किन निर्वाचन, किन कांग्रेस ?

सुभाष न्यौपाने

चौतिस दिन बाँकी छ अब निर्वाचन आउन
आतुर छन् नेपाली जनता कांग्रेस जिताउन
फेरिएको छ कांग्रेस अब नगर्नु है सन्देह
माफी माग्दछ कांग्रेस हिजोको जे भो विग्रह
कान समातेर कांग्रेसले उठबस पनि गरिसक्यो
देशको अस्तित्व अब कांग्रेसले नै जोगाउने हो

आम निर्वाचन २०८२ अर्थात् फागुन २१ आइपुग्न अब ३४ दिन मात्र बाँकी छ । यसै बिचमा विभिन्न खालका प्रोपगन्डायुक्त समाचार पनि बजारमा आइरहेका छन् । यस्तो अवस्थामा नागरिकमा कहीँ सन्देह पनि उब्जिरहेको छ । यो मुलुकको समग्र प्रजातन्त्रको आधारस्तम्भ कांग्रेस मुलुकको सङकट मोचन पनि हो ।

यति हुँदा हुँदै पनि राजनैतिक उतारचढावमा भएका परिस्थितिजन्य घटनाहरुले घटना विडम्बना पनि गराएको छ । प्रिय राष्ट्रवादी मतदाताहरु अब यो मुलुकमा कांग्रेस फेरिइसकेको छ । सुध्रिसकेको छ । यो पङ्क्तिकार पनि प्रजातन्त्रकै इतिहास पढेर प्रजातन्त्रको समर्थनमा लागेको हो । त्यसैले फागुन २१ गते हुने सङ्घीय सदनको निर्वाचन शङ्का मोचनको लागि महाकाल हो भने सङ्कट मोचनको लागि महाकाल स्वरुप भनेकै नेपाली कांग्रेस पार्टी हो । यसका सबै उम्मेदवारहरु महाकालका प्रत्यष रुप हुन् ।

स्मरण रहोस्, यस पटकको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दर्ता गर्न पुगेका नेपाली कांग्रेसका उम्मेदवारहरु सबै अग्निपरीक्षा पास गरिसकेका कसीमा घोइिसकेका, वेदागी सुन हुन् । घुस, भ्रष्टाचारलगायतको कुनै पनि व्यक्तिहरु नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार छैनन् भने समानुपातिकतर्फ पनि छनोटका सबै उम्मेदवारहरु योग्य र समावेशी क्लस्टरका छन् ।

आजसम्मको नेपालको आन्दोलनको इतिहासमा मुलुकमा प्रजातन्त्र र राष्ट्रियताको अस्तित्वको रक्षार्थ लढ्ने दल भनेकै नेपाली कांग्रेस हो । यस सम्बन्धमा पढ्यो भने इतिहास आफैँ बोल्छ । फागुन २१ गते हुने नेपालको आम निर्वाचन मुलुकको लागि प्राणवायु हो भने नेपाली कांग्रेस सञ्जीवनी बुटी हो । जसलाई घोटेर चटाउनैपर्छ । अर्थत् उसले नेतृत्व पाउनैपर्छ ।

हामीले देखिरहेका छौँ, नेपालमा अन्य बामपन्थी राजनैतिक दललगायत अन्य दलहरुमा पार्टीका विपक्षी साथीहरुमाथि उनीहरुको पहिचान नै नरहने गरी आक्रमण भइरहेको छ भने नेपाली कांग्रेस पार्टीमा असन्तुष्ट पक्षले विशेष महाधिवेशन बोलाएर सम्पन्न गरेर नेृतत्व परिवर्तनको सफलताको नयाँ इतिहास लेखिसक्यो ।

असन्तुष्ट पक्षले काठमाडौंमा सम्पन्न गरेको विशेष महाधिवेशनको भेलाले नेपाली जनचाहनालाई सम्भव भएसम्म सम्बोधन गर्ने प्रयास गरेको छ । जनता चाहना अनुरुप निर्वाचन घोषणापत्र तथा पार्टीका राजनैतिक प्रतिबद्धतापत्रहरु तयार गरेर रहेको छ । त्यसैले हामी अब निःसन्देह निर्वाचनमा जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ ।

जेन–जी आन्दोलनको महङ्खव र मर्मलाई बुझेर नवनिर्वाचित नेपाली कांग्रेस नेतृत्व अब आफ्नो विगतका गल्तीहरु जनताकै नाममा सच्याउने वाचा कै साथ निर्वाचनमा होमिइसकेको छ, किमार्थ गल्ती नदोहोरिने वाचाका साथ विश्वास दिलाउन चाहन्छ । हामीले त्यसलाई विश्वास गर्नु पनि पर्छ । नेपाली राजनीतिको कुनै कालखण्ड नेपालको स्थिरता र विकासको चक्रव्युहको भुमरीमा परेको नेपाली कांग्रेसको परिवर्तीत नेतृत्वले स्पष्टसँग बुझ्न सकेकै कारण वेदागीहरुलाई मात्र उम्मेदवार बनाएको छ ।

जसरी सरकार निर्वाचन सम्पन्न गर्न र सुरक्षा प्रशासनलाई सम्बन्धित स्थानसम्म पुग्ने वातावरण तयार गरेर मुलुकमा संसद पुनःस्थापनाको पक्षमा सुरु भएको बहस कतै नेपाललाई सधैँ अस्थिरताको भुमरीमा घुमाइरहने खेल होइन ? मुलुकको स्थायित्वको ढोका बन्द गर्ने आधार भनेकै लोकतन्त्रमा निर्वाचन हो । निर्वाचनको मुखमा आएर संसद् पुनःस्थापना भन्दै गरेको प्रदर्शन र बहसले मुलुकमा अस्थिरता अझै नसकिने हो कि भन्ने आशङ्का बढिरहेको छ भने नेपाली कांग्रेस त्यही अस्थिरताबाट मुलुकलाई निकास दिन निर्वाचनमा अगाडि बढिरहेको छ ।

जेन–जी आन्दोलनपश्चात् आन्दोलनलाई सम्बोधन गर्नसक्ने गर्ने पात्रको रुपमा जसरी निर्वाचन घोषणासँगै उम्मेदवारी दर्ता गरेर दलीय उम्मेदवार बन्न पुगे ती राष्ट्रघाती हुन्, जेन–जीघाती हुन् । तिनीहरु मदर टेरेसा वा वारवरा एममस समूहका सदस्य भएको पुष्टि भइसकेको छ भने ती सबैको नेतृत्व रास्वपा भन्ने नयाँ राजनैतिक दलले गरिरहेको छ । अब भन्नुस् रास्वपा भन्ने भाँडा राजनैतिक दल कतिको राष्ट्रवादी रहेछ ?

महावीर पुन, जगदीश खरेल, कुलमान घिसिङहरु मुलुक सङ्कटमा परेको बेला सङ्कट मोचन गर्न आएका होइनन् । खोई यिनीहरु सङ्कट मोचनमा जुटेको ? खोई यिनीहरुले आफ्नो अभिभारा पूरा गरेको ? हिजो आन्दोलनको क्रममा तोडफोड र विध्वंश गर्ने भन्दा यी अपराधी हुन । यी राष्ट्रघाती हुन् । आउँदो निर्वाचनमा यस्ता देशद्रोही र यिनलाई संरक्षण तथा नेतृत्व दिनेलगायतका राष्ट्रघाती सबैलाई नेपाली जनताले चिनेर कारबाही गर्नुपर्छ । मुलुकलाई सङ्कटबाट निकास दिनुपर्छ ।

अहिले चर्चामा आएको राजनैतिक दल र विदेशी त्यसमा पनि पश्चिमाहरुको दलाल, होली बनाइनुका पक्षपोषक तथा नेपालको धर्म, संस्कृति तथा परम्पराका विरोधीहरु रहेछन् । जो नेपाललाई सिध्याउन आएका रहेछन्, ती सबै कुरालाई बुझेर हामी हाम्रो नेपाल अखण्ड नेपालको निमित्त आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा वीपी कोइरालाले सूत्रपात गरेको प्रजातान्त्रिक समाजवादको अवधारणा बोकेको पार्टी जसले निरन्तर मुलुक र जनताको पक्षमा आन्दोलन ग¥यो, सङ्घर्ष ग¥यो, क्रान्ति ग¥यो, जुन पार्टीले गणेशमान, सुवर्ण र किसुनजी जस्ता नेताहरुको त्यागको गाथा पढ्न सिकायो त्यस्ता पार्टीका उम्मेदवारहरुले मानवीय स्वभाव अनुसार सामान्य सच्चिन सक्ने, गल्ती नगर्लान् भन्न सकिँदैन ।

मुलुक र जनतामाथि नै घात हुने गरी राष्ट्रघाती अपराध गर्ने छैनन् भन्ने विश्वासका साथ नेपाली कांग्रेसका उम्मेदवारलाई रुख चिह्नमा मतदान गरेर विजयी बनाउन सके हामी सबैको भलो हुने कुरामा दुईमत छैन । किनभने नेपाली कांग्रेसले आफूलाई दोस्रो विशेष महाधिवेशन अनुसार बदलिसकेको छ । रुपान्तरण गरिसकेको छ । अब राष्ट्र निर्मातामा खाका कोर्न बाँकी छ ।

नेपाली कांग्रेसले यस पटकको निर्वाचनलाई आफूलाई सुधार्दै र जेन–जीहरुको सम्मानका साथ नवीन यात्रा सुरु गरेको छ । जुन यात्रा मुलुकको सङ्कट मोचनको एक मात्र बलियो आधार पनि हो । विना लक्ष्य स्याल हुइँयाका साथ सडकमा देखिएका झुण्डहरु बाटो छेक्ने समूह मात्र हुन् । उनीहरुसँग न गति छ, न लक्ष्य नै ।

वर्तमान अन्तरिम सरकार मन्त्री बन्ने र फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार बन्ने जुन ताँती देखियो त्यो सबै झुण्डमा विम्ब देखियो, मदर टेरेसा र वाखरा एडमसको विम्ब तर जसलाई हामीले मुलुक बिगार्नेमा पहिलो नम्बर भनेर गाली गथ्र्यौँ, उनीमा त्यो विम्ब देखिएन ।

त्यसैले हामीले बुझ्नु पर्ने कुरा मुलुकको भइराखेको अवस्थाबाट माथि उठ्नको लागि वर्तमान अवस्थाबाट अझ गहिरो खाडलतिर लैजाने भन्ने प्रश्न लिएर आगामी फागुन २१ मा सम्पन्न हुने आम निर्वाचन हाम्रो सामु आइरहेको छ भने प्रश्नले उत्तर लक्षित गरिसकेको छ, नेपाली कांग्रेस नयाँ नेतृत्वका साथ सुध्रिएर आइसक्यो, अब हामी अलमलमा नपरी नेपाली कांग्रेसबाट मुलुक रुपान्तरणको मार्ग रोज्नु नै उत्तम विकल्प हो ।

नेपाली कांग्रेसले आफूलाई झुसिल किराबाट पुतली बनाइसकेको छ । त्यसैले हामी सबैले अब मुलुक पनि पुतली जस्तै बनाउने विश्वास गर्दै आगामी फागुन २१ मा हुने निर्वाचनमा नेपाली कांग्रेसको रुख चिह्नमा मतदान गर्नु नै उत्तम विकल्प हुनेछ । विनालक्ष्य व्यक्तिको झुण्डले कसरी यो मुलुकका युवाहरुको मन चोर्न सफल भयो ? यो भ्रामक गतिविधि कसरी अघि बढिरहेको छ ? त्यो पनि भण्डाफोर हुने नै छ ।

किनभने भावी प्रधानमन्त्रीको रुपमा रास्वपाले उम्मेदवारी दर्ता गर्दै गर्दा निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारी शुल्क बुझाउनुपर्छ भन्ने समेत हेक्का नराखेर आफू प्रक्रियया के के पु¥याउनुपर्छ भन्ने समेत ख्याल नगरी बालेन उम्मेदवारी दर्ता गर्न जानु कति सुहाउने कुरा हो ?

नेपाली कांग्रेसले राष्ट्रिय झण्डाको अपमान नहुने गरी झण्डाको प्रयोग गर्न नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आग्रहसमेत गरेको छ । वर्तमान राजनीतिक अवस्थामा आफूलाई रुपान्तरण गरेर झुसिल किराबाट जसरी पुतली बनाउन सपल भएको छ त्यसैगरी मुलुकलाई पनि रङ्गीचङ्गी फूलबारी बनाउने सपना बोकेर, जेन–जी आन्दोलनको महङ्खव र आवश्यकताको सम्मान गर्दै मुलुकको पुनःनिर्माणको खाकाका साथ अगाडि बढिसकेको हुँदा आउँदो फागुन २१ गतेको निर्वाचनले रुख चिह्नमा मतदानको अपेक्षा गरेको छ । त्यही नै मुलुक र मुलुकवासीको उत्तम विकल्प हो ।