घोराहीमा जनता पेन्ट्सको डिलर सञ्चालन

गोरक्ष समाचारदाता
दाङ, २९ माघ । घोराहीमा जनता पेन्ट्सको आधिकारिक डिलर सञ्चालनमा आएको छ । घोराही–१५ अन्तर्गत दीपशिखा रोडमा बुधवारदेखि जनता पेन्ट्सको आधिकारिक डिलर सञ्चालनमा आएको हो ।

कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सेवा दिने गरेर घोराहीमा डिलर सञ्चालन गरिएको सञ्चालक गोपाल खड्काले जानकारी दिएका छन् । उनका अनुसार आवश्यकताका आधारमा अन्य जिल्लामा पनि डिलरका शाखा सञ्चालन गर्ने योजनामा रहेको बताए । जनता पेन्ट्स युरोपियन प्रविधिबाट बनाएको आइएसओ प्रमाणित नेपाली ब्रान्ड हो ।

पछिल्लो समय घरहरूको रँगरोगनको लागि जनता पेन्टको माग बढिरहेको सञ्चालन खड्का बताउँछन् । २०६८ सालमा झापाको मेचीनगरमा स्थापित जनता पेन्ट्सले उच्च गुणस्तरका डेकोरेटिभ पेन्टहरू उत्पादन गर्दै आएको छ ।

डिलरका अर्का सञ्चालक टङ्कलाल सन्यासीका अनुसार जैविक उत्पादनलाई प्राथमिकता दिएर जनता पेन्ट्सले गुण्सतरीय रँगरोगन उत्पादन गर्दै आएको छ । हरेक नेपालीको घर रँगाएर स्वस्थ तथा वास्तुसम्मत घर निर्माणमा जनता पेन्ट्सले योगदान दिने उनको भनाइ छ । स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले युवाहरू मिलेर पश्चिम नेपालमा डिलर स्थापना गरेको सञ्चालक खड्काले बताएका छन् ।