दाङ, बैशाख ३१ । रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना नयाँ कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्यासंगै
नेपालमा कोराना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । रहेका छन् ।
मन्त्रालयका अनुसार रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण देखिएको छ भने कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जारी गरेको प्रेस नोटमा जानकारी गराइएको छ ।