लकडाउनले गाउँले मर्कामा

युवराज शर्मा

नेपालमा कोरोना भाइरसको महामारी आउने आशंकामा चैत ११ गतेदेखि देशभर सरकारले लकडाउन लागू ग¥यो । लामो समयसम्म लकडाउन भइरहेको छ । आवागमन गर्न, पैदल हिड्न पनि नपाइने प्रहरकिो आवाज सुनियो र सुनिइरहेका छौँ । लकडाउन भनेको के हो ? किन यो सरकारले लागू ग¥यो ? सहरबजारवासीले भन्न सक्दैनन् भने गाउँलेहरुले के भन्ने ? नागरिक पहिलो पटक अवाक भएका थिए । चेतनाको अभाव नागरिकहरुमा देखियो । एक हप्तापछिसरकारबाट कोरोना भाइरस एउटा सरुवा रोग हो । यसबाट बच्न छुवाछूत नगर्ने, सामाजिक दूरी कायम राख्ने, खानपिनमा तातो र स्वस्थकर खाना खाने, तातो पानी विहान बेलुकी पिउने र सरसफाईमा ध्यान पु¥याउने जस्ता विषयहरु बाहिरिएका थिए । यी सबै बानी व्यवहारमा परिवर्तन गर्ने कुराहरु थिए । त्यस समयमा सत्ता चलाउनेहरुले सत्ता परिवर्तनका खेलहरु खेलिरहेका थिए । तस्करहरुले सामान ओसार्न पाए । वनका काठदाउरा बेच्न सफल भएका थिए ।

अवसरवादीहरुले धन कुम्ल्याउने ब्रह्मजाल बुन्ने अवसर पाएका थिए । सरकारी संयन्त्र कोरा भएका नेपालीलाई भिœयाइरहेको थियो । भनिन्थ्यो– विदेशिएका नेपालीको उद्धार गर्दै छौँ । कोरोना रोग जाँच्ने प्रयोगशाला काठमाडौं टेकुमा एउटा मात्र थियो । देशभरका सरकारी अस्पतालहरुमा कोरोना रोग जाँच्ने उपकरणहरु थिएनन् । टेकुको प्रयोगशाला वाहेक उपत्यकाभित्रका सरकारी अस्पतालहरुमा पनि उपकरणहरु थिएनन् । देशमा पर्यटन वर्ष भन्दै विदेशीहरु भित्रिइरहेका थिए । चीन छिमेकी देशमा कोरोनाबाट मान्छेहरु मरिरहेका थिए । जब भारतमा कोरोना रोग फैलियो तब नेपाल सरकार आत्तिएर लकडाउन बढाएको हो । नयाँदिल्लीको नीजामुदिन जमाती सभाबाट भाग लिएर आउनेहरुले कोरोना रोग फैलाउँदै गउको सत्य भयो । बाँकेको एकलाइने, पर्शाको छपकैया उदयपुरका भुल्के कोरोना रोग बढाउने क्षेत्र भएका छन् भने कपिलवस्तु पनि रोग बढाउने जिल्ला भएको छ ।

नेपाल बाहिर बस्ने नेपालीको संख्या ८१ लाख छ भने भारतबाट नेपालमा काम गरेर कमाउन आएकाहरु १३ लाखको हाराहारीमा छन् । उनीहरु नेपालमा बसेर नेपाली नागरिकता हात पारेका छन् । गाउँघरमा भारतबाट फर्कनेहरुको संख्यात्मक बृद्धि भएको छ । उनीहरुको जाँच भएन । स्थानीय सरकारले उपकरण नभएर गर्न सकेनन् । गाउँमा बसेर खेतीपाती गर्नेहरुको तरकारी बिकेन । लकडाउनले गर्दा बजार लग्न पाएनन् । बारीमा सढेर गलेर सकिँदै छ । ठूलो मर्कामा गाउँलेहरु परेका छन् । सरकारी व्यवस्थापन भएन भने बजार ल्याएर बेच्न पनि पाएनन् । लागत खर्च उठेन । आर्थिक व्यय भार बढ्यो । अफ्टर डेथ द डाक्टर भनेझैँ बारीमा तरकारी कुहिएपछि बेच्न बजार खुलेको मौका भएन । बजारवासीले कोरोना लागेको भारतबाट आयातीत तरकारी पकाउनु परेको अवस्था छ । तापनि पकाएको तरकारीबाट कोरोना सर्दैन भन्छन्– स्वास्थ्यकर्मीहरु । तर फलफूललाई पकाइँदैन, खान समस्या छैन भन्छन्– विक्रेताहरु । कोरोना भाइरस जसलाई एक–कोभिड–१९ भनिन्छ । त्यो रोग सरुवा रोग भए पनि मान्छेबाट मान्छेमा सर्ने हो । फलफूलबाट सर्दैन भन्छन्– थोक वित्रेताहरु । नेपालमा तरकारी र फलफूलको व्यवस्थापन गर्ने गरेमा आयात गर्नुपर्ने थिएन । यहाँ चिस्यानको व्यवस्था नभएकोले सिजनमा समस्या देखिएको हो ।

गाउँघरमा खेतीपाती गरेर अन्न उब्जाउनेहरुभन्दा खाद्य खरिद गरी खानेहरु ४० प्रतिशत भन्दा माथि छन् । अब विदेशबाट फर्केका नेपाली गाउँमा बढ्न पुगेपछि ७० प्रतिशतले आयातीत अन्न खानेछन् । विदेशी कमाई सेलाएपछि कसरी खाद्य समस्या गाउँमा पूरा हुने हो ? आर्थिक समस्या उग्र रुपमा बढ्ने देखिन्छ । नेपाली गाउँहरु दूरदशामा पुग्नुपर्ने छ । खेतीयोग्य जमिनलाई प्लटिङ गरेर बाँझो बनाउनु नै उतपादन ह्रास गराएको हो । समयमा सरकारी दृष्टि पुगने । अहिलेसम्म पनि पुगेको छैन । किसानहरुका लागि उत्पादन बढाउने सम्बन्धमा कुनै कार्यक्रम गतवर्ष आएनन् । तर कृषि विकासका नाममा सहकारी संस्थाहरुमार्फत् अर्बौं रकम खर्च भएको सुनियो । स्थानीय सरकारसँग सहकारीको विकास कसरी गर्ने ? र सरकारी रकमलाई कसरी हात पार्ने ? ज्ञान र सीप छ तर गाउँमा कुन–कुन किसानहरु खेतीपातीमा निर्भर छन् ? त्यसको लगत छैन । लकडाउनका समयमा हिड्नु भएन । अब कसरी खेतीपाती गर्ने ? ठूलो मर्कामा किसानहरु छन् ? गाउँघरमा भारत, अमेरिका, युरोपियन देशहरुबाट भित्रिएका नागरिकबाट गाउँलेहरु त्रसित छन् । उनीहरुको स्वाव परीक्षण हुनु पर्छ । लकडाउन गरेर मात्र हुन्न । रोगी छन्नुपर्छ । रोगको चिन्ता गाउँमा बढ्दै छ ।

लकडाउनको अर्थ आफ्नो आनीबानीमा सुधार गरी असल नागरिक बन्नु हो । तर नागरिकमा देखिएको र देखिएको भोको पेट नाङ्गो छातिलाई खाद्य र कपडाहरु बाँड्ने काम गर्नुभन्दा रोजगारी दिएर काम गरेर खाने वातावरण बनाउनुपथ्र्यो । त्यसो नगरेर राहतका नामबाट नोटहरु बाँड्दै गरेको पनि देखियो । त्यो पनि राहतवाफत रकम माग्ने र पैसा बाँड्ने प्रचलन भयो । यसले दान गर्ने दानी देखिए, रकम पाउनेहरु ठगहरु भए । परि।म नगरेर सहरबजारमा डुल्नेहरुलाई पैसा बाँडेका दृश्यहरु टिभीमा देखियो । तर गाउँमा बसेका सहाराविहीन मान्छेहरुलाई समझने कोही भएनन् । यस्ता दृश्यहरुले के देखायो भने सहयोग गर्ने दानवीर भए, रकम बाँड्नेहरु चाटुकार । दानी व्यक्ति बनेका थिए । सहयोग माग्ने धेरै रकम थोपर्ने र थोरै राहत दिने । थोरै वितरण गरेको पनि ठगहरु देखिए । कुहिएको चामल र दाल बेच्नेहरु पनि जनप्रतिनिधि भएको पाइयो । गाउँले वासिन्दाहरुलाई हेलाको व्यवहार जनप्रतिनिधिहरुले धेरै ठाउँहरुमा देखाएका थिए । गाउँलेहरुको मत पाएर विजयी भएका जनप्रतिनिधिहरुको धेरै क्षेत्रहरुमा नाङ्गियो । तर उनीहरले लाज मान्दैनन् । लकडाउनले उनीहरुलाई नैतिकता गुमाउने र चरित्र देखाउने अवसर दियो । यस्तो अवसरको स्वाद धेरैले पाए । उपलब्धिभनदा बदनामी धेरै देखियो ।

गाउँघरमा खेतीपाती गर्ने वर्षाकालीन समय आएको छ । नेपालमा खाद्य उत्पादन गर्ने मौसम पनि हो । यो समय किसानहरुका लागि मानो छरेर दूरी फलाउने समय पनि हो । आफ्नै घरको लगानीबाट मल, वीऊ र किटनाशक ओखती किन्नु पर्छ । यी सबै वस्तुहरु बजारमा मात्र पाइनछन् । लकडाउनका कारण सहरबजार जान पाइन्न । प्रहरीहरुले बजारवासीहरुलाई कोरोना सर्छ भन्दै गाउँलेहरुलाई लखेट्छन् । यस्तो वातावरणमा कसरी खेती गर्ने ? गाउँलेहरु मर्कामा छन् । सरकारले मल, वीऊ गाउँगाउँमा पु¥याउन्न, गर्दैन पनि । यदि ग¥यो भने पनि धेरै महँगो हुन्छ । गाउँलेहरुको ढाड सेकिन्छ । अर्थ अभाव हुन्छ ।

लकडाउन मात्र गरेर हुँदैन । काठमाडौं नाका बन्द गर्नु र स्थानीय सरकारले समेत बाहिर जिल्लामा मानिसहरुलाई उपत्यकाभित्र प्रवेश बन्द गर्नु अमानवइय कार्य हो । के उपत्यका खाल्डो मात्र नेपाल हो र ? मेचीदेखि महाकालीसम्मको भूभाग नेपाल हो । जहाँ ७० प्रतिशत गाउँमा बस्ने नागरिक छन् । गाउँबाट उत्पादन भएका खाद्यवस्तुले काठमाडौं उपत्यकाको आपूर्ति व्यवस्था भएको छ । गाउँलेहरुलाई उपत्यका छिर्न नदिने नीति काठमाडौं महानगरपालिकाको सकारात्मक नीति मानिँदैन भने यसमा गृहमन्त्रालय पनि चुपचाप भएको देखिन्छ । नागरिकलाई दुःख पु¥याउनु राज्यको नीति राम्रो हुँदैन । लकडाउनमा जनप्रतिनिधिहरुले धीरता, सम्यमता, शिष्टता, नम्रता र उदारभावना नागरिकप्रति देखाउनु पर्छ । त्यसता विषयवस्तुहरुमा ध्यान नपु¥याएको वातावरण देखियो । लकडाउनले गाउँको उत्पादन बजार आउन पाएन, ल्याउन दिइएन । लगानी लगाएर उत्पादन गरेको वसतुहरु सडेर, गलेर, धुनपुतला लागेर लाखौँको आर्थिक क्षति गाउँलेहरुले व्यहोर्नुप¥यो । सरकारले लकडाउन भन्दै प्रहरहिरुलाई खटाउने उस्काउने र छेकथुन गर्न लगाउने काम मात्र भयो । तर गाउँको उत्पादन बजार ल्याउने वातावरण बनाइएन । खरिद गरेर विक्री वितरणको व्यवस्था मिलाइएन । गाउँले किसानको आर्थिक अवस्था कमजोर बनाइयो । लकडाउन गरेर न रोगलाई नियन्त्रण गर्न सकियो न नागरिकको आर्थिक अवस्थामा सुधार भयो । मानिसलाई भय र त्रासको वातावरण बन्यो । रोग बढ्दै गयो । खेतीपातीमा निर्भर भएका गाउँलेहरु आर्थिक, सामाजिक, शारीरिक र मानसिक पीडाहरु भोग्न वाध्य भए । खेती गर्नेहरु मर्काका भए । लकडाउन खोलेर खेती गर्नै काम गराउनु पर्छ । किसानहरुलाई खेतीपातीमा मर्का पार्नु भएन । पकाइँदैन, खान समस्या छैन भन्छन्– विक्रेताहरु । कोरोना भाइरस जसलाई एक–कोभिड–१९ भनिन्छ । त्यो रोग सरुवा रोग भए पनि मान्छेबाट मान्छेमा सर्ने हो । फलफूलबाट सर्दैन भन्छन्– थोक वित्रेताहरु । नेपालमा तरकारी र फलफूलको व्यवस्थापन गर्ने गरेमा आयात गर्नुपर्ने थिएन । यहाँ चिस्यानको व्यवस्था नभएकोले सिजनमा समस्या देखिएको हो ।

गाउँघरमा खेतीपाती गरेर अन्न उब्जाउनेहरुभन्दा खाद्य खरिद गरी खानेहरु ४० प्रतिशत भन्दा माथि छन् । अब विदेशबाट फर्केका नेपाली गाउँमा बढ्न पुगेपछि ७० प्रतिशतले आयातीत अन्न खानेछन् । विदेशी कमाई सेलाएपछि कसरी खाद्य समस्या गाउँमा पूरा हुने हो ? आर्थिक समस्या उग्र रुपमा बढ्ने देखिन्छ । नेपाली गाउँहरु दूरदशामा पुग्नुपर्ने छ । खेतीयोग्य जमिनलाई प्लटिङ गरेर बाँझो बनाउनु नै उतपादन ह्रास गराएको हो । समयमा सरकारी दृष्टि पुगने । अहिलेसम्म पनि पुगेको छैन । किसानहरुका लागि उत्पादन बढाउने सम्बन्धमा कुनै कार्यक्रम गतवर्ष आएनन् । तर कृषि विकासका नाममा सहकारी संस्थाहरुमार्फत् अर्बौं रकम खर्च भएको सुनियो । स्थानीय सरकारसँग सहकारीको विकास कसरी गर्ने ? र सरकारी रकमलाई कसरी हात पार्ने ? ज्ञान र सीप छ तर गाउँमा कुन–कुन किसानहरु खेतीपातीमा निर्भर छन् ? त्यसको लगत छैन । लकडाउनका समयमा हिड्नु भएन । अब कसरी खेतीपाती गर्ने ? ठूलो मर्कामा किसानहरु छन् ? गाउँघरमा भारत, अमेरिका, युरोपियन देशहरुबाट भित्रिएका नागरिकबाट गाउँलेहरु त्रसित छन् । उनीहरुको स्वाव परीक्षण हुनु पर्छ । लकडाउन गरेर मात्र हुन्न । रोगी छन्नुपर्छ । रोगको चिन्ता गाउँमा बढ्दै छ ।

लकडाउनको अर्थ आफ्नो आनीबानीमा सुधार गरी असल नागरिक बन्नु हो । तर नागरिकमा देखिएको र देखिएको भोको पेट नाङ्गो छातिलाई खाद्य र कपडाहरु बाँड्ने काम गर्नुभन्दा रोजगारी दिएर काम गरेर खाने वातावरण बनाउनुपथ्र्यो । त्यसो नगरेर राहतका नामबाट नोटहरु बाँड्दै गरेको पनि देखियो । त्यो पनि राहतवाफत रकम माग्ने र पैसा बाँड्ने प्रचलन भयो । यसले दान गर्ने दानी देखिए, रकम पाउनेहरु ठगहरु भए । परि।म नगरेर सहरबजारमा डुल्नेहरुलाई पैसा बाँडेका दृश्यहरु टिभीमा देखियो । तर गाउँमा बसेका सहाराविहीन मान्छेहरुलाई समझने कोही भएनन् । यस्ता दृश्यहरुले के देखायो भने सहयोग गर्ने दानवीर भए, रकम बाँड्नेहरु चाटुकार । दानी व्यक्ति बनेका थिए । सहयोग माग्ने धेरै रकम थोपर्ने र थोरै राहत दिने । थोरै वितरण गरेको पनि ठगहरु देखिए । कुहिएको चामल र दाल बेच्नेहरु पनि जनप्रतिनिधि भएको पाइयो । गाउँले वासिन्दाहरुलाई हेलाको व्यवहार जनप्रतिनिधिहरुले धेरै ठाउँहरुमा देखाएका थिए । गाउँलेहरुको मत पाएर विजयी भएका जनप्रतिनिधिहरुको धेरै क्षेत्रहरुमा नाङ्गियो । तर उनीहरले लाज मान्दैनन् । लकडाउनले उनीहरुलाई नैतिकता गुमाउने र चरित्र देखाउने अवसर दियो । यस्तो अवसरको स्वाद धेरैले पाए । उपलब्धिभनदा बदनामी धेरै देखियो ।

गाउँघरमा खेतीपाती गर्ने वर्षाकालीन समय आएको छ । नेपालमा खाद्य उत्पादन गर्ने मौसम पनि हो । यो समय किसानहरुका लागि मानो छरेर दूरी फलाउने समय पनि हो । आफ्नै घरको लगानीबाट मल, वीऊ र किटनाशक ओखती किन्नु पर्छ । यी सबै वस्तुहरु बजारमा मात्र पाइनछन् । लकडाउनका कारण सहरबजार जान पाइन्न । प्रहरीहरुले बजारवासीहरुलाई कोरोना सर्छ भन्दै गाउँलेहरुलाई लखेट्छन् । यस्तो वातावरणमा कसरी खेती गर्ने ? गाउँलेहरु मर्कामा छन् । सरकारले मल, वीऊ गाउँगाउँमा पु¥याउन्न, गर्दैन पनि । यदि ग¥यो भने पनि धेरै महँगो हुन्छ । गाउँलेहरुको ढाड सेकिन्छ । अर्थ अभाव हुन्छ ।

लकडाउन मात्र गरेर हुँदैन । काठमाडौं नाका बन्द गर्नु र स्थानीय सरकारले समेत बाहिर जिल्लामा मानिसहरुलाई उपत्यकाभित्र प्रवेश बन्द गर्नु अमानवइय कार्य हो । के उपत्यका खाल्डो मात्र नेपाल हो र ? मेचीदेखि महाकालीसम्मको भूभाग नेपाल हो । जहाँ ७० प्रतिशत गाउँमा बस्ने नागरिक छन् । गाउँबाट उत्पादन भएका खाद्यवस्तुले काठमाडौं उपत्यकाको आपूर्ति व्यवस्था भएको छ । गाउँलेहरुलाई उपत्यका छिर्न नदिने नीति काठमाडौं महानगरपालिकाको सकारात्मक नीति मानिँदैन भने यसमा गृहमन्त्रालय पनि चुपचाप भएको देखिन्छ । नागरिकलाई दुःख पु¥याउनु राज्यको नीति राम्रो हुँदैन । लकडाउनमा जनप्रतिनिधिहरुले धीरता, सम्यमता, शिष्टता, नम्रता र उदारभावना नागरिकप्रति देखाउनु पर्छ । त्यसता विषयवस्तुहरुमा ध्यान नपु¥याएको वातावरण देखियो । लकडाउनले गाउँको उत्पादन बजार आउन पाएन, ल्याउन दिइएन । लगानी लगाएर उत्पादन गरेको वसतुहरु सडेर, गलेर, धुनपुतला लागेर लाखौँको आर्थिक क्षति गाउँलेहरुले व्यहोर्नुप¥यो । सरकारले लकडाउन भन्दै प्रहरहिरुलाई खटाउने उस्काउने र छेकथुन गर्न लगाउने काम मात्र भयो । तर गाउँको उत्पादन बजार ल्याउने वातावरण बनाइएन । खरिद गरेर विक्री वितरणको व्यवस्था मिलाइएन । गाउँले किसानको आर्थिक अवस्था कमजोर बनाइयो । लकडाउन गरेर न रोगलाई नियन्त्रण गर्न सकियो न नागरिकको आर्थिक अवस्थामा सुधार भयो । मानिसलाई भय र त्रासको वातावरण बन्यो । रोग बढ्दै गयो । खेतीपातीमा निर्भर भएका गाउँलेहरु आर्थिक, सामाजिक, शारीरिक र मानसिक पीडाहरु भोग्न वाध्य भए । खेती गर्नेहरु मर्काका भए । लकडाउन खोलेर खेती गर्नै काम गराउनु पर्छ । किसानहरुलाई खेतीपातीमा मर्का पार्नु भएन ।