भुवन पोख्रेल
गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेस अहिले बदलिएर जनतामाझ मुलुक बदल्ने बाचा वा संकल्प बोकेर आइपुगेको छ । पटक–पटक देशलाई कठिन परिस्थितिमा रहेको अवस्थाबाछ माझिले झै सुरक्षित किनारा लगाउन नेपाली कांग्रेस सफल भएको हामी सबैले अनुभव गरेकै छौँ ।
नेपालमा राणाशासनको अन्त्य, पञ्चायति व्यवस्थाको अन्त्य र २०४६ को बहुदलीय व्यवस्था सहितको प्रजातन्त्र कांग्रेसकै अग्रसरतामा भएको हो । माओवादी शान्ति प्रक्रिया र २०६२÷०६३ को दोस्रो जनआन्दोलनमा नेपाली कांग्रेसले नेतृत्व गरेर अग्रपंक्तिमा उभिएर समस्याको गाँठो फुकाएर देश र जनतालाई सङ्घीय लोकतान्त्रिक मुलुकमा व्यक्तिगत स्वतन्त्रता, प्रेस स्वतन्त्र जस्ता मौलिक हकको प्रत्याभूति गराउने पहिलो पार्टी नेपाली कांग्रेस हो ।
इतिहासमा जब–जब कठिन मोड आइपर्दछ, तब–तब नेपाली कांग्रेस अग्रपंक्तिमा उभिएर देश र जनताको अभिभावकीय भूमिका निर्वाह गर्न सक्षम भएको छ । मुलुकमा गणतन्त्रको स्थापना होस् वा संविधान सभाबाट संविधानको लेखन नै किन नहोस् नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका खेलेकै ।
नेपाली कांग्रेसले विगतका वर्षहरुमा परिवर्तनका खातिर आन्दोलन र क्रान्तिमाा आफ्नो समय वेथिति ग¥यो, संघर्षको मैदानमा कांग्रेस घुँडा टेकेर भागेको छैन । एउटा जनतासँगै जनताकै माझ र जनताको संवादसँग खारिएर परिपक्क भएको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले चुनावी मैदानमा पुनः जनताको विश्वास र भरोसाको पार्टी बन्दै छ । यसमा नागरिक सचेत र गम्भीर हुने बेला आएको छ ।
पटक–पटक अवसर पाएर नेपाली कांग्रेसका सङ्घीय संसदका उम्मेदवार तपाई हाम्रो घरआँगनमा मत माग्न आउँदा प्रश्न गर्न सक्नुहुन्छ । यदि उम्मेदवारहरुले तपाईलाई चित्त बुझ्दो जवाफ दिनु भएन भने नेपाली कांग्रेसलाई मतदान नगर्नु होला तर अवश्य तपाईलाई चित्त बुझ्दो जवाफ दिएर मन जित्न उम्मेदवार सफल हुने छन् । यस पटक नेपाली कांग्रेसलाई दुई तिहाई बहुमत दिएर जितायौँ भने उक्त पार्टीले ढुक्क भएर देश र जनताका लागि काम गर्ने मौका पाउँछ ।
अहिले कांग्रेसले विगतमा जस्तो कुनै दलसँग गठबन्धन गरेको छैन, शुद्ध कांग्रेसबाट मुलुकमा शुद्धिकरण सम्भव छ । कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले कहिले माओवादी र कहिले एमालेसँग सत्ता गठबन्धन गर्दा जनताको विश्वास गुमाउन पुगेको हो । अहिले कांग्रेस आन्तरिक रुपमा खारिएर माझिएर युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरी जनताको अग्नि परीक्षामा होमिएको छ । यो अग्नि परीक्षाको घडीमा नागरिक कत्ति पनि विचलित नभई स्वच्छ मन नेपाली कांग्रेसलाई रोज्नु पर्दछ ।
अहिले समग्र देश र जनता अफ्ठेरो अवस्थामा पुगेको छ, सरकार फरक तरिकाले बनेको छ, जनता डर र त्रासमा आतंकित भएको अवस्थामा एउटा भरोसायोग्य पार्टी नेपाली कांग्रेस हो । जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिने पार्टीलाई निष्पक्ष, धाधलीरहित ढंगले चुनावमा जिताउनु पर्ने दायित्व नागरिकको हो ।
रुख चिन्हमा मतदान गरेर ढुक्क बस्नु भएको खण्डमा जनतालाई अफ्ठेरो परिस्थितिबाट अवतरण गराउन सक्नुपर्छ । नयाँ उम्मेदवार र पार्टीका मुख नहेरौँ रुख चिहन हेरेर फेरि पनि कांग्रेसलाई अभिभारा सुम्पिदिआँै अनि मात्र हाम्रो निर्णय सही हुन्छ । नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि नागरिक कै ठुलो हात छ, नागरिकको विश्वास र भरोसा बिना कांग्रेस लम्बाउन सक्दैन ।
अहिले मुलुकमा सार्वजनिक सम्पत्तिको नष्ट भएको छ, सिंहदरबार जलेका छन्, सर्वोच्च लगायतका न्यायालय जलेका छन्, सरकारी कार्यालय जलेर खरानी बनेका छन्, यो खरानीको थुप्रोवार मुलुकमा विकास र समृद्धि ल्याउन सक्ने हिम्मत भएको पार्टी प्रजातान्त्रिक संस्कार संस्कृतिमा हुर्केको पार्टी नेपाली कांग्रेस नै हो । लोकतान्त्रिक विचार र सिद्धान्त बोकेको पार्टी पक्कै पनि मुलुकको परिस्थिति बुझेर राष्ट्र निर्माणमा अघि बढ्नु पर्दछ ।
राष्ट्र निर्माणका निम्ति कांग्रेसले मुलुकको अभिभारा लिन पछि हट्नु हुँदैन । जेन–जी आन्दोलनले नयाँ पुस्ताको नेतृत्वमा देश विकास, भ्रष्टाचार अन्त्य र सामाजिक न्यायलाई सम्बोधन गर्ने गरी नेपाली कांग्रेस बदलिएको छ, यसले नेपाली कांग्रेसलाई नयाँ जोश र जागर सहित अग्रपंक्तिमा उभिएर जनविश्वास जित्ने सुनौलो अवसर प्राप्त भएको छ । जेन–जी आन्दोलनको सफल अवतरण निर्वाचन पछिको नेपाली कांग्रेसले गराउने बाचा गरेको छ ।
मुलुकमा थापिएको नयाँ चुनौतीलाई सम्बोधन गर्ने पुरानो, अनुभवी, खारिएको र पटक–पटक माझिएको पार्टी नेपाली कांग्रेस हो । मुलुकमा भएको शोषण, दमन, अन्याय, उत्पीडन, विभेद जस्ता कुराको अन्त्य गरी मुलुकमा कानुनी राज्य स्थापना कांग्रेसको पहिलो एजेण्डा हो । मुलुकमा सुशासन ल्याउनका लागि भ्रष्टाचारको अन्त्य गरी जनभावनाको सम्बोधन कांग्रेसको प्रमुख अभिभारा हो ।
नेपाली कांग्रेसको बाजे पुस्ता प्रजातन्त्र प्राप्तिका लागि लडे, बाबु पुस्ता बहुदल र गणतन्त्रका लागि लडे, नाति पुस्ता भ्रष्टाचार अन्त्य र सामाजिक आर्थिक र मुलुकको विकास र समृद्धिको लडाइमा उत्रिएको छ । स्वतन्त्रता, समानताको प्राप्ति र सामन्तवादको अन्त्यका लागि नेपाली कांग्रेसको युवा पुस्ताबिच बहस भइरहेको छ । अहिले कांग्रेसको स्वरुप मात्र बदलिएको होइन, सोच बदलिएको छ, पुस्ता हस्तान्तरण भएको छ, देश र जनताभन्दा माथि अब कुनै शक्ति माथि छैन भन्ने विश्वास कांग्रेसले जगाउनु पर्ने भएको छ ।
जेन–जी पुस्ताका युवाहरुले के बुझ्न जरुरी छ भने हाम्रो आन्दोलनको अभिभावकत्व नयाँ शक्तिले लिन्छ । पुराना पार्टीलाई जसरी पनि चुनावी मैदानमा हराउनु पर्छ भन्ने युवा पुस्ताको भ्रम हो, वास्तवमा सबैको अभिभावकत्व लिएको पार्टी नेपाली कांग्रेस हो यदि अन्य शक्तिको आँडमा नेपाली कांग्रेसलाई हराइयो भने युवा पुस्तालाई पछुताउनु पर्ने हुन्छ । अनुभवबाट खारिएर आएको पार्टीमा सबैलाई मिलाएर अघि बढ्ने सक्षम वा हुन्छ ।
नयाँ जोगीले बद्ला खरानी घस्दछ भने झै चर्को भाषण र आश्वासन बाडेर चुनाव जित्न सकिँदैन । नेपाली कांग्रेसले जनतालाई झुक्काएर होइन यथार्थको अनुभूति गराएर जित्नु पर्दछ, ताकि पछि सरकारमा पुगेपछि आफूले गरेका बाचा र प्रतिबद्धतालाई मूर्तरुप दिन सकियोस् । जेन–जी आन्दोलन पछि सिर्जना भएको तरल अवस्थाबाट फाइदा ल्याउन अन्य राजनीतिक पार्टी सक्रिय भएर लागेको छन्, धमिलो पानीमा माझ मार्न तम्सिएकाहरुलाई जनताले पाखा लगाउने भनेको यही चुनावमा नै हो । नेपाली कांग्रेसले नागरिकको विश्वास पुर्नस्थापना गरी मुलुकको विकराल अवस्थालाई समाधान गर्दछ ।
अहिलेको निर्वाचनको माहोलमा चर्का चुनावी भाषण र कोलाहलभित्र कतै सचेत र विवेकपूर्ण मतदान निर्णय कतै ओझेलमा त पर्ने होइन भन्ने डर लाग्दछ । कुनै लोकप्रिय नायक आएर रातारात जादुको छडी चलाएर जनता र देशको कायापलट गर्दछ भन्ने नागरिकले विश्वास र भरोसा गर्नु भनेको मुलुक दुर्घटित हुन पुग्ने सम्भावना हो । देश व्यक्तिले होइन विधि, प्रणाली र पद्धतिले चल्नु पर्दछ ।
नेपाललाई वृद्ध, कृष्ण जस्तो शक्ति आएर सबै भ्रष्टाचार, वेथिति अन्यायलाई बढाएर लैजान्छ भन्ने दिवास्वप्न र कपोल कल्पित आशा पाल्नु हुँदैन । भ्रम र सपनाको खेतीमा अलमलिन्छन् जनताहरु जसले गर्दा मुलुक झनै गम्भीर दुर्घटनामा पर्न सक्छ । नेपालमा अस्थिर सरकार बनेको छन्, त्यही सरकारले जनताको मर्म र भावनाले सम्बोधन गर्न नसक्दाको परिाणाम जनताहरु वैकल्पिक शक्तिको खोजीमा भौतारिरहेका छन् ।
पुराना शक्ति र नयाँ शक्तिहरु बिचको प्रतिस्पर्धामा घृणा, बदला र भावनात्मक नाराले मात्र होइन संवाद, दीर्घकालीन सोच र उत्तरदायित्वले मात्र मुलुक निर्माण सम्भव छ । अहिलेको चुनाव केवल नेतृत्व छनोट र सरकार बनाउने मात्र होइन राजनीतिक संस्कार सुधार्ने अवसर पनि भएकाले यसमा देशको पहिलो र ठुलो पार्टी भएकाले नेपाली कांग्रेसले उदाहरणीय काम गर्नुपर्दछ । सही उम्मेदवार छान्न मतदाताले पार्टीको विगतको आचरण, नीति, संवाद, सक्षमता, नैतिकता र राष्ट्रिय चेतनालाई आधार बनाउनु पर्दछ ।
लोकतन्त्रमा मतदाताको भूमिका महत्वपूर्ण र निर्णायक हुन्छ, तसर्थ मतदाता भावनामा बग्नु हुँदैन । राजनीतिक दलको प्राथमिकता भनेको मतदाता रिझयाउनु हो, लोक रिझ्याइले मात्र सही पात्र चुनिँदैन तसर्थ डर, घृणा, बदला, लोभबाट मतदाता प्रभावित भए भने लोकतन्त्रको आत्मा मर्दछ ।
समाजका वौद्धिक वर्गले निष्पक्षताका साथ मतदात सशक्तिकरण गर्न अघि बढ्नु पर्छ । नेतृत्वको अग्नि परीक्षा शक्ति पाएपछि मात्र हुन्छ । घृणा र बदलाको राजनीतिले देश निर्माण गर्न सकिँदैन । उत्तेजना र निषेधको राजनीतिले प्रेम भाव बाड्न सकिँदैन । नयाँ हुँदा वित्तिकै सबै राम्रो भन्ने के आधार छ, पुरानो हुँदैमा निषेधको राजनीति गर्न मिल्दैन ।
कांग्रेसमा खुला संवादको संस्कृति बढेको छ, बढ्दो निराशालाई कांग्रेसले चिरेको छ, जनभावनाको सम्बोधन गर्ने बाचा बोकेको छ तसर्थ विस्तारै कांग्रेसतिर जनविश्वास बढ्दै गएको छ । नेपाली कांग्रेसको राजनीति चुनाव जित्ने रणनीति मै सीमित हुनु हुँदैन । पुराना दलप्रतिको बढ्दो निराशा बिच नेपाली कांग्रेसको नयाँ नेतृत्व बिच आशाको दियो बलेको छ । कांग्रेसमा देखिएको नयाँ जोश, भाष्य, नयाँ शैलीले आशा जगाउँदै गएको छ ।
सत्ता र शक्तिमा पुगेपछि नेपाली कांग्रेसले उम्माद होइन, आत्मसमीक्षा गर्नुपर्छ । सत्ताको उन्माद र स्वच्छाचारी भइदिँदा वर्तमान अवस्थाको सामना गर्नु परेको यथार्थलाई स्वीकारे र अघि बढ्नु पर्छ । लामो राजनीतिक अनुभव एमालेको पार्टी नेपाली कांग्रेसले निषेध र प्रतिशोधको राजनीतिक संस्कारलाई हटाएर सद्भाव, प्रेमको राजनीतिक संस्कार अंगाल्नु पर्छ । प्रतिशोधको, घृणाको राजनीतिले लोकतन्त्र कमजोर भइदिन्छ ।
नेतृत्व छनोट गर्दा जवाफदेहिता र सामाजिक न्यायप्रति कति संवेदनशील छ, आम मतदाता सचेत हुनुपर्छ । नेतृत्व गर्ने भनेको गगन थापा जसै खुला संवाद, बहस गर्ने, आलोचना सुन्न सक्ने जनताका प्रश्नहरु सामना गर्ने धैर्य भएको हुनु पर्दछ । अर्को नेतृत्वको महत्वपूर्ण पाटो भनेको नैतिकता र पारदर्शीता हुनुपर्छ । नेतृत्व परिवार वाद, नातावाद, गुटबादबाट मुक्त छ छैन बुझेर मात्र मतदताले भोट हाल्नुपर्छ ।
कुशल नेतृत्वले मुलुकको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश बुझेको हुनुपर्छ । दुनिया भरका विभिन्न रुप र रङका पपुलिष्ट दलहरुले व्यक्तिगत लोकप्रियतालाई हतियार बनाएर चुनावी फाइदा त लिन खोज्दछन् तर दीर्घकालीन सुशासनका लागि आवश्यक नीतिगत ढाँचा र योजनाबद्ध कार्यक्रम कार्यान्वयन गर्न अपरिपक्क नै हुन्छन् । पुराना दलप्रति देखिएको वितृष्णाको लहर समात्न कै लागि नेपालमा लोकप्रियतावादी नेताहरुले सरल र भावनात्मक अभिव्यक्ति दिँदै जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने सपना बाडेका छन् ।
यही कुपोल कल्पित सपनामा जनता ढिक्रभ्रमित हुनु हुँदैन । जनतालाई सत्तामा पुग्ने सिढी बताउन लोकप्रिय नारा र भाषण गुन्जिएका छन् र सामाजिक सञ्जालका भित्ता पोतिएका छन् । सामाजिक सञ्जालबाट उठेको हौवाका पछि दौडिएर संस्थागत उपलब्धीलाई रक्षा गर्न सकिँदैन । लोकप्रियतावादी राजनीतिकर्मीहरुले मूलतः हामी नै एक मात्र सच्चा प्रतिनिधि हौ भन्दछन्, विरोधीहरुलाई वैध प्रतिपक्षभन्दा बढी शत्रु ठान्दछन् । व्यक्ति पूजाको पराकाष्ठाका रुपमा एकजनालाई महानायक वा सुपर हिरो ठान्दछन् ।
वास्तवमा यही महामारी रोगबाट ठाक्कै यही बेला नेपाल सङ्क्रमित भएको छ । राष्ट्रियता, मातृभूमि, विकास सम्वृद्धि जस्ता अमूर्त शब्दावली प्रयोग गरेर नेकपा एमालेका केपी ओली शर्मालाई उचाईमा राखिएको थियो । केपी ओलीको पार्टी र नेतृत्वलाई जनताले जिताएकै हुन जसको परिणाम हामी सबै पीडित हुनु प¥यो ।
व्यक्ति पूजाको परिणाम केपी ओलीमा अहंमता बढ्दै गई स्वेच्छाचारी प्रवृति मौलाउँदै जाँदा देशमा जेन–जी आन्दोलन हुन पुगेको हो । म मात्रै जनताको रक्षक हुँ, अरु सबै भ्रष्ट हुन भन्ने प्रवृति कुनै पनि नेतृत्वलाई पनि स्वभनीय ठर्हदैन । पहिले सबै राम्रो थियो अहिले भ्रष्टाचारले देश बिग्रियौ मैले भ्रष्टाचारको जरो उखेल्नु यदि चुनाव जिते भने भनी जनता झुक्याउनु हुँदैन ।
मुलुकमा जनता झुक्याउने खेलले नागरिक चरम निराशामा छन् । यस निराशमुलुक परिस्थिति सिर्जनामा केपी ओलीको अहंकारपूर्ण भाष्य, प्रचण्डको दम्भपूर्ण क्रान्ति, देउवाको पुरानै ढलमुले सोच हावी हुनु हो । अब पछिल्लो समय गगनको नेतृत्वको कांग्रेस सच्चिए, सुध्रिएर र जनता माझ लोकतान्त्रिक विचार बोकेर आएको छ । एक पटक कांग्रेसको नयाँ नेतृत्वलाई अवसर दिएर जनताले परीक्षा लिने बेला आएको छ । जनताको मूल्याङ्कन नेपाली कांग्रेसका उम्मेदवार खरो रुपमा उत्रिने बेला आएको छ ।
कांग्रेस देउवाको ढलुमेल प्रवृतिका कारण जनताको नजरबाट ओझेल परेको चाही पक्कै हो तर कांग्रेस जनताको नजरबाट भने पक्कै गिरेको छैन । अब गगन नेतृत्वको कांग्रेस लोकतन्त्रको मियो बन्नुपर्दछ । फेरि पनि कांग्रेसले जनताको माया र विश्वास जित्ने छ । पुरानो दलले बिगारे अब हामी सपार्छौ भन्दै अहिले विभिन्न पेसा, तह तप्का, व्यवसायका व्यक्ति राजनीतिमा होमिएका छन् ।
चुनावमा होमिएका शक्तिलाई हेर्ने हो भने पुरानाले देश बिगारे अब हामी बनाउँछौँ देश भन्दै वैकल्पिक शक्तिका रुपमा आफूलाई उभ्याएका छन् तर देश कसरी बन्छ त भन्ने प्रश्न गर्दा कुनै दीर्घकालीन सोच, योजना रणनीति र विधि पद्धति देखिँदैन खाली भीड र हौवाको पछि खहरे खोलाको गर्जन जस्तो भान हुन्छ । कांग्रेस जस्तो शालिन र सौभ्य बन्नुपर्दछ । अरु वैकल्पिक शक्ति खहरे खोला हुन् भने कांग्रेस समुन्द्र हो, सबैलाई समेट्ने र सबै अट्ने कांग्रेसको लोकतान्त्रिक विचारमा कहिल्यै खडेरी पर्दैन ।
राजनीतिक अनुभव र योजनाबद्ध कार्यक्रमले माझिएको कांग्रेस जनतामाझ टिलिक्क टल्केर जाँदै छ । बिना योजना सत्ता सम्हाल्न कठिन हुन्छ, निर्वाचन व्यक्तिगत लोकप्रियता र महत्वांक्षाको पैठे जोरी होइन आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । यसको प्रयोगशाला नेपाल बन्नु हुँदैन । सोसल मिडियाले कुनै नेतालाई निर्वाचित गर्ने होइन, वास्तविक मतदाता अझै इन्टरनेटको पहुँच भन्दा बाहिर नै छन् ।
मिडियाबाजीभन्दा टाढा उनीहरुका आफ्नै पीडा, दुःखसँग संघर्ष गरिरहेका छन् । त्यही दुःख पीढा र संघर्षलाई वास्तविक अुनमत गर्न सक्ने अनुभवी नेतृत्व उनीहरुलाई चाहिएको छ । काठमाडौँका तारे होटमा योजना बनाएर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती रंगाउँदैमा त्यही दुरदराका नागरिकको जीवन रंगिँदैन यो यथार्थलाई सबै राजनीतिक दलले आत्मसात गर्नुपर्दछ ।