Goraksha

National Daily

राजनीतिक संस्कार र चुनावको नतिजा

केपी सुवेदी

प्रतिनिधिसभा २०८२ को निर्वाचन यही फाल्गुन २१ गते आउन अब ४ दिनमात्र बाँकी छ । निर्वाचनलाई विशेष पर्वको रुपमा व्यापक जनसहभागिता सहित सम्पन्न गर्न राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने हुँदा उनीहरुको जनतासँग जोडिने नारा, नीति, कार्यक्रम र कार्ययोजनाले हो । त्यस्तो नीति, कार्यक्रम र योजनाहरु कागजमा लेखेर पाठ गर्दैमा त्यसले सार्थक परिणाम दिन सक्दैन ।

बर्षौँदेखि यो प्रक्रिया चलिरहेकै हो र त्यसैको निरन्तरता न जनताको अपेक्षा हो न परिवर्तनको मर्म हो । परिवर्तन आचरणमा, शैलीमा र प्राप्त हुने परिणाममा देखिँदैन भने न त कागजी घोडा न त चर्का भाषण कतै पनि अगाडि बढेको सङ्केत होइन ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सबै उपाय प्रयोग गरिन्छ, गर्नुपर्छ । झुट्ठा आस्वासन पञ्चायती निर्वाचन ताका पनि दिन्थे उनीहरु व्यक्तिगत रुपमा प्रस्तुत हुन्थे र जवाफ पनि उनीहरु एक्लै दिनुपथ्र्यो । किनभने निर्दलीय व्यवस्थामा सङ्गठन थिएन । बहुदलीय व्यवस्थामा जनता र राष्ट्रको हितमाको बढी जिम्मेवार र जवाफदेही हुने भन्ने प्रतिस्पर्धा हुने गर्छ ।

नीति विचार र दर्शनले निर्धारण गर्छ र आफ्नो आर्थिक कार्यक्रम योजनाबद्ध लागु गर्नु पुर्व व्यापक बहसका माध्यमबाट सफल कार्यान्वयनका लागि एउटा मार्गचित्र प्रस्तुत गरिन्छ । सुस्पष्ट मार्गचित्रबिना भ्रष्टाचारप्रति शून्य सहनशिलता सहितको सुशासनको कल्पना गर्नु व्यर्थ हुन्छ । समयले निकै फड्को मारिसक्यो ।

समयको मागलाई नजर अन्दाज गर्दा यो विषेश परिस्थितिको सामना गर्नुप¥र्यो । समयको पदचापसँग तालमा ताल मिलाएर यो देशमा सम्वृद्धि र सुशासनको सपना बुनेको यदि कसैले छ भने उसले सार्वजनिक रुपमा आफ्नो योजनाको कार्यान्वयन प्रक्रिया प्रस्ट गर्न र त्यसलाई सार्वजनिक गर्दा जनस्तरबाट उठेको प्रश्नहरुको जवाफ दिन असमर्थता प्रकट गर्नु पर्ने कारण हुँदैन ।

यदि त्यसलाई कार्यान्वयनको चरणवद्ध रुपरेखाप्रति आफै अस्पष्ट छ भने उ एउटा जाली र धोका दिने चरित्रको व्यक्ति हो भन्ने निश्चित हुन्छ । मुलकमा राजनीतिक परिवर्तनका लागि आफ्नो दृष्टिकोण दृढतापूर्वक जनताको बिचमा राखेर आफूले पाएको सानो अवसरलाई प्रयोग गरेको र त्यसबाट तुलनात्मक रुपमा उत्कृष्टता हासिल गरेको व्यक्ति जनताको रोजाईमा पर्नुपर्छ र पर्छ भन्न कुनै सङ्कोच मान्नु पर्दैन ।

हामी सबै नजिकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचार अभियानमा जोडिएका छौँ । यतिखेर निर्वाचन प्रचारको समयमा तोकिसकेको अवस्था छ । निर्वाचन आयोगका अनुसार १८ फाल्गुनपछि प्रचारप्रसार अभियान शिद्ध हुनेछ र १९ गतेदेखि मौन अवधि सुरु हुनेछ । यही अवधिमा मतदाता राजनीतिक दलहरुले प्रचारका क्रममा व्यक्त गरेका प्रतिबद्धता, वाचापत्र, प्रतिज्ञापत्र तथा करारपत्र जेसुकैनामबाट आएका लिखित अथवा मौखिक बचनबद्धताको अध्यायन, विश्लेषण एवम् मनन गरेर कुन दलको पृष्ठभूमि के हो, नेतृत्वको परीक्षा कहाँ–कहाँ कसरी भएको छ र कसलाई रोज्यो भने देश र आफ्नो भविष्य सुरक्षित र सुविधाजनक हुनसक्छ भनेर निर्णय गर्ने अवधि हो मौनअवधि ।

राष्ट्रनिर्माणको महान सङ्कल्प सहित पुरै देश बहुपक्षीय सम्वृद्धिका लागि होमिएको यो महायज्ञमा अमूल्य मत दान गरेर राज्यसञ्चालनको साझेदार बन्ने निर्णय गर्दा विवेकको प्रयोग गर्ने योभन्दा महङ्खवपूर्ण समय फेरि कहिल्यै नआउनसक्छ । किनभने समयले पर्खिदैन भन्ने सबैलाई थाहा छ, त्यसैले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालेले भनेको स्मरणीय वाक्यांश एउटा युगमा एक पटक मात्र आउने समयको महङ्खवका बारेमा सबैले जानिराख्नुपर्छ ।

निर्वाचन प्रचारप्रसार अवधिमा धेरै तिक्ता पनि व्यक्त भएको छ । तिक्तताको वर्षाले आपसी सदभावलाई थिलोथिलो पारेको छ । यसलाई बिर्सेर सरकार र प्रतिपक्षको भूमिकामा उभिनु पर्ने र एकअर्काप्रति कम्तिमा रचनात्मक विरोध र समर्थनको राजनीतिक संस्कृति निर्माण गर्नु राजनीतिक दलको प्रमुख दायित्व हुनेछ । आफूलाई नहेरी अरुको अनुहारको दाग कोट्याउने अभ एवम् अधैर्यको पराकाष्टाबाट फर्किन कठिन हुन्छ भन्ने हेक्का कसैले राख्न नसक्नु दुर्भाग्यपूर्ण व्यवहार हो ।

संस्कारहिनताले लोकतन्त्रको धज्जि उडाउँदा आनन्द लिने चरित्र जतिसक्यो चाँडो बदलौँ । यस पटक निर्वाचन आयोगले लागु गरेको आचारसंहिताले खर्चिलो निर्वाचन प्रणाली सुधार्ने प्रयास ग¥र्योँ र केही हदसम्म सफल भएको छ । अझै सुधारको आवश्यकता छ । साइबर अपराधलाई पूर्ण रुपमा बन्देज गरेर सामाजिक सञ्जाललाई मर्यादित माध्यम बनाउन राज्यको कानुन सफल भयो भने अमर्यादित भाषामा बोलेर संस्कारहिन राजनीति गर्ने स्वतह निरुत्साहित हुनेछन् ।

सावर्जनिक स्थलमा बहस गर्न नसक्ने, आफैप्रति सोझिएका अनेकौँ प्रश्न वेवास्ता गरेर प्रतिस्प्रधिमाथि मिथ्यारोप लगाउनेलाई जनताले राम्रोसँग चिन्न सक्नुपर्छ । यो महाभियानमा धेरै अनुहार र उनीहरुको सही क्षमताको परीक्षा भएको छ । नतिजामा त्यसरी नै न्याय गर्ने पालो जनता जनार्दनको हो ।