शिवराज खनाल
लमही, बैशाख ३१ । नेपाल सरकारले लागू गरेको लकडाउनलाई ब्यबस्थित तथा प्रभावकारी बनाउनकोलागि गढवा गाउपालिकाका युवाहरुले गाउपालिका स्तरीय कोरोना सचेता तथा नियन्त्रण मुल समिती गठन गरेका छन् ।
बुधबार सामाजिक दुरि कायम गर्दै बसेको युबाहरुको भेलाले २५ सदस्यीय कोरोना नियन्त्रण परिचालन समिती गठन गरेको हो ।
जस्को संयोजकमा विकास बिसि र उप संयोजकमा सुनिल चौधरी चयन भएका छन् । त्यसैगरी सवारी चेक जाँच उप समितीको संयोजकमा रोशन धिताल, अनुगमन तथा नियन्त्रण समिती संयोजकमा ओम प्रकाश बश्याल, बैंक तथा बित्तिय संस्था निगरानी उप समितीको संयोजकमा निर्मल रावत र प्रेस संयोजकमा दुखहरण यादवलाई चयन गरिएको छ ।
गढवा गांउपालिकाको चारकिल्लामा कडा निगरानी गर्ने, सबै वडामा १५ सदस्यीय वडास्तरिय समिती गठन गर्ने, गाउपालिकामा सन्चालित सबै एम्बुलेन्स चालकलाई अनिबार्य रुपमा पिपिइ उपलब्ध गराउने, स्थानीय स्वास्थ्य चौकिमा कोरोना परिक्षणको लागि आरडिटि कीट उपलब्ध गराउन सरोकारवाला समक्ष माग गर्ने निर्णय पनि भेलाले गरेको छ ।
कोरोना भाइरसको संक्रमण उच्च दरले बढ्दै गएको र नागरिकहरुले जानी जानी लकडाउनको उलंघन गरिरहेको, सामाजिक दूरी कायममा खासै वास्था नगरिएको , कोहि कोहिले मास्कको प्रयोग नगरेको, अनावास्यक रुपमा भेला भएर बसेको पाइएकोले स्थानीय प्रसाशान, स्थानीय निकायको सल्लाह सहयोगमा गढवा गाउपालिकामा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समिती गठन गरिएको र भोलि बिहिबारदेखि समितीलाई परिचालन गरिने समितिका संयोजक विकास बिसिले बताए ।
नागरिकहितको लागि सरकारले लकडाउन खुकुलो पारेपछि बाटोमा पैदल तथा मोटरसाइकिल सवारीको आवत जावत अनियन्त्रित रुपमा बढ्न थालेपछि स्थानीय बासिन्दाले समाजमा लकडाउन प्रभावकारी बनाउनु पर्ने माग गर्दै आएको भएपनि छिमेकी जिल्ला बाँके र कपिलबस्तुमा कोरोना संक्रमणको संख्याले दोहोरो अंक पार गरेपछि दाङ जिल्लाको गढवा गाउपालिका जोखीम पर्न सक्ने भएकोले कडाइ गर्ने योजना बनाएको युबा प्रशान्त सिङ डिसि बताए ।
कोरोना रोकथाम तथा नियन्त्रण मुल समितीले बुझाएको ज्ञापनपत्र बुझ्दै गढवा गाँउ पालिकाकी उपाध्यक्ष शान्ती चौधरीले स्वस्फुर्त रुपमा पालिकाका युवाहरु गढवा गाउपालिकालार्इ आफै कोरोनाबाट सुरक्षित बनाउन एक जुट भएको कार्यले आफू खुसी भएको र गढवा गाउपालिका तथा स्थानीय प्रशासनलाई सहयोग गर्दै लक्डाउन प्रभावकारी बनाउनक लागि गढवाको युवाहरुको कार्य सह्रानीय भएको बताउदै यस समितिको कार्यको लागि गाउँपालिका तथा आफू सहयोग गर्न तयार रहेको बताइन् ।