गोरक्ष समाचारदाता
तुलसीपुर, २९ माघ । तुलसपुरको वीपी चोकमा रिद्धी सिद्धी गोल्ड एन्ड सिल्भर प्यालेस नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । करिब २५ करोड रुपैयाँको लागतमा प्यालेस सञ्चालनमा आएको हो । प्यालेसको पुनः उद्घाटन बुधवार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले गरेका हुन् ।
प्यालेसले सुनका अत्याधुनिक गरगहनाहरू चेकजाँच र गुणस्तर निर्धारणका लागि मेसिनसमेत ल्याएको प्यालेसका प्रबन्ध निर्देशक मिनराज वलीले जानकारी दिए । करिब ४० लाखमा सुद्धता जाँच गर्ने मेसिन र नेपालमै पहिलो पटक स्क्यान एपसमेत राखिएको वलीले जानकारी दिए । ‘यो नेपालमै पहिलो हो, स्क्यान एपबाट सबै कुरा सहजै जानकारी हुन्छ’, वलीले भने । वलीले आफूले बेलायतमा एक महिना बसेर विभिन्न प्रविधि सिकेर प्रविधियुक्त सेवा साथ नयाँ व्यवस्थापनका साथ प्यालेस सञ्चालनमा ल्याएको बताए ।
‘यो स्क्यान मेसिनले सुनबाट निर्माण भएका गरगहनाका दर, ज्याला, जर्तीलगायतका जानकारी ग्राहकलाई जानकारी दिन्छ’, उनले भने । सुनको शुद्धता र मूल्यमा समेत सहज हुने उनले जानकारी दिए । प्यालेसले करिब एक सय बढीलाई रोजगारी दिएको प्रबन्ध निर्देशक वलीले जानकारी दिए ।