Goraksha

National Daily

प्रजातन्त्र दिवसमा ज्ञानमालामा हाजिरी जवाफ प्रतियोगिता

दाङ, ७ फागुन । घोराही–१६, सर्रास्थित ज्ञानमाला एकेडेमीमा बिहिबार प्रजातन्त्र दिवसको अवसरमा हाउस–वाइज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

सिर्जनशील बाल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता थियो । विद्यार्थीहरूलाई प्रजातन्त्र दिवसको महत्वबारे जानकारी गराउनुका साथै उनीहरूको सामान्य ज्ञान र तार्किक सोच प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको बिद्यालयले जनाएको छ ।

प्रतियोगितामा धौलागिरी हाउसका दीपेश नेपाली, सबिना भण्डारी, सनिश केसी र बिमल पुन मगर प्रथम भए । त्यसैगरी सगरमाथा हाउसका कृश बुढा मगर, श्रेया पुन, अस्मिता चौधरी, आरजु चौधरी र उन्नति केसी द्वितीय भए । विजेता तथा उपविजेता टोलीका सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

यस्ता शैक्षिक तथा सिर्जनशील गतिविधिहरूले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न र राष्ट्रप्रति सचेत नागरिक बन्न प्रेरणा दिने बिद्यालयका प्रन्सिपिल महेश बस्नेतले बताए ।