तुलसीपुर, ४ फागुन । तुलसीपुर यातायात प्रालिले नयाँ सुविधा सम्पन्न शुभकामना एसी बस थपगरि सेवा विस्तार गरेको छ । दाङ–काठमाण्डौ रात्री सेवाका लागि सुविधा सम्पन्न चार बटा शुभकामना एसि बस थप गरेको प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिएका छन् ।
यस अघि विभिन्नस्तरीय एसी र डिलक्ससहितका दिवा र रात्रीकालिन बस सेवा दिई रहेको यातायात प्रालीले यात्रुहरुको माग र सुबिधालाई मध्यनजर गदै ४ वटा शुभकामना सुविधा सम्पन्न एसी बसहरु थपगरि काठमाण्डौ रुटमा मंगलवार देखि सञ्चालन गरेको प्रशासनिक सचिव निमकुमार श्रेष्ठले जानकारी दिए ।
सिल्पर सिटसहित ४९ सोफा सिटे शुभकामना एसी बस नयाँ थप गरेको प्रालिले यस अघि कुइन एसी बस, गोल्डेन एसीवस मयूर एसी, तुलसीपुर एसी, कल्की एसीबसहरु दाङ–काठमाण्डौ रुटमा सञ्चालन गर्दै आएको छ । तुलसीपुर यातायात प्रालिले सञ्चालनमा ल्याएका शुभमनामा एसी बसको उद्घाटन गदै प्रालिका उपाध्यक्ष धनसिंह केसीले पछिल्लो समयमा युवाहरु पलाइन भई रहेको समयमा स्वदेशमै केहि गर्नुपर्छ भनेर बसमा लगानी लगायको भन्दै सवैले स्वदेशमै स्वरोजगार सृजना गर्न युवालाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।
उनले यात्रुमैत्री वातावरण निर्माण गरि यात्रुहरुलाई सुरक्षित,आरामदायी यात्रा गराउन सवै व्यवसायीलाई आग्रह गरे । त्यस्तै उपाध्यक्ष खत्रीले समिति र आफ्नो छवी उच्च हुने गरि समितिमा आवद्ध व्यवसायीलाई सेवा दिन पनि निर्देशन दिएका थिए । त्यस्तै केसीले उद्घाटनमा बोल्दै प्रालिद्धारा सञ्चालित गाडिहरुले कुनै पनि यात्रुले सानोतिनो छोटो सामानहरु पठाउदा पैसा नलिने निर्णय गरेको भन्दै सो नलिन र सहयोग गर्न आग्रह गरे ।

प्रालिका उपाध्यक्ष सोम प्रसाद पौडेलले शुभकामना एसी बसहरु आरामदायी सोफा सिट सहित सुविधा सम्पन्न भएको बताए । पौडेलले बसले होइन यात्रुहरुले बस खोज्ने गरि यात्रुमैत्रि सेवा प्रवाह गर्न आग्रह गरे । उनले थप सेवाका लागि समय अनुसार थप यातायातका सधान थपगरी सेवा विस्तार गदै जाने बताए । समय अनुसार यात्रुहरुको चाहना र आरामदायी यात्राका लागि दिन प्रतिदिन सुविधा सम्पन्न सेवाहरु थप गदै लगेको उनको भनाई थियो । हाल नयाँ सञ्चालन भएका एसी बसको भाडा दाङ–काठमाण्डौको लागि १८ सय ५० तोकिएको छ ।
करिव १ करोडको लागतमा आफुहरुले शुभकामना एसी बस भित्याएको यातायात व्यवसायी रमेश आचार्यले बताए । उद्घाटन कार्यक्रमममा प्रशासनिक सचिव निमकुमार श्रेष्ठ, कोषाध्यक्ष छविलाल डाँगी, सदस्य मानबहादुर चौधरी, कार्यालय प्रमुख विमल गुप्ता, काउन्टर प्रशासनिक इन्चार्ज राजन योगी लगायतले शुभकमना व्यक्तगरेका थिए । सुभारम्भ २०५६ सालमा स्थापित रुमान्तरीत तुलसीपुर यातायात प्रा।लिले काठमाडौं, लगायत पूर्व मेचिदेखि पश्चिम महाकालि हुदै देशका ठुला शहर र छिमेकी राष्ट, जिल्ला तथा विभिन्न पालिकाका, गाउँपालिकामाभित्र सवै स्थानमा सेवा प्रदान गदै आएको प्रालीले जनाएको छ ।