जो चोर उसैको ठुलो स्वर

युवराज शर्मा

गाउँघरमा बुढापाकाहरुले भन्ने गरेको शब्दशैली नै जो चोर उसको ठुलो स्वर भन्थे, रहेछ पनि त्यस्तै । नेकपा एमालेका नेताहरुको भनाई छ– यो देशको भावी प्रधानमन्त्री केपी शर्मा ओली बन्ने छन् । उनी नेकपा एमालेका पार्टी अध्यक्ष र संसदीय दलको नेता पनि हुन् ।

उनी एक पटक गृहमन्त्री भएर चौथो पटकसम्म प्रधानमन्त्री भए तर ओलीले चौथो पटक प्रधानमन्त्री भएपछि उनकै कार्यकालमा जेन–जी समूहका ७६ जना बालबालिकालाई गोली खाएर मर्नु परेको पथयो । उनले जंगबहादुर राणाको शैली अपनाएर कोतपर्व जस्तै २०८२ भदौ २३ गतेका दिन घटना घटाएका थिए ।

सडकलाई गोलीको वर्षा गराए । धेरै घाइते भए तर आफ्नो गल्तीलाई स्वीकारेनन् । प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई मानेनन् । उनले टेरेनन् पनि । उस्तै व्यक्ति झापा–५ निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका छन् । उनको प्रतिस्पर्धा रास्वपाका बालेन शाहसँग हुँदैछ । ओलीको गृह जिल्ला पनि हो भने बालेन शाहको ससुराली ठाउँ पनि हो । जहाँ उनको पत्नीको जन्मथलो पनि क्षेत्र नं. ५ झापामा पर्छ ।

ओलीले त्यहाँबाट पटक–पटक चुनाव जित्दै आएका थिए तर यस पटक कडा प्रतिस्पर्धा गर्नुपर्छ । तैपनि उनका समर्थकहरु भन्छन्– जो चोर उसको ठुलो स्वर सुनिन्छ । उनमा भएको गुण नै निडर, कठोर, स्वार्थी, मनोवृत्ति र बढी झगडालु स्वभावका व्यक्ति भएको स्थानीयबासीहरुले सुनाउँछन् ।

काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाह हुन् । उनले मेयर पदबाट राजिनामा दिएर सांसद पदका लागि चुनावमा भाग लिन र प्रतिस्पर्धामा उत्रन झापा–५ को उम्मेदवार बनेका युवक हुन् । उमेरले ३५ लागेका युवाहरुले रुचाएका ढुकढुकी हुन् । उनी विकासप्रेमी व्यक्ति भएको मेयर पदबाट काठमाडौँ महानगरपालिकालाई सुधार्न सफल भएका हुन् । उनमा भिजन र रिजन छ । पढेलेखेका प्रवृद्ध व्यक्ति हुन् ।

अहिले नेता बनेर मत माग्लै रास्वपालाई जिताउन जिल्लाहरुको भ्रमण पनि गरिरहेका छन् । उनका समर्थकहरुले उनलाई नेपालको प्रधानमन्त्रीमा देख्ने इच्छा गर्छन् तर नेपालको संविधान २०७२ ले एकल दलको सरकार बन्न नसक्ने नीतिलाई झल्काएको छ । सांसदहरुले संसदीय व्यवस्थामा प्रधानमन्त्री चुन्ने नीति छ ।

सांसदहरुको काम कर्तव्य र अधिकार सीमित छ । उनीहरुले ऐन कानुन बनाउने गर्छन् । चाकडी गर्न जानेका सांसदहरु मन्त्री बन्छन् । निर्वाचनबाट जनताको मतले प्रधानमन्त्री बन्न पाउने व्यवस्था संविधानले गरेको छैन । रास्वपाले बालेन शाहलाई प्रधानमन्त्री बन्ने व्यक्ति भन्छन् । जनता पनि उनलाई प्रधानमन्त्री पदमा हेर्न चाहन्छन् ।

नेपालमा जो चोर उसको ठुलो स्वर सुनिन्छ । देशमा भारतको सल्लाह अनुसार दश वर्षे द्वन्द्वात्मक वातावरण बनाएर नेपालीहरुको जीवनमा रमाउने व्यक्ति हुन्– पुष्पकमल दाहाल प्रचण्ड उनको द्वन्द्वमा सत्र हजार नेपालीले ज्यानको बलिदान गरे । तर, उनले पाँचहजारको ज्यान मारेको स्वीकारेका थिए ।

२०४६ साल फागुन १ गतेदेखि माओवादीको विद्रोह सुरु भयो । अन्तमा २०६२ साल मङ्सिरमा शान्ति सम्झौता भयो । यस सम्झौताले माओवादीलाई प्रजातान्त्रिक धारमा ल्याएको थियो । त्यसपछि प्रचण्डले बाटो बिराएर लडाकुहरुलाई त्याग गर्दै चुनावका लागि जिल्ला छान्दै हिडेका छन् ।

अहिले उनी रुकुमपूर्वबाट माओवादीका लडाकुसँग चुनावी मैदानमा छन् । उनलाई रुकुम पूर्वमा जनताले के देखेर उनको पछि लागेका हुन् जनताले भन्न सक्दैनन् । उनमा नैतिक बल छैन । नेपाली कांग्रेसका शेरबहादुर देउवालाई गगन थापाले पाखा लगाए । नेकपा एकालेका केपी ओलीलाई बालेन शाहले टक्कर दिँदै छन् ।

उनलाई निर्वाचनमा हराएमा उनको चुरीफुरी सकिने छ । पुष्पकमल दहाल प्रचण्डलाई रुकुमपूर्व जिल्लाबाट हराइदिएमा मात्र उनको जिल्ला बदल्ने नीति फेल हुनेछ । रुकुमपूर्वका जनताले अवसरवादी नेतालाई निर्वाचनबाट बिमुख बनाउन सक्ने वृद्धि पलाओस् ।

अहिले नेपालका तीन जनाहरुको स्वर ठुलो छ । त्यसमा नेकपा एमालेका अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चर्को स्वर छ । उनीसँग झापाका कांग्रेसहरुले प्रतिस्पर्धा गर्न सकेनन् र ओलीको एकलौटे निर्वाचन क्षेत्र झापा–५ बलियो खम्बा भएको थियो ।

भ्रष्टाचारी, ज्यानमारा, जेन–जी मारा जस्ता ओलीका कार्य भएकाले, सिक्नु पर्ने झापा–५ का जनताको भनाई सुनिन्छ । यो निर्वाचन विथोल्न ओलीका रणनीतिहरुले धेरै जाल बुन्दै छन् । सरकार र निर्वाचन आयोग सजग रहन झापालीहरुको भनाई सुनिन्छ । अहिले पुरै देश घण्टीमय भए पनि घण्टीका उम्मेदवारहरुले सभा गर्दै जिल्लामा छन् । जस्तै जुम्लाकी विनिता कठायत ।

उनी सम्पन्न परिवारकी हुन् र उनलाई छान्ने रास्वपाको गलत कार्य भयो भन्छन् जुम्लाका नागरिक । जुम्लीहरुको भनाई छ– ज्ञानेन्द्र शाहीको तुलनामा रास्वपाको उम्मेदवार कठायत कार्यक्षेत्रमा कमजोर महिला हुन् भन्छन् जुम्लाबासीहरु । जुम्लाबासीहरुको एउटै भनाई छ– जुम्लीहरुको नजरमा ज्ञानेन्द्र शाही ।

उनले जुम्लाको आर्थिक, सामाजिक, राजनीतिक, नैतिक, सांस्कृतिक विकासका लागि खेलेको भूमिका महत्वपूर्ण छ । तर कठायतको भनाईमा गाली गलौज सुनिन्छ भने शाहीको भनाईमा निर्देशनात्मक, भावनामक, रचनात्मक र सिर्जनशीलात्मक भनाईहरु झल्किन्छन् । अर्कालाई गाली गलौज गर्ने व्यक्तिको सार्थक जीवनचर्या हुँदैन भन्छन्– युवाजमातहरु ।

नेपालका ठुला राजनीतिक दलहरुसँग नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाामाओवादी थियो । यी दलहरुले ३५ वर्ष शासन सत्ता सम्हालेका थिए । नेपाली कांग्रेसले आफ्नो सत्ता चलाएको समयमा उद्योग धन्धाहरु बेचिदिए । त्यस समयका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री रामशरण महत थिए । नेकपा एमालेको सत्तामा केपी ओली प्रधानमन्त्री र अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल थिए । यिनीहरुले देश लुट्ने काम गरे ।

कम्युनिष्टका आचरण पालन गरेनन् । तानाशाही प्रवृत्ति अपनाएका थिए । ओलीले जेन–जी आन्दोलन दबाउन गोली चलाएर ७६ जना जेन–जीहरुको हत्या गरेका थिए । आफू सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्रीको पदबाट राजिनामा सेनापतिलाई बुझाई भागेका थिए । भगौडा प्रधानमन्त्री बने । नेकपा माओवादीका पुष्पकमल दहाल प्रचण्डले भारतमा १२ बुँदे सम्झौता गरी नेपालमा आएर शान्ति सम्झौता गर्ने व्यक्ति थिए ।

उनले भारतको सहयोगमा नेपालमा दश वर्षे द्वन्द्व चर्काएर १७ हजार नेपालीको बलिदान गरेका थिए । अहिले माओवादी पार्टीलाई त्यागेर नेकपा बनेका छन् । चुनाव चिन्ह तारा लिएर पूर्वी रुकुम गएका छन् । उनको राजनीतिक शैली छेपाराले रंग बदले जस्तै राजनीतिक दलीय खोल ओढ्न सिपालु बनेका छन् । छोरी रेणु दहाललाई चितवनबाट र बुहारीलाई कञ्चनपुरबाट चुनावमा उम्मेदवार बनाएका छन् । तीनै नेताहरुमा शेरबहादुर देउवा र उनको पत्नी आरजु देउवा पनि चर्चित छन् । सबै नेपालीहरु भन्छन्– शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दहाल प्रचण्ड यी तीनै नेताहरुले गणतन्त्रलाई लुटतन्त्र बनाए । नेपालीहरुलाई कमजोर अर्थतन्त्र बनाए । नेपाल ऋणमा डुबेको देश भएको छ ।