महिला संघ क्षेत्र नम्बर २ को बैठक

गोरक्ष समाचारदाता
दाङ, १३ माघ । नेपाल महिला संघ क्षेत्र नम्बर २ को बैठक सम्पन्न भएको छ । संघका अध्यक्ष सुशीला पौडेलको अध्यक्षता एवम् महिला नेतृ अनिता देवकोटाको प्रमुख आतिथ्यतामा भएको हो ।

बैठकले आसन्न प्रतिनिधि सभा सदस्यका लागि फागुन २१ गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का उम्मेद्वार किरणकिशोर घिमिरेलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेको छ । बैठकमा बोल्दै महिला नेतृ देवकोटाले प्रचार प्रसारलाई तीव्रता दिँदै आआफ्नो ढङ्गले ‘म आफैँ उम्मेदवार हुँ’ भन्ने सोचले नेपाली कांग्रेसका घिमिरेलाई विजय गराउनतर्फ लाग्न आग्रह गरिन् ।

बैठकमा नेपाली काग्रेसका महासमिति सदस्य सुशीला थापा, नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुन योगी, सदस्य एवम् महिला विभाग प्रमुख बिमला शर्मा, महिला संघका महाधिवेशन प्रतिनिधि निरजा पोख्रेल, शान्ता घिमिरे शर्मा, दाङ महिला जेसीजका निवर्तमान अध्यक्ष अनिता ढकाल, मिना विष्ट, प्रभा केसी, दाङ महिला जेसीजका अध्यक्ष अर्चना शर्मा, अन्जना मल्ल, महिला संघ जिल्ला सदस्य निर्मला गौतम रेग्मी, मानव कल्याणकी कोषाध्यक्ष रिमा शर्मा, महिला संघका योशोदा गौतमलगायतले भनाइ राखेका थिए ।

उनीहरूले नेपाली कांग्रेस पार्टी बदलिएको भन्दै पार्टीले सबैको पक्षमा अधिकारका विषयमा लागिपर्ने बताएका थिए । देश बदलिने अठोटका साथ पार्टी भित्र पनि परिवर्तन गरेको भन्दै नेपाली कांग्रेसका उम्मेद्वारलाई अत्यधिक मतले विजय बनाउनुपर्ने उनीहरू बताएका थिए ।कार्यक्रममा नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य प्रदीपराज शर्मा र लीला नेपालीलाइ बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।