हिमाल एकाडेमीको २२ औं स्थापना दिवस

तुलसीपुर, २९ माघ । तुलसीपुरस्थीत हिमाल एकाडेमीको २२ औं स्थापना दिवस विद्यालयमा सम्पन्न भएको छ । तुलसीपुर–६ मा रहेको विद्यालयले दुई दिवसिय कार्यक्रम अन्तर्गत विहिवार विभिन्न कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष विनयकुमार मिश्रको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले तुलसीपुर क्षेत्रमा हिमाल एकाडेमीले शिक्षा क्षेत्रमा बेगलै पहिचान स्थापीत गरेको बताएका थिए ।

त्यस्तै गुणस्तरी शिक्षा प्रदान गरि अतुल्नीय योगदान पु¥याएको विद्यालयको थप प्रगतिको लागि सहभागीहरुले शुभकामना दिएका थिए । कार्यक्रममा विशिष्ट अथिति प्याव्सन दाङका अध्यक्ष निर्मल न्यौपान, अतिथिहरु लुम्विनी प्रदेश खेलकुद परिषदका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपाने शिक्षक अभिभावक संघका अध्यक्ष श्रमलाल चौधरीलगायतले थप शैक्षिक प्रगतिको शुभकामना मन्तव्य व्यक्तगरेका थिए । स्थापना दिवसको अवसरमा १० जनाले रक्तदान समेत गरेका छन् ।

स्थापना दिवसमा गायक तथा संगितकार गोन्दिमधुर आचार्य, गायक प्रेम बिबस घर्ती र गजल कार सुशील पुन बिरही ले आफ्नो– आफ्नो प्रस्तुती राखेका थिए । स्थापना दिवसमा विद्यालयमा प्रिन्सीपल मधुसुदन केसीले बार्षिक तथा प्रगति प्रतिवेदन पेश गरेका थिए । विद्यालयको स्थापना दिवसका अवसरमा विद्यालयका उत्कृष्ट शिक्षकमा भिम लाल मरासिनी नबराज पोख्रेल, निर्मला योगी र बिनया योग्ी र कर्मचारीमा साबित्रा पोख्रेललाई सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा विद्यार्थीहरुले विभिन्न गित नितृ नाटक प्रस्तुत गरेका थिए ।

हिमाल एकाडेमीले शिक्षा आर्जन भनेको केवल कितावी ज्ञान प्राप्ती गर्नु मात्र नभई विभिन्न आन्तरीक क्रियाकला, विभिन्न भेला, छलफल र नेतृत्व र व्यक्तित्व विकासका लागि खोज अनुसन्धान अवलोकन विभिद कार्यक्रमहरु गदै आएको छ । सोहि अन्तर्गत स्थापना दिवसका अवसरमा अभिभावक दिवस, रक्तदान कार्यक्रम विद्यालयमा आयोजना गरि २२ औं स्थापाना दिवस मनाएको हो ।