गुरुप्रसाद शर्मा रेग्मी
बितेका विभिन युगको स्थिति र वर्तमान युगको स्थितिको अवलोकनले साफ रुपमा के देखाइदिएको छ भने ज्ञान र विज्ञानको सन्तुलनले मानिसको जीवन स्वर्गीय बनाइदिने र असन्तुलनको जीवन नारथीय बनाई दिँदो रहेछ ।
वर्तमानको युगको अवस्था र व्यवस्थाको अवलोकन गर्दा विगतका दिनमा अज्ञानता थियो । तापनि बढी शान्ति, आनन्द, सुखमय जीवन वेथिति गर्न मानिसलाई सहज र सरल थियो । जसै–जसै ज्ञान मानिसमा बढ्दै गयो । संस्कार, संस्कृति, मूल्यमान्यता आदर्श किन, के–को लागि भन्ने प्रश्न उठ्न थाल्यो । जसले गर्दा मानिसले आफू र आफ्नो पना सबै बिर्सँदै गयो ।
मानिसले आफैले निर्माण गरेको मानव धर्म र उसको मान्यतालाई उपेक्षित र उपह्रास बनाउँदै गएको यथार्थ अनुभव र अनुभूतिले जीवनको उत्तरार्धमा पुगेका हरेक मनुष्यलाई आत्मिक पीडा पुर्याइरहेको हुन्छ । खै के भन्ने भन्न पनि लाज ला ग्ने वर्तमानको अवस्थामा आफ्ना बाबु बाजेले देखेका अनुभव गरेका, छोरा नातिले नपत्याउने अवस्था बन्न गएकाले मानिसको जीवन अफ्ठारो मोडमा पुगेको जस्तो अनुभूति भइरहन्छ ।
तर, पनि मानिसले जीवनमा अनुभूति गरेका पीडाहरु अरुको सामु राखेर आफ्नो तीतो अनुभूतिको पीडा कम गर्न खोज्नु मनोवैज्ञानिक मानिन्छ । वर्तमानले दिएको बढी ज्ञानले हाम्रो संस्कार, संस्कृति, परम्परा सबै कुराको सोच र चिन्तनलाई नयाँ परिवर्तित रुप बनाउने नयाँ प्रवृत्तिको विकास हुँदै गएकाले हाम्रो संस्कार, संस्कृति र परम्परालाई पूर्णरुपमा खलबलाइदिएको छ । जसले गर्दा हाम्रा संस्कार, संस्कृति परम्परामा न मौलिकता रहन भएको छ ।
न परिवर्तित नयाँ रुपमा दुवैको मिश्रित रुपलाई लिएर हिड्नु परेकाले समय खेर जाने र अपव्ययको बोझले मानिसलाई दाबिनु परेको छ । यति मात्र हैन हाम्रो बोलीचाली, नाता गोता तथा चालचलन र व्यवहार समेत फेरिन गएको छ । पुस्तान्तरको जति अन्तर भए पनि बुबाआमा, दिदिभिनाजु, दाजु भाउनु, मामामाइजुमा सीमित हुन गएको छ । यो भन्दा बढी अरु कुनै सुन्न पाइँदैन । नाता सीमित यसको मूल कारणले ज्ञान र विज्ञानको सन्तुलन खलबलिनु नै हो जस्तो लाग्दछ ।
विगतका अज्ञानता भए पनि सबै कुरा आफ्नो संस्कार, संस्कृति, मूल्यमान्यता, परम्पराको परिधिमा रहेर बस्ने गर्दथ्यो । मानिसको आर्दशोन्मुख व्यवहार गर्ने गराउने प्रवृत्ति र प्रकृति भएकाले उनीहरुको जीवन सुख शान्ति र आनन्दको छहारीमा बस्न पाएको देखिन्छ । परिवारका ज्येष्ठ नागरिक एउटा सघन पिपल वृक्ष झै हुने गर्दथे । परिवारका हर सदस्यलाई संयुक्त परिवारको रुपमा सुख शान्ति र आनन्द दिने छहारी मात्र दिएका हुँदैनथे ।
नयाँ अक्सिजनको रुपमा हरेक सदस्यलाई जिम्मेवारिता, सहयोगिता र सहभागिताको, दायित्व बोधको अक्सिजन दिएर उर्जाशील बनाएको हुन्थ्यो । जसले गर्दा ३, ४ पुस्ता सम्मका परिवारका सदस्यरुको बासस्थल र भान्सा एउटै हुने गर्दथ्यो । सबै त्यसैमा अटाएका हुन्थे । वर्तमानको परिवर्तित अवस्था र व्यवस्थाले यस्तो सार्थक मानवीय जीवन बनाउने ज्ञान र विज्ञानको सन्तुलनलाई खलबलाइदिएको छ । यसैले गर्दा आजको मानिसलाई सुख शान्ति खोल्दै हिड्नु परेको छ ।
भन्न त भनिएको छ– यी सबै कुरा समय र परिस्थितिले आफ्नै निर्णय गर्ने गर्न लगाउने कुरा भएकाले यसलाई बहसको विषय बनाउनुथ्यो । कुनै अर्थ हुँदैन भए पनि ती बोलिने नाताहरुमा विगतको जस्तो न आत्मियता हुन्छ न भावनात्मकता नै हुन्छ । जे हुन्छ त्यो औपचारिकता प्रदर्शन गर्ने नता मात्र हुन्छ । बुबाआमालाई प्रातः स्मरणीय भनेर पुजिने गरिन्थ्यो विगतमा भने अहिले त्यो परम्परा उपेक्षित अपहेलित मात्र बन्न न गएर बुबाआमालाई वृद्धाश्रममा परिवार सम्झेर सबै बस्नु परेको देखिन्छ । यो भन्दा ठुलो मानवताको उपहास अरु के हुन सक्छ ।
यतिबेला न परिवारमा वा बाहिर अग्रजहरुप्रति हुनु पर्ने र देखाउनु पर्ने सम्मान र आत्मियता देख्न पाइन्छ । न आदरको भाव नै देख्न पाइन्छ । जो देखिन्छ स्वार्थ र दम्पको तापले गर्दा अर्कालाई देखाउने कुलुषित भाज मात्र देखिने भएकाले नाता र सम्बन्ध पनि । व्यापारिक चक्रब्यूहमा फसेकाले बाबुआमा वा अन्य अग्रजहरुको जीवन गएकाले उनीहरुको नाता पनि बोझ बन्न औपचारिकता प्रदर्शन गर्ने माध्यम जस्तो बन्न गएको छ । वर्तमानको नयाँ परिस्थिति र सोचले सबै क्षेत्रको उदान्ता हराउँदै गएकाले मानवता पनि हराउन थालेको अनुभूति सबैलाई भए पनि प्रतिकरा गर्न कसैले नचाहनु बस्तो विडम्बना हो ।