट्र नेपाली जनता निकै ठगिएको छ । अझै लाजै छैन नानाथरीका जनता पत्याउनै नसक्ने कुरा हिजो आजको सैतानहरुको घोषणापत्र किन सार्वजनिक गर्दै छन् ?
सुधारिने हो भनी आजैदेखि थाल सकारात्मक पक्षलाई अगाडि बढाऔँ नकारात्मक पक्षलाई नेपालको संविधान २०७२ बाट निकालेरै फाल किनभने आजसम्म वार्षिक रुपमा पौष २७ गते पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवसको सन्दर्भको अवसरमा कमसेकम एउटा उदाहरणीय कार्यको थाली गर्नु आजको आवश्यकता हो । यस्तै जनता पत्याउने र भरोसा राख्ने विषय उठाऔ कसले छेकेको छ ?
नेपाली राजनीतिमा विभिन्न पार्टी र विचारका धनी राजनेताहरुलाई किन सोच आएन ? राष्ट्र र राष्ट्रियता देशका असिम सम्भावना हाम्रा सम्पदाको । नागरिकको संरक्षणको भूमिकामा कुनै पार्टीका नेताहरुले प्रवेश गर्न सकेको अवस्था छैन । खाली आ– आफ्नो निजी स्वार्थ र आ–आफ्नो पार्टी र आ–आफना आसेपासे भाइ भतिजा, अझ भन्नै पर्छ पारिवारिक राजनीतिले ग्रस्त भएको नेपालको राजनीति क्षेत्रमा कहिले सुधार आउला र कसले सुधार्न सक्ला ?
यो बेमौसमी निर्वाचनको डम्फु पनि अनाहकमा बजाइँदै छ । समानुपातिक र समावेशीको नाम यो हो खाली नेताहरुको श्रीमती आसेपासे भाइ भरदोव्रजलाई र आफ्ना पार्टीका नेताहरुलाई जागिरे बनाउने, उद्देश्य मात्र हो तर यो अवस्थामा पनि पुराना पार्टीमा रहेका होनहार युवा पनि तै चुप मै चुप किन ?
जनताले आस गरेका थिए । गत भाद्र २३, २४ को जेन–जीहरुको मागले उत्सर्गमा पु¥याएको आन्दोलनबाट त्यति विधी स्कुले विद्यार्थी किताबको झोला बोकेर आन्दोलमा भाग लिन जाँदाको दर्दनाक घटना क्रमले अब त केही पाठ सिके होलान् । नेता, सरकार र नेतृत्व पुराना नयाँ तथा जेन–जीहरुलाई उक्साएर राष्ट्रको सम्पदामा आगजनी गर्न उचाल्ने वर्ग अझ फागुन २१ को निर्वाचनमा मै ठुलो हुने भन्ने बखान गर्दै हिडेका छन् । के
होलान् त यिनीहरु सफल ?
नेपालमा राजनीति गर्नेहरु नै आफै अन्यौल ग्रस्त अवस्थामा पुगेको आम नागरिकको बुझाई छ । किनभने विगतदेखि नै नेपाली जनताको हकअधिकार प्राप्तीको लागि लोकतान्त्रिक संविधान जनताकै सहभागीतामा बन्नु पर्छ भन्दै आएको राजनीति इतिहासले नै प्रष्ट पारेको त छ ।
तर, राजनेताहरुको अदुर्दशिताको कारण विभिन्न समयमा प्राप्त भएको जनअधिकार खोसिने खोस्न मिल्ले स्वयम् केही ठुला हुम भन्ने राजनीति पार्टीहरुको एकल निर्णयको कारण पटक–पटक नेपालको राजनीतिमा संकट नै धित्रिरहेको अवस्था छ । नेपालका राजनीति दलहरुले कहिले पनि देशमा शान्ति स्थिरता र स्थायित्व दिनै सकेनन् ।
न्यायपालिकाले नेपालको संविधान २०७२ को परिपालना गर्नमा उ आफै अन्यौल ग्रस्त छ र न्यायमुर्तिहरु न्यायालयको अधिनमा नभएर नेताहरुको अधिनमा रहेर आफू खुसी न्यायको व्याख्या गर्ने अधिकार कतिसम्म आफ्नो हो भन्ने सम्मको ख्याल स्वयम् नेपालको सर्वोच्च निकाय आफै राजनीतिक दलहरुको मन्सायमा अलझिनु हुन्छ वा हुँदैन ।
न्यालयलाई विन्त दिनको लागि अब के–के विषयमा आ–आफ्नो त्याग र तसस्या हुनु पर्ने हो ? यसको ख्याल समयमा गरिएन भने भोलि पछुताउनु बाहेक केही बाँकी रहने छैन । विदेशीको इसाराको, अभियान र दुर्नियतबाट न्यालयमा थप क्षति हुन नदिन राज्य व्यवस्थापिका संसद तत्काल सक्रिय हुनुपर्छ ।
त्यसतर्फको प्रथम कदम हो, त्यसको वास्तै नगरेर न्याय जस्तो गम्भीर विषयमा आ–आफ्नै पारामा जथाभावी व्याख्या गर्दै हिड्ने न्यायमुर्ति ठहरिएकालाई कानुनले पक्कै छुट दिने छैन । अबको नेपालको राजनीति अवस्था हेर्दा स्वदेशी नागरिक मात्र नभएर विश्वका नागरिक समेतले धेरै गम्भीर रुपमा लिइरहेको अवस्था होला । तर, नेपालको राजनीति व्यवस्थामा निकै लामो समयसम्म आसातित् रुपमा रहेको खल्लोपनाले निरास तुल्याएको अवस्था छ ।
हाम्रा स्वार्थी नेताको हैसियत बुझिसकेको भारतले आफूले पालेको कुत्ताले के–के मनपराउछ त्यस्तै अनुभव प्राप्त भारतीय सरकारका वर्तमान निवर्तमान बिउरोक्रेसी र सुरक्षा निकाय र भारत सरकारको आफ्नो अनुभव नेपाली नेताहरुको गतिविधिमा धेरै पहिलादेखि नेपालमा अस्थिरता उत्पन्न गरेर आफ्नो स्वार्थपूर्ति गर्दै आएको छ । नेपालको विकास शान्ति र आत्मनिर्भर भएको देख्न चाहदैन यो एैना अझै छर्लङ्ग छ ।
नेपालमा पुरानो शिक्षा खारेज गरी २०२८ सालमा नयाँ शिक्षा भित्राइयो नेपालका धर्म संस्कार संस्कृति सबै स्वहा पारिदिएकोले आज गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्तो महङ्खवपूर्ण निकायमा विदेशीको इसारामा चल्न थाले । त्यहाँदेखि नेपालमा शिक्षा क्षेत्रमै धमिरो लागेको हो ।
नेपालमा जबसम्म नेताले भेडा सरह जनता चिनेको र जनता भेडा नेता नचिनेको साच्चै रहेछ । यहाँ एउटा स्वर्गीय महेन्द्रले लेखेको कवितामा उल्लेख गरेका छन्– ‘कालो–कालो बादलको बिचबाट च्यातिएर लुकामारी चन्द्रमाले खेलेको’ यो दुई लाईन कवितालाई मनन् गर्दा यतिबेला नेपालमा छितिजको बहुपक्षीय राजनीतिले लुकामारी खेल्न थाल्यो ।
नेताहरु गोटी बुन्दै छन् । हामी जनता रमिता दिगम्वत मुखरजीको दावी भारतमा नेपाललाई गाभ्ने मनगणतन्ते भावना त्रिभुवनको प्रस्ताव नेहेरेरले मनन् जस्ता सपना देखिरहेको आजको अवस्था हो । पृथ्वीनाराण शाहका पुराना उपदेशहरुमा नेपालको राजधानी काठमाडौँमा जुनसुकै रेजिमेन्ट आए पनि व्रिटिस इन्डियाको नेपाल, भोट नीति एकैनासको हुने हुँदा दबाब बदलिदैनथ्यो ।
तत्कालको नेतृत्व पनि आफ्नो चलाकी छाड्दैनथे भन्ने खाले उपदेश वा विचार इतिहासमा पढ्नसम्म पाएकोले नेपालमा राज्य सञ्चालक कठनेर हुनु पर्ने रहेछ भन्ने पाठ सिक्न जरुरी छ तर कठोर यसमा होइन सडकमा आफ्नै जनता लढाएर मराएर गर्ने कठोरपना नभएर र बाह्य शक्तिसँग आफ्नो राष्ट्रको संरक्षणको लागि कठोर हु पर्ने हो त्यो हुन सकेको छैन ।
जसमा नेपालको राजनीतिमा आजको अवस्था हेर्दा जुनसुकै संविधान बिना नहोस् खाली नेताको सेवा सुविधामा र नेताको सुरक्षामा नेताकै संरक्षणमा र आ–आफ्नो पार्टीको र आ–आफ्नो कार्यकर्ताहरु र आ–आफ्नो पारिवारिक व्यवस्थापनको सुरक्षित हुने खालका नीति नियम कानुन बन्ने गरेका छन् ।
तर, आम नागरिक जसको भोटले नेताहरुलाई त्यहाँ पु¥यायो उनै जनताको संरक्षणको नीति बन्न सकेन जति बनेको नेपालको कानुन लागु मात्र कानुनको पालना खाली राजनीतिबाट बाहिर रहेका जनताको लागि मात्र बनेको छ तर नेता कार्यकर्ताले मान्न नपर्ने शिद्ध भएको नेपालको कानुनले गर्दै आएको हुँदा आजको सन्दर्भमा पृथ्वीनारायण शाह र पृथ्वी पथ्र्रदर्शनलाई पन्छयाउनै पर्ने होकि ? यो पंतिmकार अवश्य एकछिन एक्लो होला त । एकदिन यसले अवश्य बाटो पाउला भन्ने आफ्नो विचार दुखेसो पोख्ने जमर्काे गर्दै छु ।