नेपाल पुलिस स्कुलको ४१ औँ वार्षिकोत्सव

दाङ,२० माघ । नेपाल पुलिस स्कुलले आफ्नो ४१ औँ वार्षिकोत्सव मनाएको छ । घोराही उपमहानगरपालिका–१७ गुलरियामा रहेको स्कुलले मंगलवार ४१ औँ वार्षिकोत्सव समारोहको आयोजना गरेर मनाएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठको सभापतित्व एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव समारोहमा बोल्ने बक्ताहरुले शैक्षिक तथा खेलकुदका क्षेत्रमा विद्यालयले पु¥याएको योगदानको चर्चा गरेका थिए । साथै सहभागी बक्ताहरुले बद्लिदो समयको मागलाई मध्यनजर गर्दै गुणस्तरिय एवं व्यवहारिक शिक्षामा जोड दिन आग्रह गरेका थिए ।

बार्षिकोत्सव समारोहमा स्कुलका प्राचार्य नुमलाल पाण्डेयले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिकोत्सव समारोहमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका करिब ८ सय जना अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले विविध नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्य अवसरमा वर्ष शिक्षक, वर्ष अभिभावक, वर्ष विद्यार्थी र वर्ष प्रहरीको उपाधिसहित सम्मान–पत्र प्रदान गरिएको थियो ।

प्रहरी निरीक्षक रामकुमार केसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो ।