सामाजिक सञ्जालको राजनैतिक लोकप्रियता
सुभाष न्यौपाने
राजनैतिक लोकप्रियता बढ्यो सामाजिक सञ्जालमा ।
जसको मताधिकार छैन तीनै छन् प्रचारमा ।।
आफू के हुँ थाहा छैन, अर्काको खोइटो खन्दछन् ।
राष्ट्र राष्ट्रियता सोध्दा झर्केर ती बोल्दछन् ।।
हिन्दु राष्ट्र हो हाम्रो त्यो उनलाई मन नपर्ने ।
जनताले भोट फेरि तीनैलाई दिनु पर्ने ।।
राजनैतिक चेतना नभएकाहरु सामाजिक सञ्जालको राजनीतिका अगाडि बढिरहेका छन् । जसको न उद्देश्य छ न त लक्ष्य नै । लक्ष्य र उद्देश्य बिनाको पनि कुनै गन्तव्य हुन्छ ? त्यसमा पनि राजनीति । जनतालाई भुलभुलैयामा पार्दै केही राजनैतिक दलहरु अगाडि बढ्न खोज्दै छन् । राजनीतिलाई स्पष्ट लक्ष्य सहित गन्तव्यमा पुग्न त स्पष्ट राजनैतिक खाका जनता अगाडि आउनु पर्छ ।
प्रचारप्रसार क्रममा जनताले पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरुलाई तपाईको पार्टीको उद्देश्य के हो भनेर सोध्दा त्यो त हामी चुनाव पछि भन्छौँ भन्ने जवाफ दिन्छौँ भनेर जवाफ दिन्छन् । निर्वाचन पछि यदि उनीहरुको बहुमत आएर एकजना सरकार गठन हुने अवस्था आयो भने कांग्रेस कम्युनिष्टका नेताहरुलाई तथुन्लान तर ती नेताहरुलाई थुनेर दिएको भन्दा बढी कष्ट उनीहरुले देश र जनतालाई दिनेछन् । उनीहरुमा किनभने राष्ट्रवादीता छैन ।
मनमा राष्ट्रियता नहुनेहरुले कहिल्यै राष्ट्रको रक्षा गर्छन् र गर्न सक्छन् ? युुवाहरु माझ अहिले भावनात्मक रुपमा राजनैतिक छर्ने जुन कोशिस भइरहेको छ त्यो अत्यन्त घातक र दर्दनाक सावित हुने निश्चित छ । मुलुकको परिवर्तनको लागि कांग्रेस र कम्युनिष्टका नेताहरुले गरेको परिवर्तनको उपज हो जेन–जी आन्दोल जसलाई उनीहरु मिचो बनेर घुमाउन खोज्दै छन् । जो लक्ष्य र गन्तव्यहिन छन् ।
भदौ २३, २४ को आन्दोलनको आधारमा मन्त्री बनेकाहरु आन्दोलनको मर्म विपरित मन्त्री पदबाट राजिनामा दिएर फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा सहभागी हुन पुगेका छन् । आन्दोलनको माग भनेको भ्रष्टाचार रहित सुशासन सहितको सरकार र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री । यी सबै कुरालाई लत्याएर बाखरा एड्मस समूह र मदर टेरेसाका छोराहरु नेपाललाई अस्तित्वबाट मेटाउने खेल खेलिरहेका छन् । हिजो पनि रविले स्वर्णिय मार्फत् भारतलाई खबर पठाएकै थिए ।
भारतले जे भन्छ हामी त्यही अनुसारको निर्णय गरौँला नेपालमा हाम्रो अनुकुलको सरकार गठन गरिदिनु प¥यो । राष्ट्रियता बेच्नलाई यति भइसकेपछि अरु के गर्नुप¥यो । रास्वपाका नेता तथा उम्मेदवारहरु करिब–करिब सबैजना सुप्रिम सहकारी संस्था र गोरखा मिडिया सेन्टर प्रालि मै आवद्ध हुनुको कारण के ? यसरी भएको सञ्जालयुक्त सञ्चालन मुलुकको लागि घातक परिघटना भन्ने बुझाउँछ ।
हामीले बुझ्नु पर्ने कुरा ढुकुटी लुटेर खानेभन्दा त राष्ट्र लुटेर आने लुटेराहरु घातक हुन् । मुलुकमा इयोस्नल ब्ल्याकमेलको राजनीति फक्रिरहेको छ, जसको कारण नेपाली जनताको मन राष्ट्रघातिहरुप्रति सहानुभूतिपूर्वक ढल्किरहेको छ, त्यो नै राष्ट्रको लागि घातक र विडम्बना युक्त बन्दैछ । यस्ता कुराहरु न कसैले जनमासलाई न त बुझाउन सक्छ, न त बुझ्छन् नै ।
त्यसैले मुलुकको वर्तमान परिस्थिति अत्यन्त जटिल बन्दै गइरहेको छ, मुलुकमा तोकिएको समयमा निर्वाचन हुने हो वा हैन त्यो पनि निश्चित छैन भन्छन् कोही जानकारहरु भने मुलुकको लक्ष्य के हो त्यो पनि थाहा छैन । संसारका हरेक राष्ट्रहरुमा भएको समस्यालाई परिवर्तनमार्फत् समाधान गरिएको र गर्न खोजिएको देखिन्छ भने नेपालमा अहिलेको आन्दोलनमार्फत् भएको परिवर्तनले मुलुकलाई कुनै लक्ष्य र गन्तव्यमा पु¥याउन सक्ने सम्भावनाको कुनै संकेत देखिँदैन किनभने आन्दोलनबाट गठित सरकार र जेन–जी आन्दोलनको प्रतिनिधित्व गर्दै उनीहरुकै मर्मलाई सम्बोधन सरकारमा सहभागी भएका हौँ, हामी मुलुकको समस्या समाधान गर्न मुलुकलाई निकाश दिन तत्पर छौँ भन्नेहरु सबै रास्वपाको सदस्य बन्दै किन निर्वाचनमा उम्मेदवार बन्न पुगे ? यसबाट स्पष्ट हुन्छकि ‘दालमे कुछ काला है’ ।
भाग्यमानीदेखि चेत अभागी परिचेत भने जस्तै बाखरा मडमसलाई नेपाली नागरिकता प्रदान गर्ने पार्टी माओवादी बाहेकका पुराना राजनैतिक दल कांग्रेस कम्युनिष्टहरु आफूलाई जसरी भए पनि बदल्न तयार भएर अघि बढिसकेका छन् । नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशन मार्फत् पार्टी सभापति गगन थापाको नेतृत्वमा बदलियौँ कांग्रेस बदल्छौँ देश भन्ने नाराका साथ अगाडि बढिसकेको छ । त्यसैले सुधारको लागि आफू सुध्रिनु पर्छ, अरुलाई गाली गरेर हुँदैन ।
फागनु २१ गते सम्पन्न हुने निर्वाचनमा पुराना राजनैतिक दलहरुले अप्राकृतिक गठबन्धन नगर्ने घोषणा समेत गरेका छन्, त्यो स्वाभिक पनि हो । वर्तमान परिस्थितिमा यो मुलुकमा देखिएको राजनैतिक क्षकरणको प्रारम्भ पनि आफूलाई बाँम र लोकतान्त्रिक शक्तिहरुबाट भएको देखिन्छ भने वर्तमान राजनैतिक परिवेश मासिआइए र भन्ने संस्थाको अत्यन्तै बलियो चलखेल भएको जस्तो पनि बुझिन्छ । यसै सन्दर्भमा उत्तरी छिमेकीले पनि कान ठाडा बनाएर सुनिरहेको छ ।
रास्वपाका नेता स्वर्णिम वाग्ले जनताले तपाईहरुको लक्ष्य केछ भनेर सोध्दा अहिले नै हाम्रो पार्टीको लक्ष्य बतायौँ भने अरु पार्टीले पनि नक्कल गर्न सक्छन् त्यसैले हाम्रो पार्टीको लक्ष्य, उद्देश्य त हामी फागनु एक्काइसको निर्वाचन सम्पन्न भइसकेपछि बताउँछौँ, यस्तो पनि जवाफ हुन्छ ? यो नीति भनेको सबै जनतालाई ढाट्ने र ठग्ने नियत हो, जनतालाई झुक्याउने प्रवृति हो । यस्तो राजनैतिक अप संस्कृति लिएर जनताको नेता बन्ने जनतालाई झुक्याउन आइरहेका छन् । उ
बुर्जुकहरु जसले निर्वाचन र नेतृत्वको नाममा देश र जनतालाई जकाउने भइखालो खन्दै छन् । ती लोलो पोतोमा ललिपप देखाउँदै छन्, नेपाली जनता तीनकै विश्वास गरेर पछि लाग्न खोज्दै छन् । आन्दोलन र क्रान्तिबाट मुलुकको नेतृत्वमा पुगेकाहरुले हाम्रो निम्ति भने जस्तो गर्न सकेनन् भन्ने हामी गुनासो गर्छौँ जुन आन्दोलनमा हाम्रो प्रत्इक्ष सहभागिता थियो । अहिलेका भुइँफटाहरु कसले पठाए कहाँबाट आए जसको कुनै धरातल छैन ।
कुनै चेतना र क्रान्तिको इतिहास छैन त्यस्ताका पछि लाग्यौँ भने हामी समृद्धितर्फ उन्मुख होला त ? नेपाली जनताले जसलाई विश्वास गरेर परिवर्तन कमी आन्दोलनमा साथ दिएका थिए । उनीहरुलाई नै हो घचघच्याउने र धम्काउने । नेपाली कांग्रेस आफू बदलिएर मुलुक बदल्नको लागि र फागुन २१ को अभियान सफल पार्न २१ सुत्रिय कार्यक्रम लिएर अघि बढिसकेको छ ।
त्यसैेले हरेक नागरिकले गर्ने मतदानको निर्णय विवेकपूर्ण होस् जसले मुलुकलाई सुशासन र पारदर्शीताका साथ अगाडि बढाउन सकोस् प्रयत्न गरोस् । नकि आफ्नै आवेगको निर्णयले पछुताउन नपरोस् । नेपालको लोकतान्त्रिक अभ्यास आज इतिहासकै संवेदनशील मोडमा पुगेको छ, यस्तो अवस्थामा हामी आवेगमा मात्र हैन विवेकशील पनि बन्नु जरुरी छ ।
मतदानको समय फागुन २१ आइपुग्न अब विस दिन मात्र बाँकी छ । अस्ति २८ गतेको कार्यकर्ता भेटघाट कार्यक्तमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले दाङ कांग्रेसका नेताहरुलाई एउटा मात्र प्रश्न गरेका छन् । निर्वाचन परिणाम पछि पछुताउने गरी ०६४ को जस्तो निर्वाचन प्रसारप्रचार गर्ने कि, पार्टी पंक्तिमा खुसियाली छाउँदै संविधान लेखनको हैसियत राख्ने गरी ०७० को जस्तो निर्वाचन प्रचार अभियानमा जुट्ने ? यो आफूले जानकार र नेतृत्वकर्ताहरुले गर्ने निर्णय हो । त्यसैले कांग्रेस मत माग्न हिचकिचाउनु हुँदैन, प्रचारप्रसारमा दोकला नीति ल्याउनु हुँदैन । यदि नेपाली कांग्रेसका कार्यकर्ताहरु जनतासँग मत माग्न हिचहिचाउँछन् भने उनीहरुले नेपाली कांग्रेस फेरिएको आभाष दिन सक्दैनन् ।
मुलुक सुधारको लागि विश्वास दिलाउन सक्दैनन् । अहिलेको विषय परिस्थितिको सामना गर्दै नेपाली कांग्रेसले नै आफू सुध्रिएर मुलुक सुधार्ने संकल्प गर्न सक्छ भन्ने विश्वास दिलाउनु कांग्रेसजनको लागि पहिलो आवश्यकता हो । मुलुकको धर्म, संस्कृति र राष्ट्रियताको जगेर्ना पनि यो मुलुकमा नेपाली कांग्रेसले मात्र गर्न सक्छ भन्ने विश्वासीय लाउँदै सामाजिक सञ्जालको कथित लोकप्रियतालाई चिर्दै सबै एक मतका साथ अगाडि बढेमा त्यो सञ्जालको लोकप्रियता त पानीको फोका जस्तै हो । कसरी आउँछ, कसरी हराउँछ सबैलाई थाहा छ ।
