दाङ, १५ फागुन । विभिन्न पार्टी परित्याग गरि ४३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
घोराही उपमहानगरपालिका–१३ स्थित बगाले टोल विकास सस्थाका अध्यक्ष दिलराज घर्ती, उपाध्यक्ष बसन्त गुरुङ र दीपक पुनसहित ४३ जना स्थानीयले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेपाली कांग्रेस घोराही वडा नं. १३ का सभापति गोपाल गिरीलगायतका नेताहरूले स्वागत तथा सम्मान गरेका थिए । कांग्रेसमा स्वागत गर्दै सदस्यता समेत प्रदान गरेका थिए । नवप्रवेशीमध्ये अधिकांश नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र मंगोल अर्गनाइजेशनमा आबद्ध रहँदै आएका थिए ।
नेपाली कांग्रेसको विचार र आस्थाबाट प्रभावित भएर प्रवेश गरेको दिलबहादुर घर्तीले बताएका थिए । उनीहरुले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेलाई जिताउनका लागि लाग्ने बताएका थिए । पार्टी प्रवेश कार्यक्रमको सहजीकरण वडा सचिव सनत गिरीले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।