Goraksha

National Daily

रफिकोलको एक दिने आँखा शिविर

तुलसीपुर, ७ फागुन । राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बबई –७ चरकमटियामा १ दिने आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा बबई गाउँपालिका वडा नं. ७ को समन्वयमा संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत एक दिने निःशुल्क आँखा शिविर चरकमटियामा सम्पन्न भएको राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका सदस्य ध्रुव गौतमले जानकारी दिएका छन् ।

राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीको अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसीको प्रमुख आतिथ्य एव नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा २ सय ३२ जनाको आँखा जाँच गरिएको थियो । जसमा २९ जना मोतियाविन्दुका विरामीहरु फेला परेको र शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई राप्ती आँखा अस्पतालमा रिफर गरिएको थियो ।

रफिकोलका उपाध्यक्ष विक्रमबहादुर सोमैको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख आतिथि गाउँपालिका अध्यक्ष कुलबहादुर केसी, विशिष्ट अतिथि नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरी, वडा नं. ७ का वडाध्यक्ष तिलकराम भण्डारीले शुभकामना व्यक्तगर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सचिव प्रल्लाहद शाहले गरेका थिए ।