विद्युतीय ‘आइकार भी–२३ सार्वजनिक

दाङ,२१ माघ । दाङको घोराहीमा ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एन एल मोटो कर्पले विद्युतीय एसयुभी ‘आइकार भी–२३’ गाडी सार्वजनिक गरेको छ । बिहीबार घोराही–१५ रब्बेमा कार्यक्रमको आयोजना गरि आइकार भी–२३ कार सार्वजनिक गरिएको हो ।

एनएल मोटो कर्पका सञ्चालक सुदर्शन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कारको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, प्रेस काउन्सील नेपालका पूर्व सदस्य शरद अधिकारीलगायतले संयुक्त रुपमा कारको अनावरण गरेका थिए । गाडीको अनावरण गर्दै प्रमुख अतिथि दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष जोशीले वातावरणमैत्री इलेक्टिक गाडीसँगै लामो दुरीको यात्राका लागि समेत सहज भएको बताए । छोटो दुरीको यात्राका लागि विभिन्न कम्पनीका गाडीहरु रहेपनि लामो दुरीसँगै ग्रामीण क्षेत्रमा समेत सहज रुपमा जान सक्ने नयाँ गाडी सवैको रोजाईमा पर्ने बताए ।

एन एल मोटो कर्पका सञ्चालक गिरीका अनुसार ओमोडा एन्ड जेकोको आइकार भी–२३ वातावरणमैत्री एवं अफरोडका लागि पनि उपयुक्त कार रहेको बताए । चीनको प्रमुख अटोमोबाइल निर्माता चेरी ग्रुपअन्तर्गतको नयाँ ब्रान्डका रुपमा रहेको सार्वजनिक गरिएको छ । आइकार भी–२३ को मूल्य ४९ लाख ९९ हजार रुपैया रहेको छ ।

साइबर–टेक डिजाइनमा आधारित यो रेट्रो क्लासिक एसयूभी टफ मात्र नभई सूक्ष्म इन्जिनियरिङमा आधारित कार रहेको बताए । एक सय किलोवाट क्षमताको सिंगल मोटर जडान गरिएको कार १८० एनएम टर्क र ५९.९३ किलोवाट–आवर क्षमताको ब्याट्री उपलब्ध रहेको जानकारी गराउका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन सबिन प्रियासन, प्रेस काउन्सील नेपालका पूर्व सदस्य शरद अधिकारीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण संगीता गिरीले गरेकी थिइन्।