घरदैलोमा मत माग्दै दीपक गिरी

गोरक्ष समाचारदाता
तुलसीपुर, १८ माघ । नेपाली कांग्रेसका दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले शनिवार बिहान ९ बजेपछि तुलसीपुर उपमहानगरपालिका–१४ मा घरदैलो कार्यक्रम गरेका छन् ।

तुलसीपुर–१४ का इकाई सभापति तथा वडाध्यक्ष शंकर खड्का सहितको टोलीले चौपर्य लगायतका गाउँमा पुगेर घर दैलो गर्दै कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेको हो । चौपर्यका सर्वसाधारणले उम्मेदवार गिरीसँग गाउँमा खानेपानी र सिँचाइको राम्रो प्रबन्ध गरिदिन माग गरेका थिए ।

बिगतमा नौँ महिने कार्यकालमा सिँचाइ मन्त्री हुँदा उम्मेदवार गिरीले जिल्लामा सङ्घीय कार्यालय बृहत दाङ उपत्यका सिँचाइ आयोजनाको कार्यालय स्थापना गरी जिल्लाका विभिन्न भागमा डीप बोरिङ गाड्न तथा बिभिन्न स्थानमा कृतिम जलासय निर्माण गर्न भूमिका खेलेका थिए । त्यस्ले सिँचाइका साथै पानी सञ्चितीकरणमा सहयोग पुगेको थियो ।

जस्को प्रमुख उद्देश्य किसानका खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउनु रहेको थियो । ती डीप बोरिङ र जलासय निर्माण भएका स्थानका किसानले व्यवसायिक र आधुनिक खेती गर्दै आयआर्जन बढाउन थालेका छन् ।

गिरीको पहलमा भएका त्यस्ता विकास निर्माणका पहलले जिल्लालार्ई मरभूमीकरण हुनबाट जोगाउनुका साथै जैविक विविधता संरक्षणमा पनि टेवा पुगेको भन्दै तुलसीपुर–१४ चौपर्यबासीले त्यस्तै बिकासका योजना आफ्नो ठाउँमा ल्याउनका लागि पनि भूमिका खेल्न आग्रह गरेका थिए ।

कांग्रेस नेता गिरी र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पहलमा पछिल्लो समय जिल्लाका नदी तथा खोलामा पक्की पुल निर्माण, कालोपत्रे सडकखण्ड निर्माण, नदी तथा खोलामा तटबन्ध निर्माण जस्ता कार्य भएको हुँदा त्यसले पश्चिम दाङको जनजीवन सहज र सरल बनेको भन्दै स्थानीय मतदाताले त्यस्तै विकासका योजना थपेर जनजीवन सहज र सलर बनाउनका लागि भूमिका खेल्न आग्रह गरेका थिए ।

उम्मेदवार गिरी २०७९ मा पनि निर्वाचित भएका थिए । तर, २०८२ मा हुनु पर्ने निर्वाचन भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको परिणाम झन्डै दुई वर्ष अघि हुन थालेको हुँदा आफूले काम गर्दा गर्दैै ब्रेक लाग्न पुगेको हुँदा आफू फेरि अनोमदन हुनका लागि भोट माग्न आउनु परेको हुँदा रुख चिन्हमा मतदान गरी आफूलार्ई विजयी बनाएमा थप सक्रियताका साथ काम गर्ने गिरीले आग्रह गरेका थिए ।

‘म यो बिचमा मन्त्री हुन पाइन,’ उम्मेदवार गिरीले भने ‘मन्त्री भइदिएको भए तपाईहरूले सोचेको भन्दा बढी काम गरी देखाइदिने थिए ।’ उम्मेदवार गिरीले आफू र कांग्रेसका पक्षमा मतदान गरी विजयी गराउन आग्रह गर्दै त्यही मतको बलले भविष्यमा जिल्लाको विकास निर्माणका लागि पर्ने प्रतिबद्धता जाहेर गरेका थिए । शनिवार दिउँसो उम्मेदवार गिरी तुलसीपुर–१५ का मतदातालार्ई भेट्न घर दैलोमा पुगेर भेटघाट गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।