दाङ कांग्रेस सभापति डाँगीलाई मातृशोक

गोरक्ष समाचारदाता
दाङ, ९ माघ । नेपाली कांग्रेस दाङका सभापति शङ्करप्रसाद डाँगीलाई मातृशोक परेको छ । जिल्ला सभापति डाँगीकी ममतामयी आमा हरिकुमारी डाँगीको ८० वर्षको उमेरमा निधन भएको हो ।

डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा बिहिबार बिहान करिब ९ः३० बजे निधन भएको नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले जानकारी दिएका छन् । सचिव योगीका अनुसार डाँगीलाई निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

स्व. हरिकुमारीका दुई छोरा र चार छोरी छन् । श्रीमान्को पहिले नै निधन भइसकेको छ । नेपाली कांग्रेस दाङका सभपाति शंकर डाँगी ज्येष्ठ सुपुत्र हुन् । स्व. हरिकुमारीको पार्थिव शरीरलाई चितवनस्थित देवघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । काजकिरिया भने शान्तिनगर गाउँपालिका–२ स्थित पुरानो घरमा हुने भएको छ ।

यसैबिच कांग्रेस दाङले दुःख व्यक्त गरेको छ । कांग्रेस दाङका सचिव अर्जुनकुमार योगी र बालिका लम्सालले शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।