राेल्पा,१६ फागुन । रोल्पाको मिझिङमा भएको बस दुर्घटनाका घाइतेहरुको नेपाली काँग्रेस रोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा सुदनकुमार वलीले शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी रोल्पाले लिबाङमा आयोजना गरेको चुनावी सभाबाट आमसभामा आएका मानिस लिएर फर्कदै गरेको बस रोल्पाको मिझिङमा दुर्घटना हुँदा ७ जना घाइते भएका थिए । घाइतेहरुको उपचार छिटोछरितो र सहज रुपमा व्यवस्था गर्न समेत सम्बधित निकायसँग डा वलीले माग गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको आमसभाबाट फर्कदै गरेको बस दुर्घटनामा परेको खवरले आफुलाई एकदमै दुःखित भएको जनाएका छन् । आफुले सडक पूर्वाधार सुरक्षाको विषय पहिलेबाट नै उठाउदै आएको बताएका छन् । यसमा राज्यको ध्यान जानुपर्ने बताए ।
चालक, सहचालक र सम्बन्धित व्यवसाहरुले सडक सुरक्षाको विषयमा पनि बुझ्नुपर्ने उनको भनाई छ । यात्रुहरूले पनि त्यो सडकको भारवाहन क्षमता र सडक सुरक्षाको व्यवस्थालाई हेरेर आफ्नो यात्रा गर्नेुपर्ने बताए ।
सिट क्षमता भन्दाबढी यात्रुहरू राख्ने काम बन्द गर्नुपर्छ उनले भने । मानिसको जीवन मूल्यवान भएकाले सामान्य हेलचेक्राइले गर्दा ठुलो दुर्घटना हुन्छ उनले भने यसबाट हामी सबै बच्नुपर्छ । सडक सुरक्षमा सम्बन्धित निकायको तुरन्त ध्यान जाओस् ।