युवराज शर्मा
चिनियाँ कुटनीतिको संश्लेषण विषयवस्तुमा आधारित यो पुस्तकका लेखक चेतनाथ आचार्य हुनुहुन्छ । उहाँ वि.सं. २०२८ सालमा इलामको नयाँ बजार हाल माइजोगमाई गाउँपालिकामा जन्मनु भएको थियो । उहाँले २८ वर्षदेखि पत्रकारिता गर्दै आउनु भएको सक्रिय पत्रकार हुनुहुन्छ । अहिले उहाँ चीनको राजधानी बेजिङस्थित चिनियाँ मिडिया गु्रप (सिएमजी) नेपाली सेवामा बाह्र वर्षदेखि कार्यरत हुनुहुन्छ ।
अहिले उहाँ विदेशी विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले चीनको संस्कृति, चालचलन, भूगोल, पर्यटन, राजनीति, अर्थशास्त्र, समाजवादीका बारेमा चलाउनु हुन्छ । उहाँको नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषाहरुको ज्ञान गर्नुका साथै स्पष्ट शब्दशैलीमा बोल्ने, लेख्ने, पढ्ने गर्नुहुन्छ । विश्व शान्ति, विकास, सद्भाव, भाइचारा, प्रगति र उन्नतीका लागि चीनको नयाँ दृष्टिकोण नेपाली भाषामा अनुवाद सहित कृति सिर्जना गर्नु भएको हो ।
विश्व राजनीति र अर्थतन्त्रमा ग्लोबल साउथ निक्कै लोकप्रिय छ । सन् १९५५ मा भएको इण्डोनेसियाँको बान्डुम सम्मेलनबाट ग्लोबल साउथले औपचारिक मान्यता पाएको थियो । उत्तर अमेरिका, युरोप, अस्टे«लिया, दक्षिण कोरिया र जापान बाहेक सबै ग्लोबल साउथमा पर्छन् । खास गरी विकसित मुलुकहरु ग्लोबल नर्थमा पर्छन् । ग्लोबल साउथमा पश्चिमी लगाानीहरु सम्बन्धित देशको प्राकृतिक स्रोतमा केन्द्रित छन् ।
नेपाल कृषि प्रधान देश हो । यहाँ कृषिजन्य कच्चा पदार्थ उत्पादक मात्र हुन्छ तर बजारीकरणको समस्यामा किसान छन् । किसानले पैसा तिर्दा पनि रासायनिक मल पाउन समस्या छ । यहाँ सरकार कृषिमा गम्भीर छैन । उत्तरी छिमेकी देश चीनको अनुकरण गर्ने नीति नेपाल सरकारको छैन भने दक्षिणको छिमेकी देश भारतको देखासिखी गर्ने चलन कृषिमा पाइन्न । आफ्नै देशको परम्परागत प्राङ्गारिक मल उत्पादन गर्न पशुपालन व्यवसाय पनि हट्दै गएको छ । कृषिमा निर्भर किसान निराश छन् ।
सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी. चीनफिङले बेल्ट एण्ड रोड इनिसिएटिम अर्थात् वीआरआई अगाडि ल्याए । यसले देश र क्षेत्रका सडक, बन्दरगाह र रेलमार्ग जोड्ने काम गर्छ । विकासशील देशहरुमा अभावको आपूर्ति गर्छ । यसमा एकसय पचास देशहरुभन्दा तुलनामा ग्लोबल साउथमा चिनियाँको लगानी धेरै छ । चीन अहिले विकासोन्मुख मुलुक हो । बहुपक्षीय, साझा विकासका लागि शान्ति बनेको छ ।
सन् २०१५ सेप्टेम्बर १ तारिख सोमवार ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जीजीआई) गठन गरेर प्रशासनिक सुधार ल्याएका थिए । विश्वव्यापी सभ्यता पहल (जीसीआई) विश्वव्यापी शासन प्रणाली र संस्थाहरुको मार्ग केन्द्रित गर्दछ । विश्वव्यापी विकास पहलनै मानव समाजको खोज गर्छ । चीनले अर्थतन्त्र सुधारका लागि कृषि कार्यलाई प्राथमिकता दिएको छ । सामाजिक विकासका कार्यहरुलाई मुख्य आधार मानेको छ । जसले औद्योगिक विकासमा सहयोग गर्छ ।
चिनियाँहरुको विकासक्रम अगाडि बढिरहेको अवस्थाले विश्वजगत चकित छ । उनीहरुको झुकाव, देशप्रेम, राष्ट्रियता, सद्भाव र सहयोगी भावना बिर्सन सकिन्न । त्यसैले होला, उनीहरुले चौबाटोमा दिगो यातायात विकासमा केन्द्रित हुन्छन् । विकासका लागि ज्ञान, सिप, प्रविधि र उपकरण आवश्यक पर्छ । यसका लागि उनीहरुको दृष्टिकोण स्पष्ट छ । समय–समयमा तालिम पनि पाएका हुन्छन् । आजभोलि विभिन्न मुलुकहरु आपसमा टकराउँछन् ।
उनीहरुको उद्देश्य फरक छ तर शान्ति चाहने देश कसैसँग टकराउँदैन । संयुक्त राष्ट्र संघलाई गुहार्दैन तर जलवायु परिवर्तन, प्राकृति प्रकोप र सुरक्षा खतराबाट बच्न गरिने प्रयास हरेक राष्ट्र प्रमुखको कर्तव्य पनि हो । आतंकवाद विरुद्धको लडाईमा संयोजकका रुपमा संयुक्त राष्ट्रसंघको भूमिकालाई शुद्ध पार्नुपर्छ । राष्ट्रपति सी.चीनफिङले अगाडिसारेको दृष्टिकोणमा सद्भावमा लागि चिनियाँ प्रयास खोजको विषय भएको बताएका छन् ।
यसले शासकका लागि शासन नभएर राज्यको संरचनामा परिमार्जन र सुधार हुनुपर्छ भनेका छन् । आफ्नो देशको विकास, सुरक्षा र सभ्यताका लागि चिनियाँ दृष्टिकोण अध्ययन गर्नु पर्ने पुस्तक हो । जसबाट आफ्नो देशको सुधारात्मक दृष्टिकोण स्पष्ट मार्ग दर्शन बनोस् । नेपालको शासन व्यवस्थामा कार्यकारीणिको अधिकार प्रधानमन्त्रीलाई तोकेको छ तर जनताद्वारा निर्वाचित प्रधानमन्त्री नभएर सांसदहरुद्वारा निर्वाचित प्रधानमन्त्रीको व्यवस्था छ ।
राष्ट्रपतिलाई रवर स्टाम्पका रपमा राखिएको छ । त्यो पनि राजनीतिक दलको नेतालाई बनाउने चलन छ । जसमा कांग्रेसका रामवरण यादव र कम्युनिष्ट पार्टी एमालेका विद्यादेवी भण्डारी भइन् । वर्तमान समयका राष्ट्रपति नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई बनाइएको छ । जो देशको संरक्षक पद हो । सरकार पनि तीन रुपका छन् । जसमा स्थानीय, प्रदेश र केन्द्र सरकार भनिन्छ । वडा–वडामा सरकार छ तर निर्णयात्मक अधिकार पाइन्न । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भए पनि स्वतन्त्र छैनन् ।
दलीय प्रभाव र प्रमुख कायमै छ । यसले जनतामा निष्पक्षता, विश्वसनीयता र स्वच्छ न्यायसम्पादन हुन सकेको छैन । यसले देशमा व्यापक भ्रष्टाचार, अनियमितता, दुराचार र पापाचार बढेको छ । नेपाली नागरिक निराश छन् । चिनियाँ दृष्टिकोणले नेपाली शासकहरुलाई देशमा विकास, सामाजिक सुधार, आर्थिक उन्नती र समाजको लागि शिक्षा, स्वास्थ्य, सामाजिक परोपकार, कृषि व्यवसायको शुद्दिकरण, रोजगारीका अवसरहरु कसरी गर्न सकिन्छ ।
ज्ञान, सिप, प्रविधिको विकास र उपकरणहरुको प्रयोग गर्ने तरिका सिकाउन सकियोस् । कृषि व्यवसाय, आर्थिक विकास र रोजगारीको वातावरण बनाउन २०८२ को निर्वाचनबाट आउने राजनीतिक दलको प्रधानमन्त्रीमा नेपाली दृष्टिकोण भएको हुनुपर्छ भनाइ नेपाली जनताको छ । जनताको चाहना र देशको आवश्यकतालाई बुझ्न सक्ने व्यक्तिलाई सबैले मन पराउनु पर्ने समय हो । समयको सदुपयोग गर्नु बुद्धिमान, ज्ञानी र अनुभवी नेपालीहरुको कर्तव्य हो । कर्तव्य विमुढ हुनु हुँदैन ।