स्मृति ग्रन्थको लोकार्पण

गोरक्ष समाचारदाता
तुलसीपुर, ९ माघ । प्रतिष्ठित व्यक्तित्व स्व. देवबहादुर केसीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थको लोकार्पण गरिएको छ । केसीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थको बिहिबार तुलसीपुरमा लोकार्पण गरिएको हो ।

दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानले स्व. केसीको जीवनमा आधारित स्मृतिग्रन्थ प्रकाशित गरेको हो । स्मृतिग्रन्थको लोकार्पण गर्दै पूर्व सिँचाइमन्त्री दीपक गिरीले स्व केसीको जीवन पछिल्लो पुस्ता सबैका लागि प्रेरणादायी बनेको बताएका थिए ।

पूर्वमन्त्री गिरीले केसीले सामाजिक तथा राजनीतिक रूपमा खेलेको भूमिकाको प्रशंसा गरे । १९८ साल चैत २६ गते जन्मिएका केसीको २०१ माघ ८ गते निधन भएको थियो । उनको निधन भएको एक वर्ष पुगेको अवसरमा स्मृतिग्रन्थ प्रकाशित गरी लोकार्पण गरिएको हो ।

स्मृतिग्रन्थका संरक्षक डिल्लीबहादुर केसीको अध्यक्षतामा कार्यक्रममा तुलसीपुरका प्रमुख टीकाराम खड्का, बाल अधिकारकर्मी नवराज लामिछानेलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव नारायणप्रसाद शर्माले गरेका थिए ।