युवराज शर्मा
नेपालमा राजनीतिक दलहरु धेरै छन् । तिनीहरु मध्ये पुराना दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (अहिले नेकपा बनेको संयोजक प्रचण्ड) राप्रपा रास्वपा जस्ता दलहरु चुनावी मैदानमा छन् ।
मधेशवादी दलहरु टुक्रिदै गएका छन् । सबै दलहरुका आ–आफ्नै सिद्धान्त, नीति, विधान भए पनि कुनै दलको स्पष्ट बहुमत आउने नेपालको संविधान २०७२ ले देखाउन्न । यदि समयमा निर्वाचन भयो भने संख्या ठुलो र सानो हुने मात्र हो । वर्तमान परिस्थितिलाई हेर्दा दलहरुका नेताहरुको कार्यशैली जनतामुखी पाइन्न ।
२००७ सालदेखिको राजनीतिलाई हेर्ने हो भने राजा मेहन्द्र शाहको शासनकाललाई जे जस्तो भने पनि महेन्द्र राजमार्ग नै विकासको आधार बन्यो । जो आज पनि सडक मार्गलाई महत्व दिइन्छ । विकासको सम्बन्ध स्थापनाका लागि सडक मार्ग हो भने जीवनयापनका लागि खानेपानी महत्वपूर्ण छ । जीवनमा सरलता ल्याउन गाउँ सहर बजारमा विद्युतीयकरण आवश्यक भएको छ भने खाद्य समस्या टार्न सिँचाइ कुलो पक्की बन्नुपर्छ ।
सिमसार क्षेत्रको सुरक्षा, व्यवस्थापन र त्यस्ता जलासयहरुको मर्मत निर्माण हुनुपर्छ । नेता र कार्यकर्ताहरुले भोट माग्न गाउँघरमा पुग्छन् तर उनीहरुले मतदानका लागि दलको प्रंशसा गर्छन् । झुठा आँखासन बाट्छन् । जनताको नजरमा नेता र कार्यकर्ताहरुले ढाट्ने गरेको इतिहास जनताले सुन्दै आएका छन् । निर्वाचनका समयमा विकासको झल्को देखाउँछन् ।
जनतालाई गाउँ सहरमा कस्ता समस्याहरु छन् । त्यस सम्बन्धमा बोल्दैनन् । प्रतिनिधि सभाको सांसद भएपछि कानुन निर्माण गर्ने हो तर १६ वर्ष सत्तामा बसेका दलहरुमा सिद्धान्त र नीति नियमहरुको पालना गर्दैनन् । लोकतान्त्रात्मक गणतन्त्र भने पनि लोकल्याणकारी वातावरण गाउँ सहर बजारमा पाइन्न ।
करिब ७० वर्षको अवधिमा जनतामा चेतना जगाउन सकेको कुनै दललाई जनताले देखेनन् । गाउँ सहरका जाली फटाहरुलाई धन पैसा बाटेर भोट किन्दै आएका र मासुभात खुवाएर जनता सामुबाट सत्तामा पुगेर रजाई गरेका उम्मेदवारहरु मात्र नागरिकले देख्न पाएका छन् । गणतन्त्रका नेताहरुमा नेपाली कांग्रेसका शेरबहादुर देउवा नेकपा एमालेका केपी शर्मा ओली र वर्तमान समयमा नेकपाका संयोजक पुष्पकमल दहाल प्रचण्डहुन् ।
यिनीहरुलाई देशको मायाभन्दा धनपैसा जम्मा गर्ने माया ठुलो छ । नेपाली कांग्रेसका मार्ग दर्शक वीपी कोइराला हुन् । जसले नेपाली कांग्रेसलाई सिद्धान्त, नीति र लोकतान्त्रिक वातावरण बनाउनु पर्ने निर्देशन दिएका थिए । त्यस्ता विषयवस्तुमा नेता र कार्यकर्ताहरुले राम्रो अध्ययन गर्न सकेनन् । उनीहरुले धन पैसा कमाउने अवसर मात्र हेरे । यसले जनमानसमा दलप्रति नकारात्मक धारणा जनतामा पर्न गयो । यी तीन दलका नेताहरुले आपसी मिलोमोतोमा राज्यशक्तिको दोहन दुरुपयोग मात्र गरे ।
अझ नेकपा माओवादीले दश वर्षे द्वन्द्व चर्काएर जनता मारकाट काम ग¥यो । त्यो पनि भारतको सहयोगमा आफ्नै देशका जनता मारेको इतिहास रच्ने पुष्पकमल दहाल प्रचण्ड भएका थिए । नेकपा एमालेका नेता खड्गप्रसाद शर्मा ओलीले नेपाली इतिहासमा टुक्का उखाने प्रधानमन्त्री भए । कहिले प्रचण्ड र कहिले शेरबहादुरसँग काँध जोडेर प्रधानमन्त्री बन्दै रहे । पदको दुरुपयोग गर्नेमा प्रमुख नेता बन्न सके तर नेपालको जेन–जी आन्दोलनले गर्दा प्रधानमन्त्री पदबाट राजिनामा दिएर भगौडा भए ।
सेनापति अशोकराज सिग्देलले सुरक्षा नदिएको अवस्थामा उनले के गर्ने विचार गर्थे, भन्न सकिन्न । एउटा सन्की नेता भयो भने जनताले बलिदान दिनुपर्छ । नेताबहादुर बन्छ त्यसैले होला जेन–जी पुस्ताले गोली खानु परेको थियो ।
वर्तमान समयमा यि तीनै दलका नेताहरु जनताप्रति उत्तरदायी बन्न सकेनन् । जेन–जी पुस्ताले अगाडि सारेको व्यक्ति पनि जेन–जी पुस्ताप्रति उत्तरदायी देखिएनन् । जेलबाट धरौटीमा निस्किएका रवि लामिछाने माथि शिरमा तरवार टङगिएको छ । काठमाडौँ रमहानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) लाई झापा–५ निर्वाचन क्षेत्रबाट (मेयर पदबाट राजिनामा दिएर) उम्मेदवार छन् ।
यो क्षेत्र केपी शर्मा ओलीको हो । उनको हैकमबाट चलेको ठाउँ हो । त्यहाँ बसाई सरेर पहाडबाट आएका व्यक्तिहरु धेरै छन् । जसमा चेतनाको कमी छ । आर्थिक दृष्टिले हेर्दा विपन्न वर्गको संख्या धेरै छ । जो त्यहाँका फटाहाहरुको दबाबमा छन् । बालेन तराई मुलकका व्यक्ति हुन् । उनको प्रभाव कसरी पर्छ ? हेर्न बाँकी रहेको छ । नेता पुष्पकमल दहाल प्रभण्डले जिल्लाहरु छान्दै छन् ।
टुडेलधुरामा शेरबहादुर देउवा र सागर ढकालको बिचमा प्रतिस्पर्धा हुँदै छ । गत निर्वाचनमा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । उनले प्रशासनको शक्ति लगाएउर सागरलाई प्रचार गर्न रोकेका दृश्यहरु ताजै छन् । अहिले सुशीला कार्की प्रधानमन्त्री पदमा छिन् । उनको प्रशासनिक कार्य झापा–५ निर्वाचन क्षेत्रमा र डडेलधुरा निर्वाचन क्षेत्रमा कस्तो हुने हो ? हेर्न बाँकी छ । दुवै निर्वाचन क्षेत्रमा हेवीवेटका व्यक्तिहरु छन् ।
यस पटकको निर्वाचनमा मतदान कुन दललाई गर्ने हो ? जनता रनभुल्लमा छन् । उनीहरुमा चेतनाको अभाव छ, निर्वाचनले के उपलब्धी जनतालाई हुन्छ ? तत्सम्बन्धमा नागरिकलाई ज्ञान छैन । पहाडी भेगमा बसेकाहरुलाई मतदान गर्ने ठाउँमा पाकेको मासुभात र रक्सिमा रमाउँछन् । दलको वास्ता हुँदैन । मासुभात र रक्सिमा धेरै रमाउने रगरेको पाइन्छ । आफ्नो भोट कुन दललाई दिनु पर्ने हो ? त्यस्तो ज्ञान गराउने कार्यकर्ताको महत्वपूर्ण भूमिका हुन्छ ।
एकाएक भोट परिवर्तन हुन्छ । दलहरु मिलेर निर्वाचनमा जान सक्छन् । निर्वाचन समयमा मिल्न गएपछि मतदाताहरु अन्यौलमा पर्छन् । फटाहाहरुले उम्मेदवारबाट पैसाले भोट बेच्छन् । यो रोग परापूर्वदेखि गर्दै आएका छन् । नेताको मुख्य उद्देश्य पनि साम, दाम र दण्ड भेद नीति अपनाएर निर्वाचनमा विजय हुने नै हो । उनीहरुले जनताको भलो चाहने भए २००७ सालदेखिका निर्वाचनमा कति जनताको भलो भयो र ? सबै नेताहरु सत्तामा पुग्ने र धनपैसा जम्मा गर्नेमा सीमित भए । उनीहरु दलको कार्यकर्ता भए पनि लोभी लालची बन्छन् ।
निर्वाचन प्रक्रियाबाट पद पाइने लोकतान्त्रिक पद्धति हो । यसले मानव विकास गर्ने आधार भए पनि कुन दललाई मतदान गर्ने ? भन्नेमा जनतामा कनफ्यूजन छ । उनीहरुलाई जुन दलले मन जित्न सक्छ, त्यसै दलमा समावेश हुन्छनन् । निर्वाचनमा प्रचारको महत्व भए पनि चेतनाकरण दलहरुले जनतालाई गराउन सकेका छैनन् । त्यस्ता जनताको संख्या धेरै छ । पढेलेखेका भए पनि प्रभावमा धेरै प्रभावित भएको देखिन्छ । तसर्थ उम्मेदवार सचेत हुन जरुरी छ ।