‘व्यवसायी मैत्री बातावरणका लागि काँग्रेसको नेतृत्व आवश्यक’

घोराहीमा काङ्रेसद्वारा उद्योगी व्यवसायी भेला
दाङ, १६ फागुन । नेपाली काँग्रेस उद्योग व्यवसायी परिचालन उप समिती क्षेत्र नं २ को आयोजनामा उद्योगी व्यवसायीहरुको बृहत भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीपराज शर्मा नेपालको समृद्धीको लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । यसका लागि नेपाली काँग्रेसलाइ विजयी गराउ लाग्नु पर्ने उनको भनाइ छ । नेपाली काँग्रेस सबैको विश्वासनी पाटी रहेको समेत उनले बताए । काँग्रेसको खुल्ला अर्थ नितीको कारण देशमा उद्योग व्यवसाय स्थापना भएको शर्माको भनाइ छ ।

नेपाली काँग्रेसका क्षेत्र नं २ का उम्मेदवार किरण किशोर घिमिरेले काँग्रेसको नीतिको कारण देशमा निजीलाइ सहयोग पुगेको बताए । निजी क्षेत्रको विकासका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । यसकालागि नेपाली काँग्रेसलाइ विजयी गराउन उनले आग्रह गरे । नेपाली काँग्रेस लुम्विनी प्रदेश उपसभापती राजु खनालले उद्योगी व्यवसायीहरुको समस्या समाधान काँग्रेस नेतृत्वले गर्ने बताए । निजी क्षेत्रको समस्याको बारेमा काँग्रेस जानकार रहेको भन्दै पाटी सरकारको नेतृत्वमा पुगेपछि समस्याको समाधान गर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाली काँग्रेसका लुम्विनी प्रदेशका प्रवक्ता तथा उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने, नेपाली काग्रेस क्षेत्र नं २ का सभापती भिमप्रकास खड्का लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम नेपाली काँग्रेस उद्योग व्यवसायी परिचालन उप समिती क्षेत्र नं २ का खड्ग बुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण वशन्त जोसीले गरेका थिए ।

उद्योगी व्यवसायीको ध्यानाकर्षण पत्र

उद्योगी–व्यवसायीहरूले प्रतिनिधि सभाका उम्मेदवार काग्रेस प्रदेश उपसभापती, तथा प्रदेश मन्त्रीलाइ ध्यानाकर्षण पत्र बmझाएका छन् । जिल्लाको पूर्वाधार विकास, उद्योग प्रवद्र्धन र सेवा सुविधाको विस्तारका लागि २५ बुँदे माग राखेका छन् । व्यवसायीहरूले सडक, विद्युत, विमानस्थल, भन्सार, स्वास्थ्य, पर्यटन तथा वित्तीय नीतिसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीहरूले सबैभन्दा पहिले घोराही–होलेरी सहिदमार्गको स्तरोन्नति गरी सहज यातायात सञ्चालनको व्यवस्था गर्न माग गरेका छन् । साथै घोराही–मसीना हुँदै स्वर्गद्वारी जोड्ने सडक स्तरोन्नति गरी तीर्थयात्री तथा पर्यटकलाई सहज आवागमनको व्यवस्था मिलाउनुपर्ने बताएका छन् । त्यस्तै घोराही–हर्नक–मुर्कुटी–देविस्थान सडकको स्तरोन्नति गर्न र उक्त मार्ग हुँदै सञ्चालनमा रहेका सिमेन्ट उद्योगका सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।

लमही–घोराही तथा घोराही–तुलसीपुर चार लेन सडक निर्माण कार्य शीघ्र सम्पन्न गर्नुपर्ने , रिहार–नारायणपुर हुँदै होलेरी जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्नुपर्ने माग गरिएको छ । पूर्वाधार विकासले उद्योग–व्यवसाय विस्तारमा प्रत्यक्ष प्रभाव पार्ने उनीहरुले बताएका छन् ।
साविक त्रिपुर–नारायणपुर क्षेत्रमा विद्युत महसुल बुझाउने काउण्टर स्थापना गर्नुपर्ने, दाङ जिल्लामा नियमित रूपमा ७२ सिटे जहाजले उडान भर्न सक्ने गरी तुलसीपुर विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने माग पनि गरिएको छ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने, कोइलाबास भन्सार कार्यालय लाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, दाङमा गुणस्तर तथा नापतौल कार्यालय स्थापना गर्नुपर्ने तथा यातायात व्यवस्था कार्यालयको शाखा कार्यालय घोराहीमा सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

सुनचाँदी खरिद–बिक्री सम्बन्धी कार्य जिल्लाबाटै हुने व्यवस्था गर्न र सुनमा लगाइएको विलासिता कर पूर्ण रूपमा खारेज गर्नुपर्ने माग पनि अघि सारिएको छ। अण्डर–बिलिङ समस्याको प्रभावकारी समाधान गर्नुपर्ने, लक्ष्मीपुर औद्योगिक क्षेत्र निर्माण कार्य शीघ्र अघि बढाउनुपर्ने तथा उद्योग तथा व्यापारमैत्री नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा व्यवसायीहरूले माग गरेका छन् । भन्सार प्रक्रियालाई छिटो, सरल र पारदर्शी बनाउन तथा व्यवसायका लागि सहुलियतपूर्ण र सरल ऋण नीति लागू गर्नुपर्ने ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।

उद्योग तथा व्यवसाय सम्बन्धी तालिम तथा शैक्षिक कार्यक्रम जिल्लामै सहजरूपमा सञ्चालन गर्नुपर्ने, नियमित तथा भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्नुपर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन प्रवद्र्धनका लागि सम्बन्धित कार्यालय तथा संयन्त्र विस्तार गर्नुपर्ने माग पनि समेटिएको छ ।

सुरक्षा व्यवस्थालाई सुदृढ बनाउँदै होटल तथा पर्यटन व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न मिल्ने वातावरण सिर्जना गर्नुपर्ने, बजार क्षेत्रमा फुटपाथ सहित स्तरीय सडक निर्माण गर्नुपर्ने तथा बजार क्षेत्रको विद्युतीकरणलाई भूमिगत र व्यवस्थित बनाउँदै सुन्दरता अभिवृद्धि गर्नुपर्ने, धार्मिक, सांस्कृतिक तथा रमणीय स्थलहरूको पहिचान गरी आन्तरिक तथा बाह्य पर्यटक भित्याउन गुरुयोजना तर्जुमा गर्नुपर्ने माग समेत अघि सारिएको छ । व्यवसायीहरूले यी मागहरू कार्यान्वयन भएमा दाङको औद्योगिक, व्यापारिक तथा पर्यटन क्षेत्रले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन् ।