लेखक संघले साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने

गोरक्ष समाचारदाता
दाङ, २६ माघ । लेखक संघले करिब दुई दर्जन साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । संघमा स्थापना गरिएको अक्षयकोष तथा पुरस्कारबाट साहित्यकारलाई सम्मान तथा पुरस्कृत गर्ने भएको हो ।

बमशकर साहित्य पुरस्कारबाट डा.कृष्णराज सर्वहारी, तोयाराम पाण्डेय इश्वरादेवी पाण्डेय साहित्य पुरस्कार डा विष्णुकुमार देवकोटालाई, शारदा लोहनी स्मृति साहित्य पुरस्कार विनोद पोख्रेललाई, पं.कपिलमुनि शिवाकोटा विद्या सागर साधना साहित्य पुरस्कार विदुषी पाण्डेयलाई, फर्साराम धनकुमारी साहित्य पुरस्कार सन्ध्या रेग्मीलाई, नित्यान्द शर्मा साहित्य पुरस्कार डा विनबहादुर वलीलाई, अशोक सुभद्रा काव्य पुरस्कार गणेश विषमलाई, मेघराज लक्ष्मीदेवी प्रज्ञा पुरस्कार डिल्लीराज श्रीधर गौतमलाई प्रदान गरिने भएको छ ।

यसैगरी पं.कृष्णमणि इन्दिरा आचार्य साहित्य सङ्गीत पुरस्कार कविता उपाध्ययलाई, दामोदर अम्बिका बालस्मृति प्रतिभा पुरस्कार बिमला घर्ती मगर र विजय विकलाई, बामदेव खिमकुमारी स्मृति साहित्य पुरस्कार दुर्गाप्रसाद गौतमलाई, इन्द्र देवका स्मृति प्रज्ञा पुरस्कार नरेशजङ्ग राणालाई, यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार हरिलाल पौडेललाई, चक्रमाया स्मृति साहित्य पुरस्कार दीपककुमार आचार्यलाई, कृष्ण गायत्री प्रज्ञा पुरस्कार बुनु लामिछानेलाई प्रदान गरिने भएको छ ।

यसैगरी दुर्गा चित्रा प्रज्ञा पुरस्कार मकुश पन्थीलाई, प्रा गदाधर पौडेल बाङमय पुरस्कार प्राडा बाबुराम आचार्यलाई, टीकाप्रसाद नारायणी स्मृति साहित्य पुरस्कार नगेन्द्रकुमार आचार्यलाई, प्रवीण प्रज्ञा साहित्य सङ्गीत पुरस्कार दीपा बुढालाई, लक्ष्मण कला साहित्य प्रज्ञा पुरस्कार तिलक न्यौपानेलाई उमानाथ प्रेमकुमारी स्मृति पुरस्कार एकराज अधिकारी, जमुना गिरी÷गोमा गिरी साहित्य पुरस्कार कमला भारतीलाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनोट समितिका संयोजकमा डा कृष्णराज डिसी, सदस्य गोविन्द पौडेल र हरिप्रसाद पाण्डेयले प्रतिभा छनोट गरेको हो । फागुन ७ गते हुने लेखक संघको स्थापना दिवसका अवसरमा छनोट गरिएका सहित्यकारलाई पुरस्कृत तथा सम्मान गरिने संघका अध्यक्ष खगराज न्यौपानेले जानकारी दिएका छन् ।