दाङ,४ फागुन । नेपाली कांग्रेसबाट दाङ क्षेत्र नं. २ का उम्मेदवार किरणकिशोर मिघिरले घरदैलो तथा भेटघाटलाई तीव्रता दिएका छन् । ‘नयाँ सोच, नयाँ अठोट यसपालि रुखमा भोट, बदल्यौं कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित उम्मेदवार घिमिरेले सोमबार घोराही–४ र १७ का विभिन्न टोलमा घरदैलो तथा भेटघाट गरेका हुन ।
घरदैलोका क्रममा उम्मेदवार घिमिरेले स्थानीयका समस्या सुन्दै राष्ट्रिय राजनीतिक अवस्था, लोकतन्त्रको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन र सुशासनका बारेमा आफुले उठाउने एजेण्डाका बारेमा मतदातालाई जानकारी गराएका थिए । जेनजी आन्दोलनपछि विशेष परिस्थीतिका कारण देशमा निर्वाचन हुन थालेको भन्दै यो निर्वाचनलाई सदुपयोग गर्न सके मात्र राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि, बढ्दो युवापलायन र रोजगारी संकटजस्ता चुनौतीबाट देशलाई अघि बढाउन सकिने बताए । त्यहीका लागि आफ्नो उम्मेवार रहेको भन्दै मतदातालाई निर्वाचनमा बिजयी गराएर सहयोग गर्न आग्रह गरेका थिए ।
मतदाता भेटघाटका क्रममा उम्मेदवार घिमिरेले सस्तो लोकप्रियताभन्दा पनि आफु यर्थातमा विश्वास गर्ने भएका देशलाई राजनीतिक र आर्थिक संकटबाट समृद्धिको दिशामा अघि बढाउनदेखि दाङको विकासका लागि कांग्रेसलाई जिताउन आग्रह गरेका थिए । आफु संक्रिय राजनीतिमा नहुँदा कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा सक्ने विकास गरेको भन्दै ठाउँमा पुगे थप विकास गर्ने बताएका थिए । उनले विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीलाई रूपान्तरण र सुदृढीकरण गर्ने अभियान अघि बढेको समेत बताए ।
उनले भने,‘अहिले कांग्रेस पुरानै शैलीमा होइन, नयाँ सोच र स्पष्ट नीति–दृष्टिका साथ अघि बढ्ेको छ । पार्टीभित्र सुधार र देशमा समृद्धिका लागि प्राथमिकता दिएको छ, त्यसमा अव जनताको साथ र सहयोग आवश्यक छ ।’ संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, आर्थिक पुनरुत्थान, कृषि र पर्यटन प्रवद्र्धन, साना तथा मझौला उद्यमको संरक्षण तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने योजना प्राथमिकतालाई कांग्रेसले प्राथमिकतामा राख्ने भन्दै उनले दाङ क्षेत्र नं. २ लाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा नमुना क्षेत्रका रुपमा विकास गर्ने गरि लागेको बताए ।
घरदैलोका क्रममा स्थानीयले खानेपानी, सडक स्तरोन्नति, कृषिमा मल–बीउको सहज उपलब्धता, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा युवाका लागि रोजगारी सिर्जनाजस्ता विषय मतदाताले उठाएका थिए । उम्मेदवार घिमिरेले निर्वाचित भए नियमित रूपमा जनतामाझ पुगेर गुनासा सुन्ने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य लिला नेपाली, महासमिति सदस्य भूपबहादुर डाँगी, क्षेत्र नम्बर–२ (क) का सभापति प्रकाश श्रेष्ठ, नेपाली कांग्रेस वडा नं. ४ का सभापति नारायण घर्ती, वडा नम्बर–१७ का सभापति बुझौना चौधरीलगायतका नेता तथा कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता रहेको थियो