Goraksha

National Daily

दीर्घकालीन खानेपानीको सङ्कट टार्न सबै लागौँ : अध्यक्ष वली[अन्तर्वार्ता]

जिल्लाका विभिन्न क्षेत्रमा खानेपानीको सङ्कट बढद्ै गएको छ । त्यससँगै तुलसीपुर क्षेत्रमा पनि जनघनत्व दिन प्रतिदिन बढ्दै गएको छ । विभिन्न कारणले गर्दा खानेपानीले गर्दा खानेपानीका मुहान सुक्दै गएपछि पानीको सङ्कट बढ्दै गएको छ । खानेपानीको परम्परागत मुहान सुक्दै गएको अवस्था छ । जिल्लाको तुलसीपुर क्षेत्रमा पनि विभिन्न समयमा खानेपानीको सङ्कट टार्नका लागि भन्दै विभिन्न कार्यक्रम र विभिन्न खानेपानी संस्थाले विभिन्न योजना अगाडि सारेका छन् । तुलसीपुरमा खानेपानीको माग दिनप्रतिदिन बढ्दै छ । खानेपानीको मागसँगै धाराको माग पनि धेरै छ ।
संविधानले हरेक नागरिकलाई शुघ खानेपानी प्राप्त गर्नु मौलिक अधिकारको रुपमा लिएको छ तर त्यसको प्रत्याभूति भने जनताले गर्न सकेको छैनन् । अहिले पनि सबै जनताको पहुँचमा खानेपानी पुग्न सकेको छैन । धेरैले शुद्ध खानेपानी पनि पाउने अवस्था छैन । सरकारले नीति नियम बताउँछ तर प्राप्त बजेट नहुँदा धेरै खानेपानी संस्थाले सोचे जस्तो पानी प्राप्त वितरण गर्न सकेका छैनन् । सरकारले एक घर एक धारा अभियान सुरु गरे पनि त्यो भने सफल हुन सकेको छैन ।
भर्खरै अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर उपमहानगरपालिका वडा नं. ३, ८ र ९ को निर्वाचन सम्पन्न भएको छ । यसअघि खानेपानी संस्थाको विभिन्न पदमा काम गरेर हालै अध्यक्षमा निर्वाचित अमृतपुर खानेपानी संस्थाको अध्यक्षमा दशरथ वली निर्वाचित भएका छन् । उनका सामु धेरै चुनौती र अवसर पनि छन् । वर्तमान खानेपानीको अवस्था, भावि योजना र अब शुद्ध खानेपानी तथा निःशुल्क खानेपानीको उपलब्धतालगायतका विषयमा दशरथ वलीसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार सङ्क्षेप ।
— स्वागत छ यहाँलाई सातावार्तामा ?
धन्यवाद यहाँ अनि यहाँको पत्रिकालाई मेरा कुरा राख्न दिएकोमा ।
— संस्थाको विभिन्न पदमा हरेर अहिले अध्यक्षको जिम्मेवारीमा उपभोक्ताले निर्वाचित गराएका छन्, अध्यक्षको जिम्मेवारी प्राप्त गर्नु भएको छ कस्तो अनुभूति गर्नुभएको छ ?
मलाई यस अघि पनि उपभोक्ताज्यूले सचिव पदमा निर्वाचित गराउनुभएको थियो । अहिले पनि फेरि मलाई विश्वास गरेर निर्वाचनमार्फत् अध्यक्षको जिम्मेवारीमा पु¥याउनु भएको छ । हामीहरूले यस अघि र अब पनि खानेपानीका विभिन्न योजना अगाडि सारेको अवस्था छ । फेरि पनि पहिलो पटक मलाई यो जिम्मेवारी दिई अहिले सञ्चालन भएका योजना पूरा गर्ने र खानेपानीको विकास र विस्तारमा काम गर्नका लागि यो जिम्मेवारी मेरो काँधमा आइपुगेको छ । यो जिम्मेवारीसँगै म माथि अवसर चुनौती दुवै थपिएको छ ।
पक्कै पनि हामीहरूले सुरु गरेका विभिन्न गौरवका योजना पूरा गर्न र थप योजना ल्याएर खानेपानीको समस्या सामाधानका लागि धेरै कुरा गर्नु पर्ने छ । मलाई सबैले विश्वास गरेर अध्यक्षमा निर्वाति गरेर काम गर्ने अवसर प्रदान गर्नुभएकोमा सबैलाई धन्यवाद पनि दिन चाहान्छु । मैले आफ्नो कार्यकालमा खानेपानी संस्थाको दिगो विकास र खानेपानीको समस्या समाधानका लागि पहल गदमी गर्ने छु ।
निर्वाचन हो निर्वाचनको क्रममा प्रतिप्रर्धा हुनु स्वभाविक हो । यसमा एउटाले जित्ने अर्कोले हार्ने हुन्छ अब निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचनमा जे जस्तो भए पनि अब हामीलाई सबैको साथ सहयोग आवश्यक पर्छ म सबैको साथ सहयोग लिएर अगाडि बढ्ने छु । उपभोक्ताज्यूको यो अभिमतलाई मैले शिरोधार्य गरेर अब हामी संस्थाका पदाधिकारी खानेपानीको सहज आपूर्ति र उभोक्ताज्यूको हितमा लाग्ने छौँ ।
— तपाईका भावि योजना के–के छन् त्यसलाई कसरी पूरा गर्ने सोचमा हुनुहुन्छ ?
हामीहरूले चुनावमा उपभोक्ता माझ गरेका प्रतिबद्धता धेरै छन् । पहिलो कुरा त हामी माँझ धेरै कुरा गर्न बाँकी छन् । यस अघि सुरु भएका महत्वपूर्ण योजना हामीले पूरा गर्नु पर्ने छ । हाम्रो भावियोजनामा हामीले २०८१ सालदेखि सुरु गरेको सहलगानी अन्तर्गतका काम २०८३ सालसम्म पूरा गर्नु पर्ने छ त्यसमा हामी लागेका छौँ । सेवा क्षेत्रभित्र ५ वटा सिस्टममा रिजर्भ टङ्किहरू निर्माण फिल्टर टङ्कीहरू निर्माण र पाइपलाइनहरू विस्तार भइरहेका छन् ।
त्यस्तै कार्यालय भवन निमार्णदेखि अन्य कामहरू भइरहेका छन् । यिनी योजनाहरूलाई सम्पन्न गरी खानेपानीका मुहानहरू संरक्षण गर्दै नयाँ मुहानहरू र वैकल्पिक पानीका स्रोतहरू खोजी गर्दै मागअनुसार खानेपानी सहज वितरण गर्ने हाम्रो भावि योजना छन् । आयोजनाको ७० प्रतिशत र उभोक्ताहरूको ३० प्रतिशत लागतमा कामहरू भइरहेका छन् ।
— तपाईहरूको खानेपानीका मुख्य स्रोतहरू के–के हुन् सहलगानी कहाँसम्म पुगेको छ ?
हाम्रो मुख्य स्रोत भनेका प्राकृतिक खानेपानीका मुहान नै हुन् । त्यसका साथै केही सिम्वोल छन् । हामीहरूले अहिले उभोक्ताहरूलाई तुलसीपुरका विभिन्न स्थानमा रहेका विभिन्न परमपरागत खानेपानीका मुहान तामाखानी, भ्रmाँग्री ढुङ्गा, गिटेपानी, जलुके मुहान, २ वटा सिम्वोल नै हुन् । त्यस्तै सहलगानीअन्तर्गत मैले पहिले पनि भने विभिन्न टङ्किहरू निर्माण, मुहानदेखि उपभोक्ताको धारासम्म पाइपलाइन विस्तारलगायतका काम अगाडि बढेका छन् ।
— खानेपानीको मुहान संरक्षणमा के–के गर्न आवश्यक छ ?
हाम्रो मानव जीवनमा मुख्य कुरा पानी नै हो । पानीका स्रोत बर्सेनि घटिरहेको विषयमा सबै पक्ष गम्भीर हुनुपर्छ । पानीका मुहान संरक्षणमा हामीले केही योजना बनाएर काम गरिरहेका छौँ । पानीका मूल संरक्षणका लागि वृक्षारोपनदेखि विकास निर्माणका क्रममा ध्यान दिनु पर्ने हुन्छ । जथाभावि उत्खन्नदेखि बोटबिरुवा जोगाएर कसरी विकाससँगै विनास कम गर्ने कसरी जोगाउने पूर्वाधार निर्माण गर्दा पानीको प्राकृतिक मार्ग विनाश गर्नु हुँदैन भन्ने सबैले सोच्नु पर्छ ।
त्यसका लागि हामीले खबरदारी गर्दै आएका छौँ । अब यसमा उपभोक्ता पनि सचेत बन्नु पर्छ । सबै क्षेत्रका बासिन्दा पानी सञ्चय र पुनर्भरणमा सचेत रहनुपर्छ । पानी संरक्षणका ठाउँ–ठाउँमा साना–ठूला पानी सञ्चय गर्ने भण्डार बनाउनेलगायतका योजना भएमा धेरै राहत हुन्छ, यसमा स्थानीय सरकारले विशेष रूपमा काम गर्नु पर्ने हुन्छ । जल आपूर्ति प्रणालीलाई अक्षुण्न राख्न पानीका स्रोत संरक्षण गर्नुपर्छ । यसो गरेमा मात्र मानिसलाई पिउन तथा सिँचाइका लागि पानीको आपूर्ति हुन्छ । खानेपानीका परम्परागत मुहान बचाई राख्न सबै लाग्नु पर्छ ।
— अहिले कति धारा वितरण भएका छन् कति धाराको माग छ ?
अहिले हाम्रो संस्थामा चार हजार तीन सय धाराहरू वितरण भएका छौँ । खानेपानीको माग अत्याधिक छ । दिन प्रतिदिन घर निर्माण भइरहेका छन् । मानिसलाई चाहिने पहिलो कुरा खानेपानीपनि हो । धाराको माग धेरै मात्रामा छ र हामीहरूले नयाँ मुहान र स्रोतको व्यवस्था नगर्दा सम्म थप धाराहरू वितरण गर्न सक्ने अवस्था कमै छ । हामीहरूले थप स्रोतहरूको खोजी गरेर खानेपानीको मागलाई र धारा जडानको कामलाई अगाडि बढाउने छौँ ।
— खानेपानी मुनाफा रहित संस्था हो तर यसैलाई राज्यले कर लगाउने नीति लिएकोे छ के भन्नु हुन्छ ?
खानेपानी सेवामूलक संस्था हो मुनाफा रहित संस्था हो । जति राज्यले कर लगाउँछ त्यो भार उपभोक्ताज्यूलाई पर्ने हो । नेपाल सरकारले मौलिक अधिकारभित्र पर्ने पानी जस्तो संवेदनाशील कुरा निःशुल्क खुवाउनु पर्ने ठाउँमा विद्युत महशुल्कदेखि अन्य कर लगानु राम्रो होइन । यदि विद्युत र करमा छुट भयो भने उपभोक्ताज्यूलाई महसुल पनि हामीले कम गर्न सक्छौँ । त्यसैले यस्ता मुनाफा रहित संस्थाहरूलाई राज्यले करमा छुट दिनु पर्छ र सेवामुखी संस्थाहरूलाई राज्यले उचित नीति नियम गराएर कर छुट गर्नुपर्छ भन्ने हो ।
— अन्तमा केही भन्नु छ ?
अन्तमा खानेपानी तथा मेरा कुरा राख्ने अवसर दिएकोमा धन्यवाद । भर्खरै खानेपानीको निर्वाचन सम्पन्न भएको छ । मलाई अध्यक्षमा उपभोक्ताज्यूले विश्वास गरेर नेतृत्व गर्ने अवसर दिनुभएको छ । सम्पूर्ण उपभोक्ता तथा निर्वाचनमा सहयोग गर्ने राजनीतिक दल, संघ संस्था व्यक्ति, सुवेच्छुकलगायत प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई यसै पत्रिकामार्फत् धन्यवाद दिन चाहान्छु । मैले पहिले पनि भने हामीलाई सबैको साथ सहयोग आवश्यक रहन्छ सबैको साथ सहयोग लिएर म अगाडि बढ्ने छु ।
चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नेमा हामी सबै पदाधिकारी लाग्ने छौँ । यसमा सबैले साथ सहयोग गर्नु हु्नेछ भन्नेमा पनि म आशावादी छु । सबै मिलेर खानेपानीका मुहानहरू संरक्षण गरौँ भविष्यमा आउन सक्ने खानेपानीको सङ्कटलाई टान सबै जिम्मेवार गम्भिर बनाँै । सबैलाई फेरि पनि धन्यवाद कृतज्ञता ज्ञापन गर्न चाहान्छु् ।