लोक भजन चुट्का संरक्षण प्रतिष्ठानको बैठक

दाङ,१० माघ । राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल नगर समितिको बैठक घोराहीमा बसेको छ ।

समितिको पहिलो वैठक शनिवार घोराहीको अम्विकेश्वरीमा भएको हो । समितिका अध्यक्ष लक्ष्मी आचार्यको सभापतित्ब तथा अम्विकेश्वरी मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कुमोद पोख्रेलको प्रमुख आतिथ्य एवं हिन्दू विद्यापीठ नेपालका प्राचार्य पिताम्बर रिजालको विशिष्ट आतिथ्यमा बैठक बसेको हो ।

बैठकमा समितिका कोषाध्यक्ष डा मनोज अधिकारी, सल्लाहकारहरू रामहरि रिजाल, केशब रिजाल, गोविन्द पौडेल, उपाध्यक्ष नुमाकान्त पाण्डेलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने नयाँ कार्यसमितिलाई माइन्ट बुझाइएको थियो । कार्यक्रमको सहजीकरण सचिव जीवा भुषालले गरेका थिए ।