दाङ,२३ माघ । घोराही उपमहानगरपालिका–१५ स्थित शुभ सन्देश शिक्षा सदनको १९औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार सुबेदीको अध्यक्षता तथा दाङ भ्याली एजुकेशनल ग्रुपका अध्यक्ष बिनबहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव एवं सांगीतिक कार्यक्रममा बोल्ने बक्ताहरुले समय सुहाउँदो गुणस्तरीय शिक्षामा विद्यालयले जोड दिनुपर्ने बताएका थिए ।
त्यसका लागि बालबालिकालाई शिक्षासँगै चाहना अनुसार अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै अन्तरनिहित प्रतिभा प्रस्फुटनमा जोड दिनुर्पे बताएका थिए । कार्यक्रममा विद्यार्थीले गीत, नृत्यलगायत प्रस्तुत गरेका थिए । बार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थमनबहादुर बस्नेतले विद्यालयको स्थापना, शैक्षिक उपलब्धि, अनुशासन, गुणस्तरीय शिक्षा तथा भावी योजनाबारे जानकारी गराएका थिए ।
बार्षिकोत्सव कार्यक्रममा हाप्किडोका खेलाडीले डेमो प्रदर्शन गरेका थिए । डेमोले सहभागीहरुमा आत्मरक्षा, अनुशासन तथा शारीरिक दक्षताको सन्देश प्रवाह गरेको थियो । कार्यक्रमको सञ्चालन शुभ सन्देश शिक्षा सदनकी शिक्षिका वविना मल्लले गरेकी थिइन ।