दाङ, २३ माघ । स्वावलम्वन लघुबित्त वितीय संस्था लिमिटेड घोराही शाखाले बृद्ध आश्रममा फर्निचर सामग्री सहयोग गरेको छ । लघुवित्त सस्थाले सामाजिक उतरदायित्वअन्र्तगत शुक्रवार घोराही–१६ मा रहेको बृद्ध आश्रममा पुगेर फर्निचर सामग्री सहयोग गरेको हो ।
संस्थाले ५ वटा लो बेड पलङ, प्रेसर कुकर दुई थान, थाल १० थान, चम्चा, कचौरा, गिलास हस्तान्तरण गरेको शाखा प्रवन्धक गोकुल बगालेले जानकारी दिएका छन् । सहयोग हस्तान्तरण कार्यक्रम बोल्दै घोराही उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तारा डाँगीले संस्थाले सामाजिक कार्यअन्र्तगत बृद्ध आश्रममा सहयोग गरेकोमा धन्वाद ज्ञापन गरेका थिए ।
उनले सामाजिक कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरे । संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिहं विष्टले लघुवित्तीय संस्थाहरु गरिवी निर्वारणमा सहयोग गदै आएको बताए । नागरिकलाई सहज रुपमा ऋण प्रदान गरेर उद्यम शिलतामा जोड सहयोग गदै आएको उनको भनाइ छ । ‘लुघुवित्तीय संस्थाले राज्यलाइ सहयोग गदै आएका छन् राज्यले पनि सहयोग गर्नु पर्दछ ।’ उनले भने । सहज रुपमा काम गर्ने बातावरण सृजना हुनुपर्ने समेत उनको भनाइ थियो ।
लघुवित्तका बारेमा विभिन्न भ्रम फिजाने काम भएको भन्दै यसप्रति नागरिक सचेत हुनुपर्ने बताए । संस्थाका सञ्चालक समितिका सदस्य प्रा. डा. कुसुम शाक्यले पैसालाइ चलायमान गराउनुपर्ने बताइन् । पैसालाइ उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिएकी थिइन । कार्यक्रममा संस्थाले आफनो सदस्यलाई वितीय साक्षरता समेत प्रदान गरेको थियो । संस्थाका इलाका कार्यालय घोराहीका प्रवन्ध कृष्ण खनालले सचेतना तथा जनकारी गराएका थिए ।
कार्यक्रममा घोराही १८ का वडा सदस्य दिपा नेपाली, सर्रा अस्था प्रहरी पोष्टका प्रमुख कर्मविर थारु, जेष्ठ नागरिक सरोकार केन्द्रका सहसचिव सुष्मा रेग्मी, सदस्यहरु रुमा सुनार, चुमा गुरुङलगायतले बोलेका थिए । कार्यक्रम जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीको अध्यक्षता तथा घोराही १६ का अध्यक्ष तारा डाँगीको प्रमुख आतिथ्यतामा भएको थियो । संस्था घोराही शाखाका प्रमुख गोकुल बगालेको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण घोराही शाखाका बरिष्ठ सहायक प्रेम रावतले गरेका थिए ।