Goraksha

National Daily

कथा : पछुतो

गुरुप्रसाद शर्मा रेग्मी

लक्ष्मीपुर गाउँपालिकाका शेषमणि शर्मा पढाइ जाय जेथा जस्ता सबै कुरामा सक्षम भएकाले सबैको सम्मानित व्यक्तित्ष्वको रुपमा गनिन्थे । विवाह भएको धेरै समयपछि छोराको जन्म भएको थियो आफू पनि एक्लै भएकाले उनको छोरा पनि एउटा मात्र थिए । उसको नाम धनञ्जय राखेका थिए ।

छोराको व्रतबन्ध गर्न नपाउँदै उनको देहावसान हुन गयो । छोराले बाबुको अन्तेष्टिको कार्यक्रम गर्न पाएन । बाहुन राखेर अन्तेष्टिको कार्यक्रम गर्न पाएन । बाहुन राखेर अन्तेष्टिको कार्य सम्पन्न गर्नुप¥यो । वैधव्य जीवन बिताउनु परेको सुनिताको जीवनमा पर्न गएको पीडा मर्माहक भए पनि सहन बाध्य हुनु परेकाले पीडालाई गुट मुटाएर सारीको फेरोमा बाँधेर छोरालाई पढाएर योग्य नागरिक बनाउने संकल्प गरेर छोरालाई पढाउन थालिन् ।

छोरालाई पढाउँदै गइन् छोरा पनि जेहेन्दार भएकाले मेहनतका साथ पढ्दै गयो । वैकल्पिक अन्य कुनै स्रोत नभएकाले जमिनका टुकडा बेच्दै पठाउँदै गइन् र छोरालाई इन्जिनियर बनाइन् । छोराको जागिर पनि लाग्यो । उच्च अध्ययनको लागि विदेश जानेर आफ्नो परिवारको अलग पहिचान बनाउने सोचले अध्ययन गर्न जाने तर रहर लाग्यो ।

लण्डनको विश्वविद्यालयलृ पढ्न आउने स्वीकृति दिएकाले भिसा पनि लाग्यो । १ महिनापछि जानु पर्ने भएकाले धनञ्जय घरमा आयो र आमालाई सबै कुरा भन्यो । जानलाई ५ लाख लाग्दछ । के गर्ने हो । जीवन सार्थक बनाउने मेरो लागि ठुलो अवसर हो । बाबु ! कुरा राम्रो हो, परिवारको पहिचान बन्ने र तिम्रो जीवन सार्थक हुने तर त्यो तिमीले भनेको पैसाको लागि एउटा मात्र उपाय छ ।

यो घर बैंकमा राखेर ऋण लिन । त्यसैगरेर जाउ आफ्नो भविष्य बनाउ भनेर आमाले विदेश जाने बाटो बाबुलाई दिइन् । धनञ्जय विदेश गएर एमडि पूरा गरेर जागिर पनि खान लाग्यो । छोराको सहयोग र आफ्नो जायजयथा र सिपबाट भएको आम्दानीको बैंकको किस्ता बुझाइरहेकी थिइन् । एकाएक छोराको सहयोग पनि आउन छाड्यो र फोन आउन पनि बन्द भयो । आमाले फोन गर्दा नउठ्ने भएपछि दिक्दार भएकी सुनिताले बैंकको किस्ता पनि बुझाउन सकिनन् । किस्ता र ब्यजा नआउँदा बैंकले चिठ्ठी पठाउन थाल्यो ।

पटक–पटक चिठ्ठी पठाउँदा बैंकमा कोही न आएपछि एक दिन बैंकबाट कर्मचारी आएर भने आमा किस्ता र ब्याज बुझाउन किन आउनु भएन समयमा तपाईले किस्ता र ब्याज बुझाउनु भएन भने तपाईको यो घर लिलाम हुन्छ । यो कुरा बैंक कर्मचारीको मुखबाट सुनेपछि सुनिता रुन थालिन् तपाई किन रुनुहुन्छ ।

समयमा ऋण नबुझाएपछि यो त हुन्छ । ऋण बुझाउने उपाय खोज्नुस् । अर्को विकल्प केही छैन भनेको सुनेपछि हिक्का छाडि–छाडि रुन थालिन् । उनी रोएको देखेर बैंकको कर्मचारीलाई दया लागेछ र सोधे । तपाईले यो ऋण के को लागि लिनु भएको थियो र आज यो अवस्थामा पुग्नु प¥यो ।

कर्मचारीको यो शब्दले उनको मनको पीडाको बाँध फुट्यो र भन्न थालिन् । छोरालाई पठाउँदा अलि–अलि मरि जग्गा बिकेको थियो । छोराले विदेश पढ्न जान्छु भनेर यो घर बैंकमा राखेर ऋण लिएर गयो । गएको पनि ३ वर्ष भइसक्यो जसरी त्यसरी बैंकको किस्ता र ब्याज बुझाएकी थिए । अब जग्गा पनि छैन । यही एउटा घरहरु त्यसैको किरियाबाट जीवन धानेकी छु ।

पहिले त छोराले केही पैसा पढाइदिन्थ्यो र किस्ता र ब्याज बुझाउने । ६ महिनादेखि न छोराले पैसा पठाउँछ न फोन गर्छ यहाँबाट फोन गर्दा उठाउँदैनन् । त्यसैले म दिक्दार छु । यो घर पनि लिलाम भयो भने मेरो न गाँस हुनेछ न बाँस नै हुनेछ । अब भन्नुस् म अब के भनेर रुन थालिन् ।

यो कलियुग छोराको खेल हो भन्ने निरास गरेर बैंक कर्मचारीले भने– तपाईको छोराको फोन नम्बर छ भने खै मलाई दिनोस् भनेको सुनेपछि उनले आफ्नो फोन दिइन् । छोराको नाम के हो । धनञ्जय हो । कर्मचारीले आफ्नो फोनबाट फोन गरेपछि फोन लाग्यो । तपाई धनञ्जय बोल्नु भएको हो । हो म धनञ्जय हु । हेर्नुस् तपाईकी आमाको नाममा ५० लाखको चिठ्ठा परेको छ ।

तपाईकी आमासँग सम्पर्क भइरहेको छैन । बैंकको ब्याज र ऋणको रकम बुझाउनु र आफ्नो चिठ्ठाको रकम लैजानुस् भनेपछि धनञ्जयले भन्यो बैंकको पाँच लाख मैले अहिले नै पठाइदिन्छु । म दुई दिनमा बैंकका आउँछु भनेर भन्यो ।

छोरासँग गएको फोनको कुरा सुनेपछि सुनिताले भनिन् । हजुरले यस्तो असत्य कुरा किन भन्नुभयो । कर्मचारीले भने हेर्नुस् तपाईको छोरालाई यो लोभ नजगाइदिएको भए छोराले भुक्तानी दिने थिए । तपाईको घर लिलाम हुने थियो तपाईको गाँस बाँस दुवै हराउने थियो । त्यसैले मैले यो झुट कुरा भन्नु परेको हो । एकै क्षणपछि छोराको फोन आयो र भन्यो– आमा मैले बैंकको ६ लाख ऋण तिरिदिएको छु । म दुईदिनपछि आउँछु र सबै कुरा गरौला ।